१ लाख २० हजार घुससहित अधिकृत पक्राउ

बिल भुक्तानी सहजीकरणका लागि भन्दै एक लाख २० हजार लिने अधिकृत पक्राउ परेका छन् । । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग १ लाख २० हजार घुस लिने अधिकृतलाई अख्तियारबाट खटेको टोलीले घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

बिज्ञापन

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग १ लाख २० हजार घुस मागेसँगै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए । उक्त उजुरीको आधारमा अख्तियारबाट खटिएको टोलीले पाललाई रंगेहात पक्राउ गरेको हो ।  अख्तियारले उनको साथबाट स्रोत नखुलेको केही रकम समेत बरामद भएको छ ।

बिज्ञापन

उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय, नेपालगन्जबाट खटिएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ बाट बुधबार नियन्त्रणमा लिएको हो ।

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारमा परेको उजुरी मिलाइदिन्छु भन्दै घुस खाने अधिकृतविरुद्ध मुद्धा दायर

४७ सहसचिवको सरुवा

४७ सहसचिवको एकै पटक सरुवा,१८ लाई प्रदेशमा खटाइँदा एकलाई महानगरपालिका

आन्दोलनरत शिक्षक महासंघको सरकारलाई जवाफः ‘१२ को परिक्षामा सहभागी हुदैनौं’

१२ को परीक्षामा निजामती कर्मचारी परिचालन अमान्य : ट्रेड युनियन

प्रेस चौतारीका पूर्वसचिवविरुद्ध भ्रस्टाचार मुद्दा,नियुक्तिको दुई दिनमै निलम्बन

स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन बीमा बोर्डको निर्णण

निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

बिशेष