२४ करोड भ्रष्टाचार मुद्धामा सचिव मरासिनीलाई सात महिना पछि सफाई

तत्कालीन उद्योग सचिव मधुकुमार मरासिनीले भ्रष्टाचार मुद्धामा सात महिना पछि सफाइ पाएका छन् । अख्तियारले गत असोज १५ गते नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख ५८ हजार घोटाला भएको निष्कर्षसहित बहालवाला सचिव मरासिनीसहित ९ जनालाई प्रतिवादी बनाउँदै मुद्धा दायर गरेको थियो ।

बिज्ञापन

मरासिनी (तत्कालीन अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन प्रमुख) हुँदा बदमासी गरेको ठहरसहित अख्तियार विशेषमा पुगेको थियो । अख्तियारले मुद्धा दायर गरेलगतै निलम्बनमा परेका सचिव मरासिनीले सफाइ पाएका हुन ।अख्तियारले भ्रष्टाचार मुद्धा चलाएसँगै उनी निलम्बनमा परेका थिए । यो प्रकरणमा सात महिना पछि क्लिन चिट पाएका छन् ।

बिज्ञापन

शुक्रबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सचिव मरासिनीसहित आठ जनालाई सफाइ दिएको हो । सफाइ पाउनेमा  राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकहरू सञ्जय शर्मा, प्रणिता उपाध्याय र सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठ,रमेश पोखरेल, रामबहादुर बुढा, रामशरण गायक, नीमबहादुर ओली लगायत रहेका छन् । विशेष अदालतले यो प्रकरणमा हाल अख्तियारको हिरासतमा रहेका टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेललाई मात्र दोषी ठहर गरेको छ ।

आदेशमा भनिएको छ, ‘प्रतिवादीले संस्थाको प्रमुखको हैसियतमा भुक्तानी दिने आदेश गरी २३,२७,५८,०७७ भुक्तानी गरेको देखिन्छ । उक्त रकम भुक्तानी गरी खरिद गरिएको सफ्टवेयर सञ्चालनमा ल्याउनुपर्ने जिम्मेवारी संस्थाको प्रमुख कार्यकारी निर्देशकको रुपमा निज प्रतिवादीको रहेकोमा हालसम्म पनि सञ्चालनमा आएको देखिँदैन् । अतः निज प्रतिवादीले कार्यकारीको हैसियतमा आफ्नो ओहोदाको कर्तव्यपालन गर्दा लापरवाही गरी २३,२७,५८,०७७ मूल्य तिरी खरिद गरिएको परामर्श सेवा र सफ्टवेयर सञ्चालनमा नल्याई प्रयोगविहीन अवस्थामा रहेबाट निज प्रतिवादीको कारणले सरकारलाई हानिनोक्सानी पुगेको देखिन्छ । तसर्थ, उल्लिखित आधार, कारण र प्रमाणबाट प्रतिवादी सुनिल पौडेलले आरोप दाबीबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५३ को दफा १७ को कसूर गरेको ठहर्छ ।’

बिज्ञापन

यो प्रकरणको सजाय निर्धारणका लागि २५ वैशाखमा पेशी तोकिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

क्वार्टरसहित शान्त ठाउँमा जान चाहेका सहसचिवको सामान्यको बरण्डामा सरुवा

भ्रष्टाचारको गन्ध: सान्जेन, लाङटाङ भोटेकोशी र सलासुलुङ्गी हाइड्रोपावरको रकममा बनेको पुल एक वर्षमै भत्कियो

अख्तियारका प्रमुख आयुक्तलाई हटाउने तयारी,जेनजीले माग्यो प्रेम राईसहित आयुक्तहरुको राजीनामा

बीपी राजमार्ग अवरुद्धपछि मन्थली–चरिकोट–दोललघाट हुँदै काठमाडौं वैकल्पिक मार्ग सञ्चालनमा

तातोपानी नाका पुनः सञ्चालन, आजदेखि सवारी आवागमन सुरू

सात जना सहसचिवहरूको सरुवा

निजामतीमा छन् ४५ हजार बढी दलका कार्यकर्ता कर्मचारी

घुस खाने महिला कर्मचारीको यस्तो छ रेकर्ड

बिशेष