कर्मचारी पदस्थापन र सरुवासम्बन्धी मापदण्ड कार्यान्वयनमा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारी पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउनेसम्बन्धी मापदण्ड, २०८० कार्यान्वयनमा ल्याएको छ ।

बिज्ञापन

मन्त्रालयले कर्मचारीले गरेको कामको आधारमा सरुवा गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तरगतका निकायमा कर्मचारीको पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउने सम्बन्धी मापदण्ड, २०८० जारी गरेको हो । गत चैत २२ गते शिक्षामन्त्री सुमना श्रेष्ठको निर्णयबाट स्वीकृत सो मापदण्डलाई मन्त्रालयको वेबसाइतमार्फत सार्वजनिक पनि गरिएको छ ।

बिज्ञापन

उक्त मापदण्डमा कर्मचारीले सम्पादन गरेको कामको मुल्याकनमा उत्कृष्ट नतिजा प्राप्त गर्नेलाई सुगम स्थान सरुवा, रुचाएको स्थानमा पदस्थापन वा काजमा खटाउन प्राथमिकता दिने प्रावधान राखिएको छ । प्राथमिकता दिदा दुर्गम भौगोलिक क्षेत्रमा काम गरेको अवधिलाई प्रँथमिकता दिने उल्लेख छ । अपाङगता भएका, दीर्घरोग भएका कर्मचारीलाई सुगम भौगोलिक स्थानमा पदस्थापना, सरुवा वा काजमा ल्याउन सकिने मापदण्डमा उल्लेख छ ।

त्यस्तै संघीय निजामती सेवामा रहेर जिल्ला स्तर कार्यरत कर्मचारीलाई तोकिएको अवधि नपुगी केन्द्र स्तरमा सरुवा वा काजमा नल्याउने प्रावधान राखिएको छ । यस्तै,केन्द्रस्तरमा पाँच वर्ष अवधि कार्यरत कर्मचारीलाई जिल्लास्तरका कार्यालयमा सरुवा गर्ने गरी मापदण्ड पारित भएको हो । एनओसी शाखामा एक वर्ष काम गरेका कर्मचारीले एक वर्ष काम गरेपछि रोजाईको आधारमा सरुवा गर्ने व्यवस्था मापदण्डमा राखिएको छ । त्यस्तै सुरुको नियुक्ति वा बढुवा भएर आउने कर्मचारीलाई एनओसी, छात्रवृति र दुर्गम जिल्लामा पदस्थापन गर्ने प्रावधान राखिएको छ ।

बिज्ञापन

मन्त्रालय र अन्तर्गतका निकायको कार्यसम्पादनलाई चुस्त तथा व्यवस्थित बनाई सेवा प्रवाहलाई प्रभावकारी बनाउन र नेतृत्व क्षमता, कार्यानुभव, रुचि र दक्षताका आधारमा पारदर्शी एवं अनुगमनयोग्य रुपमा पदस्थापन, सरुवा तथा कामकाजमा खटाउन सो मापदण्ड ल्याइएको हो ।
माण्दण्डमा जिल्लास्तरमा रहेका कर्मचारीलाई तोकिएको अवधि नपुगी केन्द्रस्तरमा सरुवा वा काजमा नखटाउने, कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट देखिएका कर्मचारीलाई सुगम वा रुचिअनुसार सरुवा गर्ने, नयाँ कर्मचारीको पदस्थापन गर्दा लोकसेवा आयोगको सिफारिसको योग्यताक्रमअनुसार गर्नेलगायत व्यवस्था छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बरण्डाका सहसचिवलाई साता दिनको ‘टास्क’

बासुदेव गृह तानिए,ईश्वरी राती नै हाजिर भए

चिकित्सकमाथि आक्रमणपछि सरकारको कडा सन्देश : उपचार सेवा नरोकिने, दोषीमाथि कानुनी कारबाही अघि बढ्यो

निजामती प्रशासनको मूल्य संकट : सुशासनको आधार कि असफल राज्यको संकेत?

बिदा सकिए पनि काममा नफर्कने सात इन्जिनियरलाई बर्खास्त गर्ने मन्त्रालयको तयारी

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

१५ उपसचिवहरुको सरुवा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको संगठन संरचना स्वीकृत, दरबन्दी दर्ता गर्ने दोस्रो मन्त्रालय बन्यो

बिशेष