भौतिकका दर्जन हाकिमको अस्वभाविक सरुवा

भौतिक पूर्वाधार मन्त्रालयले दर्जन बढी हाकिमको अस्वभाविक ढंगले सरुवा गरेको छ ।मन्त्रालयको नियमित सरुवा भदौं /असोजमा हुँदै आएको छ । तर आर्थिक बर्ष सकिने समयमा एक दर्जन सडक आयोजनाका प्रमुखहरु सरुवा गरिएको छ । यसरी सरुवा गरिँदा सामान्य प्रशासन मन्त्रालयसँग सहमति समेत लिइएको छैन । २ को सरुवा अन्तिम समयमा उल्टाइएको छ ।

बिज्ञापन

मन्त्रालयले मदन भण्डारी सडक आयोजनका प्रमुख बेलबहादुर भुजेललाई मन्त्रालयको जलमार्ग महाशाखामा ल्याइएको छ भने उक्त महाशाखामा कार्यरत दीप बाराहीलाई मदन भण्डारी सडक आयोजनमा पठाइएको छ ।
यस्तै संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखरामा कार्यरत शुभराम न्यौपानेलाई सडक सुधार तथा विकास आयोजना (आरआइडिपि) ल्याइएको छ भने सडक सुधार तथा विकास आयोजनामा कार्यरत नरेन्द्र सुबेदीलाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखरामा पठाइएको छ ।

बिज्ञापन

रेल तथा मेट्रो आयोजना सर्लाहीमा कार्यरत डिइ सन्तोष कर्णलाई सडक विभागमा लगिएको छ भने रेल तथा मेट्रो आयोजना सर्लाहीमा किरण कार्कीलाई खटाइएको छ । कार्की हाल सडक विभागमा कार्यरत छन्। यसैगरी सडक डिभिजन धनुषामा कार्यरत सिडिइ अरुण लाल कर्णलाई हुलाकी राजमार्ग वीरगन्ज पुर्‍याइएको भने हुलाकी राजमार्ग वीरगन्जमा कार्यरत सिडइ दीपक झालाई सडक डिभिजन धनुषामा लगिएको छ। यस्तै,सञ्जय पन्थीलाई रेल विभागबाट सडक विभागमा लगिएको छ। हुलाकी सडक आयोजना बाँकेका प्रमुख लिलाबहादुर भण्डारीको सरुवा अन्तिम समयमा रोकिएको स्रोतले बतायो। उनलाई बाँकेबाट सडक विभागमा ल्याउने तयारी भएको थियो।

कर्मचारीहरुले भने आर्थिक वर्ष सकिनै लागेको बेला प्राविधिक कर्मचारीहरूको सरुवा हुनु अस्वाभाविक भएको प्रतिक्रिया दिएका छन् । भदौ/असोजमा भएको भए यो सरुवा स्वाभाविक थियो तर यतिबेला गरिएको सरुवा स्वाभाविक छैन । केही कर्मचारीको सरुवा भने अन्तिम समयमा उल्टिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भौतिक मन्त्रालयद्वारा तीन सुईहरुको पदस्थापन

इतिहासकै ठूलो भ्रष्टाचार मुद्धा : पूर्व सचिव र सहसचिवलाई साधरण तारेखमा रिहा गर्न आदेश

चुनावी प्रचारमा लाग्ने कर्मचारी र शिक्षकलाई कारबाही गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगको निर्णय च्यातेर रसुवामा ट्रेड युनियन पदाधिकारी नै मतदान अधिकृत !

चुनावकै मुखमा ‘जान्नेलाई छान्ने पार्टी’ छाड्नेको लर्काे

धादिङ बस दुर्घटना छानबिन गर्न समिति गठन गरिने

वीरगञ्जमा लाग्यो अनिश्चितकालीन कर्फ्यु

यी हुन् धादिङ बस दुर्घटनाका २८ घाइते [नामावलीसहित]

बिशेष