नेपालबाट विदेश आएर जीविका गरी रहेका नेपालीहरूले आफ्नो देशको झ(झल्को मेटाउन हरेक वर्ष नेपाल डे मनाउने गर्छन्। यो दिनमा वरपरका नेपालीहरू एक ठाऊमा भेला भएर नेपाल सरकारका कुटनीतिक प्रतिनिधीको उपस्थितिमा नेपालको राष्ट्रिय गान संगै मार्च पास गरिने हुदा यो दिनलाई नेपाल(डे परेड पनि भनिन्छ। यस समारोहमा उपस्थित हुने नेपालीहरू नेपालको राष्ट्रिय पोशाकमा सजिएर आउने हुदा यो समारोहले नेपाल मै मनाईने राष्ट्रिय पर्वको झल्को दिने गरेको पाईन्छ। त्यसो त यस्ता समारोहहरू नेपाल डे का अतिरिक्त नेपालका जाती जनजातीहरूका आ(आफ्ना राष्ट्रिय पर्वहरुमा समेत हुने गर्छन्। एक किसिमले भन्नु पर्दा यस्ता समारोहहरूले विदेशमा मिनी नेपालको झल्को दिने गरेका छन्।
बिज्ञापन
संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यहरूमा छरिएर रहेका नेपालीहरुले समेत यो परम्परा आफ्नु अनुकूलतामा निर्वाह गरी रहेको पाईन्छ। यसै प्रसंगमा हरेक अप्रिल महिनाको तेश्रो शनिवार नर्थ क्यारोलाईनामा एन सी एन सी नामक नेपाली संस्थाको आयोजनामा नेपाल डे मनाउने गरिएको छ।यो परम्परा मनाउन थालिएको ८ वर्ष भै सके छ। केही वर्ष यता आएर यो राज्यमा नेपालीको संख्या क्रमशः बढ्दै गएको पाईन्छ। यसरी आफ्नो देश र परिवार बाट अलग हुन पुगेका नेपालीहरूलाई आश्रय र संरक्षण दिने काममा यो संस्था प्रयासरत देखिन्छ।
बिज्ञापन
नेपाल डे परेडको यो दिनमा त्यस वरपरका नेपालीहरु जम्मा भएर एक आपसमा परिचय गर्ने, नेपाली कला र संस्कृतिको आदान प्रदान गर्ने, नेपाली खानाको स्वाद लिने, नेपाली पहिरन, वेषभूषा, संगीतका साधन, नेपालका विविध पहिचानहरू संग नजिक हुने अनुकूलता प्राप्त गर्छन्। यसका लागि विभिन्न स्टलहरू बनाईएका हुन्छन्। यी स्टलहरूमा नेपाली खाना, खाजाका परिकारहरू, गुन्द्रूक, मस्यौरा, नेपाली चाऊचाऊ, च्यूरा,चियापत्ती, टिम्बुर, जिम्बु,आदिका साथै गहनाहरू, पहिरनहरु, नेपाली संगीतका साधनहरू, सांस्कृतिक पोशाकहरू, राष्ट्रिय पोशाकहरू समेत प्रदर्शन तथा बिक्री गरिन्छन्। यसका साथै नेपाली बालबालिकाले प्रदर्शन गर्ने नेपाली लोक नृत्य तथा गायनले नेपालको संस्कृतिलाई जीवन दिई रहेको समेत पाईन्छ। यति मात्र हैन यहां राखिने नेपालका प्राकृतिक एवं सांस्कृतिक बस्तुका पोस्टर, पम्प्लेट, मोडेलहरु हेर्न र खरीद गर्न नेपालीका अतिरिक्त अमेरिकन नागरिकहरू समेत आउने गर्छन् र नेपालका खानाका परिकारहरूलाई स्वाद मानी मानी खाने गर्छन्। यस्ता प्रदर्शन अमेरिकाका विभिन्न राज्यमा गरिन्छन् जस्ले नेपालको ब्यापार तथा पर्यटनमा योगदान पुग्न सक्छ। यसरी नेपालीहरू विदेशमा बसेर पनि नेपालको पर्यटन र अर्थतन्त्रमा योगदान पुर्याई रहेका हुन्छन्।
