कर्मचारीकै मिलेमतोमा बोर्डमा अनियमितता

राष्ट्रिय सहकारी विकास बोर्डमा कर्मचारीकै मिलेमतोमा अनियमिततामाथि भेटिएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विस्तृत छानबिन गरेको छ । कर्मचारीकै मिलेमतोमा व्यापारीहरूले बोर्डका सम्पत्ति न्यून भाडामा प्रयोग गर्दै आएको भेटिएको हो । प्रारम्भिक छानबिनमा कर्मचारीको भूमिका शंकास्पद देखिएपछि मन्त्रालयले विस्तृत अध्ययन गरेको थियो ।

बिज्ञापन

छानबिन समितिले लगनखेलमा रहेको भवन लिजमा लगाउँदा भएको अनियमितताका सम्बन्धमा छानबिन गर्दा कर्मचारीहरुले श्रृखलावद्ध अनियमितता गरेको भेटिएको हो । बोर्डले २ वैशाख ०७८ मा बोर्डले प्रतीक ढकालसँग मासिक सात लाख १८ हजार पाँच सय रुपैयाँ भाडा तिर्ने गरी लिज सम्झौता गरेको थियो उक्त सम्झौता कार्यान्वयन हुन नसक्दा बोर्डले करोडौँ नोक्सान व्यहोरेको निष्कर्ष छानबिन समितिले निकालेको हो । ललितपुरको लगनखेलमा बसपार्कसँगैको ६ रोपनी १२ आना जग्गामा बोर्डको भवन छ । सोही जग्गामा बनेको भवन व्यापारी र बोर्डका कर्मचारी मिलेमतोमा ढकाललाई फाइदा हुने गरी कामकाज गरेको भेटिएको हो ।

बिज्ञापन

बोर्डमा कर्मचारीले शृंखलाबद्ध रूपमा अनियमितता गरेको उजुरीपछि मन्त्रालयले सहसचिव ज्ञानराज सुवेदीको नेतृत्वमा छानबिन गरेको थियो ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारमा परेको उजुरी मिलाइदिन्छु भन्दै घुस खाने अधिकृतविरुद्ध मुद्धा दायर

४७ सहसचिवको सरुवा

४७ सहसचिवको एकै पटक सरुवा,१८ लाई प्रदेशमा खटाइँदा एकलाई महानगरपालिका

आन्दोलनरत शिक्षक महासंघको सरकारलाई जवाफः ‘१२ को परिक्षामा सहभागी हुदैनौं’

१२ को परीक्षामा निजामती कर्मचारी परिचालन अमान्य : ट्रेड युनियन

प्रेस चौतारीका पूर्वसचिवविरुद्ध भ्रस्टाचार मुद्दा,नियुक्तिको दुई दिनमै निलम्बन

स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन बीमा बोर्डको निर्णण

निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

बिशेष