५० हजार धरौटीमा छुटे सहसचिव तमाङ

सहसचिव रुद्रमान सिंह तमाङलाई ५० हजार धरौटीमा छुटेका छन् । अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले गत ६ फागुनमा मेलम्ची खानेपानी परियोजनामा भएको भ्रष्टाचार मुद्धामा तमाङलाई समेत प्रतिवादी बनाउँदै विशेषमा मुद्धा दायर गरेको थियो । अध्यागमन विभागका महानिर्देशकको भूमिकामा रहेका तामाङ भ्रष्टाचार मुद्दामा मुछिएसँगै निलम्बनमा परेका थिए ।

बिज्ञापन

अख्तियारले मेलम्ची खानेपानी आयोजनाको तत्कालीन बोर्ड सदस्य रहेका बेला भ्रष्टाचार गरेको भन्दै महानिर्देशक तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले तामाङसहित पूर्वसचिव भीमउपाध्यायसमेत गरी १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको गरेको थियो । मेलम्ची खानेपानी आयोजनामा इटालियन ठेकेदार सीएमसीलाई डि रेभेनालाई मेलम्ची खानेपानी आयोगजनामा अनुचित ढंगले बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दायर गर्दा मेलम्ची खानेपानी विकास समिति सदस्यका रुपमा निर्णय प्रक्रियामा सहभागी भएको भन्दै तामाङविरुद्ध ११ करोढ ९ लाख बराबरको भ्रष्टाचार मुद्दा दायर भएको हो । सीएमसीलाई रकम भुक्तानी गर्ने समयमा तामाङ काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत थिए ।

बिज्ञापन

अख्तियारले उनी विरुद्ध ११ करोड नौ लाख १७ हजार चार सय ५८ रुपैयाँ ८८ पैसा बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । बहालवाला कर्मचारीहरुलाई भ्रष्टाचार मुद्धा दायर गरेसँगै उनी निलम्बन परेका थिए ।  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ (१) र ३ (१) (झ) बमोजिम कैद र जरिवाना गरी दफा १७ बमोजिम बिगो असूल हुन समेतको मागदाबी लिइएको थियो ।

यो प्रकरणमा अख्तियारले तत्कालीन सचिव डा संजय शर्मा, भिम प्रसाद उपाध्याय, गजेन्द्र कुमार ठाकुर, समितिका कार्यकारी निर्देशकसमेत १५ जना र परामर्शदाताहरु तथा निर्माण कम्पनीउपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरेकोमा बिहीबार बिशेष अदालतमा उपस्थित भएका तमाङलाई ५० हजार धरौटीमा छाड्ने आदेश भएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सात जना सहसचिवहरूको सरुवा

निजामतीमा छन् ४५ हजार बढी दलका कार्यकर्ता कर्मचारी

घुस खाने महिला कर्मचारीको यस्तो छ रेकर्ड

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढ्यो, नयाँ भवन निर्माण प्रक्रिया सुरु

दुई एआईजीको जिम्मेवारी हेरफेर

देशभरका १८ राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्ग खुलेसँगै बेनीघाटमा सवारीसाधनको चाप

रसुवामा विदेशी पर्यटक अलपत्र, प्रशासनले सतर्कता अपनाउन अनुरोध

बिशेष