बिज्ञापन
बैशाख शूक्ल त्रयोदशी महावीर जयन्ती । आज भगवान महावीरको २६२२ औँ जन्मजयन्ती हो । महान दार्शनिक महावीर, जैन धर्मका संस्थापक र सुधारक हुन् । महावीरको जन्म इशापूर्व भन्दा ६०० वर्ष पहिला लिच्छवि वंशका राजा श्री सिद्धार्थ र माता त्रिशला देवीको कोखबाट कुण्डग्राममा भएको थियो । महावीरको जन्म हुनु पहिला उनकी माता त्रिशलाले १६ खालका सपना देखेकी थिइन् । ती सपनाहरूमा हात्ती, साँढे, सिंह, लक्ष्मी, फूल, पूर्ण चन्द्रमा र सूर्यहरू थिए । जैन धर्ममा तीर्थकरहरूको जन्म हुनु अगाडि जन्म दिने आमाले उल्लेखित कुराहरू सपनामा देखेका हुन्छन् भन्ने मान्यता रहेको छ ।संसारभर यो दिन महावीर जैनका अनुयायीहरुले भव्यताका साथ यो दिवस मनाउने गर्दछन । जैन धर्म भारतको श्रमण परम्पराबाट उब्जेको धर्म अनि दर्शन हो। भगवान महावीरले छेदोपस्थानीय चारित्र (पाँच महाव्रत, पाँच समितिहरू, तीन गुप्तिहरू)को व्यवस्था गरेका थिए। यिनका अनुयायीहरूलाई जैन भनिन्छ। जैन शव्द जिन शब्दकोे जि धातुबाट बनेको हो। जिको अर्थ हुन्छ – जित्नु। जिन भन्नाले जित्नेवाला। जसले आफ्नो मनलाई जितेको हुन्छ, आफ्नो वाणीलाई जितेको हुन्छ अनि शरीरलाई जितेको हुन्छ उसलाई जिन भनिन्छ।
बिज्ञापन
जैन धर्मावलम्बीहरूको विश्वास अनुसार छैठौ सताब्दीमा २४ वटा गुरुहरु थिए जैनलाई ’तिर्थनकर भनिन्थ्यो र महावीर जैन अन्तिम गुरु भनेर चिनिन्छन्। जैन धर्मका प्रवर्तक वर्द्धमान महावीरलाई मानिन्छ।यि गुरुहरूले जिउदै मोक्ष प्राप्त गरेको विश्वास छ ।वर्द्धमान महावीर अथवा भगवान महावीर जैन धर्मका प्रवर्तक हुन्। उनी प्राचिन भारतको महान दार्शनिकहरु मध्येका एक हुन्। वर्द्धमान महावीर त्यो युगका धार्मिक सुधारकहरु मध्ये सबभन्दा वरिष्ठ थिए। यिनी, वर्द्धमान महावीर जैन धर्मका संस्थापक थिए। उनी धर्मका संस्थापक नभएर एक सुधारक थिए भन्ने कुरा केही भारतीय र पश्चिमी विद्वानहरुद्वारा प्रमाणीत भएको पाइन्छ।वर्द्धमान महावीरको जन्म भारतको बिहार राज्यको बैशाली भन्ने ठाउ नजिकको कुन्द ग्राममा ५९९ ईसा पूर्वमा भएको थियो। वर्धमान महावीरकी आमा त्रिशला, वैशालीको शक्तिशाली र प्रसिद्ध लिच्छवी राजा, चेतककी छोरी थिइन्। वर्धमान महावीरका नन्दी वर्द्धन नामक एक जेठा भाइ थिए।वर्द्धमान महावीरकी ६ वटा मातृ काकीहरु थिन्, जिनका बिहे पूर्वी भारतका विभिन्न राजाहरूसँग भएको थियो। यस प्रकार वर्धमान महावीर विभिन्न राजाहरूसँग सम्बन्धित थिए र अंततः यसले उनलाई उनको जैन धर्म सुधारको कार्यमा महत्त्वपूर्ण सहयोग प्राप्त भयो।
महावीर जन्म कल्याणक जैन धर्मको सबैभन्दा महत्त्वपूर्ण धार्मिक चाडहरू मध्ये एक हो। यसले वर्तमान अवसर्पिनीको चौबीसौं र अन्तिम तीर्थङ्कर भगवान महावीरको जन्म उत्सव मनाउँछ। ग्रेगोरियन क्यालेन्डरमा, छुट्टी या त मार्च वा अप्रिलमा हुन्छ।पञ्चाङका अनुसार जैन धर्मका २४ औं तथा अन्तिम तीर्थङ्कर भगवान महावीरको जन्मजयन्ती प्रत्येक वर्ष चैत्र शुक्ल पक्षको त्रयोदशीका दिन मनाइन्छ । जैन धर्मका विज्ञहरूका अनुसार भगवान महावीरको जन्म ईसापूर्व ५९९ मा बिहारको कुण्डलपुरको राजपरिवारमा भएको थियो । ३० वर्षको उमेरमा उनले राजपाट र दिखावा त्यागेर संसार त्याग गरेका थिए र अन्त्यसम्म यही बाटोमा हिड्दै मानिसलाई सही बाटो देखाउने काम गरेका थिए ।
