नतिजा सुधार गर्ने १४ विद्यालयलाई सम्मान

धनगढी । धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८० मा लिएको आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षामा नतिजा सुधार गर्ने १४ विद्यालयलाई सम्मान गरेको छ ।
शैक्षिक सत्र २०७९ मा शून्य नतिजा ल्याएका तर शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा नतिजा सुधार गर्ने विद्यालयहरूलाई सम्मान गरेको हो । नगर उपप्रमुख कन्दकलाकुमारी रानाले नतिजा सुधार गर्ने विद्यालय रहेको वडाका वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरूलाई सम्मान पत्र र नगदसहित सम्मान गरेकी हुन् ।
विद्यालयको नतिजा सुधार ल्याउन मेहनत गरेको भन्दै वडा अध्यक्ष, व्यवस्थापन समिति र प्रधानाध्यापकहरूको हौसला बढाउन सम्मान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताए ।
गत वर्ष १७ विद्यालयको कक्षा ८ को परीक्षामा शून्य नतिजा आएकोमा यो वर्ष तीन विद्यालय समायोजन हुँदा बाँकी रहेका १४ विद्यालयबाट कक्षा ८ को परीक्षामा विद्यार्थी सहभागी भएका हुन् ।
शून्यबाट नतिजा सुधार गर्दा सबैभन्दा बढी विद्यार्थी पास गराउने तीन वटा विद्यालयलाई नगद, प्रमाण पत्र र ट्रफीसहित सम्मान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खातीले बताए ।
शून्यबाट यो वर्ष सर्वाधिक ५१ दशमलव ४२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल धनगढी १२ दुर्गाबस्तीको दुर्गा आधारभूत विद्यालयलाई नगद १५ हजार, प्रमाण पत्र र ट्रफी प्रदान गरिएको छ भने दोस्रो र तेस्रो बढी प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल धनगढी १० को जनकल्याण माध्यमिक विद्यालय र धनगढी १३ को नवज्योति आधारभूत विद्यालयलाई क्रमशः १० हजार र ५ हजार नगदसहित प्रमाण पत्र र ट्रफी प्रदान गरिएको छ ।

बिज्ञापन

गत वर्ष शून्य नतिजा ल्याएका तर यो वर्ष नतिजामा सुधार ल्याएको धनगढी १ को सरस्वती आधारभूत विद्यालय,धनगढी ७ को शिव माध्यमिक विद्यालय, धनगढी १३ को जनता राष्ट्रिय आधारभूत विद्यालय, धनगढी १४ को शिवशंकर आधारभूत र सिद्धार्थ आधारभूत विद्यालयलाई सम्मान गरिएको हो ।

बिज्ञापन

यस्तै, धनगढी १६ को दिपेन्द्रचारपाते माध्यमिक विद्यालय, वडा नम्बर १७ को भानु माध्यमिक विद्यालय र सज्जन आधारभूत विद्यालय, वडा नम्बर १८ को इन्द्रोदय र खप्तडी आधारभूत विद्यालय तथा वडा नम्बर १९ को फूलबारी आधारभूत विद्यालयलाई सम्मान गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारमा आगो लगाउनेलाई धमाधम उन्मुक्ति

भौतिक मन्त्रालयद्वारा तीन सुईहरुको पदस्थापन

इतिहासकै ठूलो भ्रष्टाचार मुद्धा : पूर्व सचिव र सहसचिवलाई साधरण तारेखमा रिहा गर्न आदेश

चुनावी प्रचारमा लाग्ने कर्मचारी र शिक्षकलाई कारबाही गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगको निर्णय च्यातेर रसुवामा ट्रेड युनियन पदाधिकारी नै मतदान अधिकृत !

चुनावकै मुखमा ‘जान्नेलाई छान्ने पार्टी’ छाड्नेको लर्काे

धादिङ बस दुर्घटना छानबिन गर्न समिति गठन गरिने

वीरगञ्जमा लाग्यो अनिश्चितकालीन कर्फ्यु

बिशेष