२४ करोड भ्रष्टाचार मुद्धामा सचिव मरासिनीलाई सात महिना पछि सफाई

तत्कालीन उद्योग सचिव मधुकुमार मरासिनीले भ्रष्टाचार मुद्धामा सात महिना पछि सफाइ पाएका छन् । अख्तियारले गत असोज १५ गते नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख ५८ हजार घोटाला भएको निष्कर्षसहित बहालवाला सचिव मरासिनीसहित ९ जनालाई प्रतिवादी बनाउँदै मुद्धा दायर गरेको थियो ।

बिज्ञापन

मरासिनी (तत्कालीन अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन प्रमुख) हुँदा बदमासी गरेको ठहरसहित अख्तियार विशेषमा पुगेको थियो । अख्तियारले मुद्धा दायर गरेलगतै निलम्बनमा परेका सचिव मरासिनीले सफाइ पाएका हुन ।अख्तियारले भ्रष्टाचार मुद्धा चलाएसँगै उनी निलम्बनमा परेका थिए । यो प्रकरणमा सात महिना पछि क्लिन चिट पाएका छन् ।

बिज्ञापन

शुक्रबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सचिव मरासिनीसहित आठ जनालाई सफाइ दिएको हो । सफाइ पाउनेमा  राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकहरू सञ्जय शर्मा, प्रणिता उपाध्याय र सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठ,रमेश पोखरेल, रामबहादुर बुढा, रामशरण गायक, नीमबहादुर ओली लगायत रहेका छन् । विशेष अदालतले यो प्रकरणमा हाल अख्तियारको हिरासतमा रहेका टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेललाई मात्र दोषी ठहर गरेको छ ।

आदेशमा भनिएको छ, ‘प्रतिवादीले संस्थाको प्रमुखको हैसियतमा भुक्तानी दिने आदेश गरी २३,२७,५८,०७७ भुक्तानी गरेको देखिन्छ । उक्त रकम भुक्तानी गरी खरिद गरिएको सफ्टवेयर सञ्चालनमा ल्याउनुपर्ने जिम्मेवारी संस्थाको प्रमुख कार्यकारी निर्देशकको रुपमा निज प्रतिवादीको रहेकोमा हालसम्म पनि सञ्चालनमा आएको देखिँदैन् । अतः निज प्रतिवादीले कार्यकारीको हैसियतमा आफ्नो ओहोदाको कर्तव्यपालन गर्दा लापरवाही गरी २३,२७,५८,०७७ मूल्य तिरी खरिद गरिएको परामर्श सेवा र सफ्टवेयर सञ्चालनमा नल्याई प्रयोगविहीन अवस्थामा रहेबाट निज प्रतिवादीको कारणले सरकारलाई हानिनोक्सानी पुगेको देखिन्छ । तसर्थ, उल्लिखित आधार, कारण र प्रमाणबाट प्रतिवादी सुनिल पौडेलले आरोप दाबीबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५३ को दफा १७ को कसूर गरेको ठहर्छ ।’

बिज्ञापन

यो प्रकरणको सजाय निर्धारणका लागि २५ वैशाखमा पेशी तोकिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भौतिक मन्त्रालयद्वारा तीन सुईहरुको पदस्थापन

इतिहासकै ठूलो भ्रष्टाचार मुद्धा : पूर्व सचिव र सहसचिवलाई साधरण तारेखमा रिहा गर्न आदेश

चुनावी प्रचारमा लाग्ने कर्मचारी र शिक्षकलाई कारबाही गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगको निर्णय च्यातेर रसुवामा ट्रेड युनियन पदाधिकारी नै मतदान अधिकृत !

चुनावकै मुखमा ‘जान्नेलाई छान्ने पार्टी’ छाड्नेको लर्काे

धादिङ बस दुर्घटना छानबिन गर्न समिति गठन गरिने

वीरगञ्जमा लाग्यो अनिश्चितकालीन कर्फ्यु

यी हुन् धादिङ बस दुर्घटनाका २८ घाइते [नामावलीसहित]

बिशेष