बिज्ञापन
जैन धर्मको मुख्य सिद्धान्त इन्द्रियमाथि नियन्त्रण प्राप्त गर्नु हो र भगवान महावीरले करिब १२ वर्षको कठोर तपस्यापछि इन्द्रियमाथि विजय प्राप्त गर्नुभएको थियो । महावीर जयन्तीको शुभअवसरमा जैन समाजका मानिसहरूले प्रभातफेरी, अनुष्ठान र अन्य आध्यात्मिक कार्यक्रम आयोजना गर्छन्। साथै यस विशेष दिनमा भगवान महावीरको मूर्तिमा सुन वा चाँदीको कलशबाट जल चढाइन्छ र उहाँको उपदेश पूर्ण भक्तिपूर्वक सुनिन्छ।जैन धर्मका आधारभूत सिद्धान्तहरू भगवान महावीरले स्थापित गरेका थिए। मान्यता अनुसार भगवान महावीरले १२ वर्षसम्म कठोर तपस्या गरेका थिए । यस क्रममा उनले आफ्ना सबै इन्द्रियहरू जितेका थिए। भगवान महावीरले पछि दिगम्बर रूप ग्रहण गरे र नग्न बसेर मौन तपस्या गर्थे।महावीर जयन्ती जैन धर्मका अनुयायीहरूको लागि एक विशेष दिन हो। यस अवसरमा मन्दिरलाई फूलले सजाएर रथयात्रा निकालिन्छ । मानिसहरू धार्मिक गीतहरू पनि गाउँछन्। यस बाहेक गरिब र खाँचोमा परेकाहरूलाई दान दिइन्छ।
भगवान महावीरले मानव जातिलाई मोक्ष प्राप्त गर्नका लागि विभिन्न नियमहरु स्थापना गर्नुभयो। जस्तैः आफैलाई जित्नुहोस् किनभने लाखौं शत्रुहरूलाई जित्नु भन्दा एउटा चीज राम्रो छ।प्रत्येक आत्मा आफैमा आनन्दित र सर्वज्ञ छ । खुशी हामी भित्र छ । भगवान को कुनै अलग अस्तित्व छैन। सही दिशामा परिश्रम गरेर मात्र देवता प्राप्त गर्न सकिन्छ।प्रत्येक आत्मा आफैमा सर्वज्ञ र आनन्दित छ। सबै मानिस आफ्नो गल्तीले दुखी हुन्छन्, आफ्नो गल्ती सुधारेर पनि खुसी हुन सक्छन्।आफैसँग लड्नुहोस्, बाहिरी शत्रुसँग किन लड्नुहुन्छ ?
भगवान महावीरले मानव उत्थानका लागि पाँच मुख्य सिद्धान्त दिएका थिए जसलाई पञ्चशील सिद्धान्त पनि भनिन्छ। ती सिद्धान्तहरू हुन– सत्य, अहिंसा, अस्तेय, अपरिग्रह र ब्रह्मचर्य। सत्य र अहिंसा मानवको पहिलो कर्तव्य हो। अर्कोतर्फ, अस्तेय भनेको चोरी नगर्ने हो, आत्मिक शान्ति र मोक्ष प्राप्त हुन्छ।अपरिग्रह अर्थात् विषय वा वस्तुमा आसक्ति नगरी व्यक्तिले सांसारिक आकर्षण त्यागेर अध्यात्मको मार्गमा निरन्तर हिँड्छ र ब्रह्मचर्य पालन गर्ने व्यक्तिले आफ्नो इन्द्रियलाई सजिलै नियन्त्रणमा राख्छ।
भगवान महावीर जीले देशको सुधारका लागि धेरै उपदेश दिए, जसको पालना गरेर हामी आफ्नो जीवनमा सबैभन्दा ठूलो कठिनाइको सामना गर्न सक्छौं। उहाँको शिक्षा हाम्रो जीवनको लागि धेरै सान्र्दभिक र महत्वपुर्ण छ। भगवान महावीरले देशको कल्याणका लागि धेरै उपदेश दिएका थिएजसलाई सबैले स्वीकार गर्दै आएका छन् ।। जैन समुदायका मानिसहरूका लागि महावीर जयन्तीको ठुलो महत्व रहेको छ । यस दिन उनका अनुयायीहरूले मन्दिरहरूमा पूजा, शोभा यात्रा, प्रभातफेरी लगायतका कार्यक्रमहरूको आयोजना गरेर भव्यताका साथ मनाउने गर्दछन् ।वर्तमान विश्व सन्र्दभमा मानव कल्याणको लागि महावीर जैनका वचनहरु उत्तिकै सान्र्दभिक रहेका छन् । वर्तमान विश्वमा महावीरको ज्ञान र शिक्षाले जीवनलाई धेरै सजिलो बनाउन सक्छ । उनका उपदेशहरुवाट मानवलाई परिश्रम गर्न सिकाउँछ ।जसवाट उत्पादन र उत्पादकत्व अभिबृद्दि भई विश्वमा समृद्दिको मुहान फुटाउन सकिन्छ ।मानवलाई सत्मार्गमा लैजान उनका वचनहरु आज पनि उत्तिकै सान्र्दभिक रहेका छन् ।
(लेखक आध्यात्मिक चिन्तक हुन ।)