यसरी विदेशमा गरिने यस्ता प्रयासहरूले गैर आवासीय नेपालीहरु आफ्नो जन्म भूमिबाट भावनात्मक रूपले टाढा छैनन् भन्ने देखाउछ। एक किसिमले भन्ने हो भने विदेशमा रहेका हरेक नेपाली अवैतनिक राजदूत हुन भने फरक पर्दैन। सरकारी कोषबाट तलब भत्ता खाने वैतनिक राजदूतहरु भन्दा अहं भूमिका खेलेका गैर आवासीय नेपाली उपर भने नेपाल सरकारले विश्वास लिन सकेको देखिदैन। यसरी देशको चिन्ता लिएका नेपालीहरू बाध्यताबस विदेशिनु परेको अवस्थालाई नेपाल सरकारले मजाक र उपहासको पात्र बनाएको छ। नेपालमा पढे लेखेको, चिन्तन र दूर दृष्टि भएको ब्यक्ति अडिन सक्ने वातावरण छैन र यस किसिमको वातावरण बनोस भन्ने चाहना समेत नेपाल सरकारमा बसेका ब्यक्ति संग छैन। गतिला मानिसहरू विदेशिए पछि हाम्रा ढंग नपुगेका नेता भनाउदाहरूले जे गरे पनि भयो। त्यसैले बाध्यताबस विदेशिएका नेपालीलाई नेपाल फर्काउन चाहदैनन् हाम्रा नेताहरू। यिनीहरूको पुनरागमनमा नेताहरु उदार देखिदैनन्।
विदेशमा बसेका नेपालीहरू संग विदेशमा सिकेको ज्ञान छ, प्रविधि छ, पूजी छ, अनुभव छ। यी कुराहरुको नेपालमा अभाव छ। त्यसैले यस्ता क्षमतावान ब्यक्तित्वलाई नेपालमा लगेर उनीहरूको ज्ञान, सीप र क्षमतालाई नेपालमा प्रयोग गर्न सके देश विकासमा नौलो अभ्यासको थालनी हुन्थ्यो तर यो अभियानको शुरूवात गर्न को अगाडि सर्नेरु यदि हाम्रा अल्छी नेताहरु, हाम्रा निदाएका नेताहरु, हाम्रा गफी नेताहरूको दिमागमा यस्तो सकारात्मक सोचको वीजारोपण हुन सके देश र जनताको लागि सकारात्मक कदम हुने थियो। अहिले विदेशबाट फर्केका केही ब्यक्तिहरू राजनीतिमा प्रवेश गरेका छन्, जनताले समेत उनीहरूलाई राम्रै मतले चुनेका पनि छन् र केही त काम गर्ने ठाऊमा पुगेर पनि सकारात्मकता देखाउन थालेका छन्। यो परिस्थितिले विदेशिएका यूवालाई केही हौसला पनि दिएको छ तर उनीहरूलाई दिईने नागरिकतामा राजनीतिक अधिकारलाई वन्देज लगाईएको छ। देशको सुधार गर्नु पर्ने क्षेत्र राजनीतिमा नै पढे लेखेका र ज्ञान र दक्षता भएका नागरिकहरूलाई वन्देज गरेर देश विकास हुन सक्दैन।
बिज्ञापन
हाम्रो देश नेपाललाई विकसित र समृद्ध बनाउनु पर्छ र यो काम अरूले हैन हामी नेपालीले नै गर्नु पर्छ। नेपाली भनेको नेपालको सीमाना भित्र मात्र नभएर सीमाना बाहिर रहेका नेपाली पनि हुन्। त्यसैले विदेशमा बसेका नेपालीहरूले सीमाना भित्रका नेपालीको मात्र मुख हेरेर आफू जिम्मेवारीबाट पन्छिने हैन र नेपाल भित्र रहेका नेपालीहरूले पनि विदेशिएका नेपाली हाम्रै दाजुभाई हुन भन्ने भावना लिनु पर्छ।यी दुई लाई पृथक पार्ने हैन कि एकै ठाऊमा बस्न मिल्ने कानून बनाउनु पर्छ। के विदेश के स्वदेश जहा रहे बसे पनि नेपाल बनाउने दायित्व दुबै को हो भन्ने मान्यतालाई सत्तामा बस्नेहरूले समेत सोच्न जरूरी छ।