सगरमाथा आरोहणका लागि ३५२ आरोहीले लिए अनुमति

यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् ।

बिज्ञापन

पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति लिएका हुन् । हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन् ।

बिज्ञापन

विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले सगरमाथा आरोहण गर्न उत्साहजनक रूपमा आरोही आइरहेको बताए । उनले यो वर्ष चार सयभन्दा बढी आरोही आउने विश्वास व्यक्त गरे । अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए ।

सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको अनुमतिबापत हालसम्म रु ५६ करोड ४० लाख ३१ हजार एक सय ८१ राजस्व सङ्कलन भएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओझालाई हाजिर नगराउन अर्थ मन्त्रालयको आदेश

९९.४३ प्रतिशत कर्मचारीको तलबी प्रतिवेदन समयमै पारित

डिभिजन इन्जिनियर रिमालले किन दिए राजीनामा ?

BAT २६ समूहले नेपाल प्रहरीलाई एक लाख एक हजार एक सय एघार रुपैयाँ सहयोग

निर्जीवन बीमा कम्पनीमा पर्यो २० अर्ब ७० करोड दाबी

कान्छा सीईओले बर्ष दिन अगावै किन दिए राजीनामा ?

त्रिपालमुनि सर्वाेच्चका दुइ अस्थायी इजलाश

संसद भवन खरानी भएको नवौं दिनपछि अनुगमनमा निस्किए सभामुख

बिशेष