जलवायु परिवर्तनको असर सबैको साझा समस्या

काठमाडौं । वन तथा वातावरण मन्त्री नवलकिशोर साहले जलवायु परिवर्तनको प्रतिकूल असरका विषयमा समाधान खोज्न तीनै तहको सरकार र विज्ञहरुको सहयोगको आवश्यकता भएको बताएका छन् ।

बिज्ञापन

हिमाल, मानव र जलवायु परिवर्तन विषयक राजधानीमा सोमबार भएको विशेषज्ञहरुको अन्तर्राष्ट्रिय संवादमा उनले यो समस्या सरकार वा कुनै व्यक्तिको मात्रै नभएकाले मिलेर समाधान खोज्नुपर्ने बताए ।

बिज्ञापन

उनले भने, ‘यो सरकारको मात्रै र कुनै व्यक्तिको मात्रै समस्या होइन । यो पुरै देशको समस्या हो । देशलाई कसरी अगाडि बढाउने, देशको प्रतिनिधित्व र नेतृत्वको सवाल छ । हामीले यसका लागि के के गर्नुपर्छ । यो वन मन्त्रालय वा सरकारको मात्रै होइन, सबैको दायित्वको कुरा हो । त्यसैले तीनै तहको सरकारको सहयोग र साथै सम्पूर्ण समाजका सबै विज्ञहरुको सहयोगको आवश्यकता छ । कुनै राजनीतिक समस्या होइन, यो हाम्रो जीवनसँग गाँसिएको समस्या हो । यसको लागि हामीलाई जो जहाँ छ त्यहीँबाट सहयोग गर्नुपर्छ ।’

पर्वतीय क्षेत्रको महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन र बैठकहरूमा पुग्न नसकेको हुँदा नेपाल लगायत पर्वतीय देशहरुले आशातित लाभ लिनबाट बन्चित छन् । नेपाल सरकारले सन् २०२४ मे २२–२३ मा काठमाडौंमा हिमाल, मानव र जलवायु परिवर्तन सम्बन्धी विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरुलाई आमन्त्रण गरेर अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको आयोजना गर्न गइरहेको छ ।

बिज्ञापन

उक्त संवादले पर्वतीय राष्ट्रहरूका सरकार, सरोकारवाला र सहयोगीलाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरहरु र यसका समाधानहरू सम्बन्धमा अझ गहन रूपमा बुझ्न, विशेषज्ञता र अनुभवलाई एकीकृत गर्न, र साझा संकल्प सहित पर्वतीय जलवायु उत्थानशील रणनीति विकास गर्न मद्दत गर्ने अपेक्षा छ ।

विशेषज्ञ संवादको उद्घाटन प्रधानमन्त्रीले गर्ने कार्यक्रम छ भने तीन वटा प्रमुख विषयगत क्षेत्रमा आधारित रहेर दुई वटा प्लेनरी र सात वटा संवाद सञ्चालन गर्ने गरी तयारी गरिएको छ ।

पहिलो सत्रमा जलवायु विज्ञान र पर्वतीय तथ्य र तथ्यांक, दोस्रोमा प्रकृतिमा आधारित पर्वतीय उत्थानशीलताका उपायहरु र तेस्रो सत्रमा पर्वतीय क्षेत्रको संरक्षणका लागि आवश्यक पर्ने सम्भावित स्रोत र अवसरहरूको खोजी गर्ने बहस गराउने तालिका बनेको छ ।

उक्त विशेषज्ञ संवादको कार्यक्रममा नेपाल लगायत पर्वतीय देशहरू, अन्तर्राष्ट्रिय समुदायहरू, विकास साझेदारहरू अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरू निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मी समेत गरी २०० जना भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय संवादलाई रणनीतिक मार्गदर्शनका लागि सरकारले प्रधानमन्त्रीको संरक्षकत्वमा वन तथा वातावरण मन्त्रालयका मन्त्री तथा उच्चस्तरीय जलवायु परिवर्तन निर्देशक समितिका अध्यक्षको नेतृत्व र राज्यमन्त्रीको सह–नेतृत्वमा सल्लाहकार समिति गठन गरेको छ ।

यसका साथै, बन तथा वातावरण मन्त्रालयका सचिवको नेतृत्वमा संवाद आयोजक समिति गठन भएको छ । सल्लाहकार तथा आयोजक समितिको पहिलो संयुक्त बैठकले सचिवालय र विशेषज्ञ समूह गठन गरी विज्ञ संवादलाई तिव्रता दिन कार्यदिश दिइएको छ ।

यस संवादको क्रममा पर्वतीय क्षेत्रका साझेदारहरू लगायत सबै पर्वतीय देशहरूका प्रतिनिधिहरूले संयुक्त रूपमा विशेषज्ञ संवादबाट साझा निष्कर्षहरू निकाल्नेछन् र यहाँको निष्कर्षलाई २०२४ जुनमा जर्मनीको बोनमा हुने राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय ६०औं सत्रको क्रममा आयोजना हुने हिमाल, मानिस र जलवायु परिवर्तनको बारेमा विशेषज्ञ संवादका लागि आधार खडागर्नेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रेस चौतारीका पूर्वसचिवविरुद्ध भ्रस्टाचार मुद्दा,नियुक्तिको दुई दिनमै निलम्बन

स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन बीमा बोर्डको निर्णण

निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

शाखा अधिकृत गिरीविरुद्ध भ्रष्टाचार मुद्दा

संघीय निजामती सेवा विद्येयक : आज कर्मचारी ट्रेड युनियनसँग छलफल, भोलि पारित गर्ने तयारी

कक्षा १२ को परीक्षा नरोकिने,निजामती कर्मचारी परिचालन गरेर सञ्चालन हुने

शिक्षक आन्दोलनमा विश्वभरबाट सहयोग र ऐक्यबद्धता प्राप्त

अर्बौंको कर छली गर्ने मालपानी बाणिज्य विभागको फन्दामा

बिशेष