भवन निर्माण विभागमा कुमारले देखाउलान त कमाल ?

शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रुपमा अघिल्लो महिनादेखि कुमारप्रसाद घिमिरे कार्यरत छन् । मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट उनी शहरी विकास तथा भवन निर्माण विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाल्दै छन् ।

बिज्ञापन

३७ बर्ष अघि निजामती सेवामा प्रशासन सेवाबाट पाइला राखेका घिमिरे २०५३ मंसिर ८ गतेदेखि इन्जिनियरिङ सेवा समूहतर्फ सिफ्ट भए । यसअघि विभागको उपमहानिर्देशकको जिम्मेवारी सम्हालिसके उनलाई यस अघि नै सरकारले निजामती सेवा दिवसमा उत्कृष्ट निजामती सेवा पुरस्कारबाट सम्मान समेत गरिसकेको छ । शहरी विकासको जानकारका परिचित महानिर्देशक घिमिरेकै सक्रियतामा देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारलाई व्यवस्थित बनाउने सिंहदरबार गुरुयोजना समेत स्वीकृत भएको बताइने गरेको छ । कोराना महामारीको समयमा क्वारेन्टाइन निर्माण र व्यवस्थापनका सन्दर्भमा राम्रो काम गरेबापत निक्कै प्रशंसा समेत बटुलेका थिए ।

बिज्ञापन

भ्यू टावरदेखि संघीय संसद भवनसम्मको कस्तो छ प्रगति ?

झापाको दमक– ३ स्थित दापगाछीमा डेढ अर्बमाथि लगानीमा निर्माणाधीन भ्युटावरको काम ९० प्रतिशत सकिएको छ । भ्युटावरको वित्तीय प्रगति पनि करिब ९० प्रतिशत नै भएकोे छ । मंसिरसम्म सक्ने गरी म्याद थपिएको भए पनि सरकारले भुक्तानी नगर्दा काम ढिला भएको हो । एक सय मिटर अग्लो १८ तले भ्युटावर निर्माणका लागि २७ असार ०७६ मा ठेक्का लागेको थियो । २७ पुस ०७८ मा सक्ने गरी चनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा ठेक्का लिएका थिए । हाल यो योजनाको लागत बढेर एक अर्ब ६५ करोड पुगेको छ । भ्युटावरको भित्री काम लगभग सकिएको  । बगैँचा तथा पार्क निर्माणको काम अहिले द्रुत गतिमा भइरहेको छ ।

बिज्ञापन

यस्तै सिंहदरबारभित्रै बन्न लागेको संघीय संसद भवन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । ५ अर्ब ६८ करोड ३९ लाख निर्माण लागतमा निर्माणाधीन संसद भवन अत्याधुनिक किसिमको हुने र डेटा, सेक्युरिटी सिस्टमलगायत सबै नयाँ प्रविधिअनुसार बनाइँदै छ । सिंहदरबारभित्र १ सय ७३ रोपनी क्षेत्रफलमा बन्ने उक्त संघीय संसद भवनमा भवनमा संघीय संसद भवन, प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन, कमन लबी, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत ११ भवन बन्दैछन् । १ सय ५१ रोपनीमा भवन तथा संरचना तथा अन्य क्षेत्रमा खुला ठाउँ, चौर, बगैंचा, सडकपेटी बन्ने छन् । संसद भवन परिसरमा बन्ने सबै भवन काठमाडौंका स्थानीय वास्तुकला झल्कने खालका हुनुका साथै हाइटेक आधुनिक इन्जिनियरिङ डिजाइन प्रविधिअनुसार निर्माण भइरहेको छ । उक्त भवनको आयु करिब एक सय वर्षसम्म रहने दावी गरिएको छ ।
यस्तै शहरी विकासको क्षेत्रमा प्रशष्त कामहरु भएका छन् । २९३ नगरपालिकामा आवश्यक कार्यालयको व्यवस्था मिलाउने काम सहरी विकासले नै गरेको हो । नगरपालिकामा आवश्यक सहरी पूर्वाधार बनाउने जिम्मा पनि सहरी विकासकै काँधमा छ । सहरमा फोहोरको व्यवस्थापन, ढल, नाला, सडक, सौन्दर्यीकरण सहितका काम गर्ने काम विभागले नै हो ।

फोहोरमैला व्यवस्थापन टाउको दुखाईको बिषय हुँदै आएको छ विभागलाई । सहरमा फोहोर धेरै निस्कन्छ तर यहाँ फोहोरमैला बिसर्जन गर्न ठाँउ हुँदैन । त्यसलाई बाहिर लैजानु पर्छ । स्थानीयले सहरले फोहोर उत्पादन गर्ने बाहिर ल्याएर फाल्ने भनेर विरोध गर्ने गरेका छन् । जनकपुरमा प्रोजेक्ट सकिँदा पनि काम गर्न नसकेर दातृ निकायको सहयोग नै फिर्ता भएको छ । बुटवल र सिद्धार्थनगरमा पनि यो समस्याकै कारण फोहोरमैला व्यवस्थापनको काम हुन सकेको छैन । बन्चरेडाडाँमा पनि त्यस्तै समस्या रहेको छ ।

प्राथमिकता

अहिले बजेट निर्माणको मुखमा छौं,हामी । नयाँ कार्यक्रम बजेट सिलिङ आएको छ। दायित्व र सिलिङ दुवै लगभग उस्तै खालको रहेछ। पहिलाभन्दा अहिले धेरै बजेटको सिलिङ घटेको छ। आर्थिक वर्ष अन्त्य हुने अवस्था छ तर पुँजीगत खर्च निराशजनक छ । पूँजीगत खर्च बडढाउनेतर्फ प्रयासरत छौं ।हामीले मुख्यगरी भवन, आवास र सहरी विकासका तीन क्षेत्रमा काम गर्ने गरेका छौं । राष्ट्रिय भवन संहिताको कार्यान्वयन गराउने काम भवन निर्माणमा पर्छ । सबै सरकारी भवन, सरकारी कार्यालय, प्रत्येक जिल्ला सदरमुकाममा कम्तिमा एउटा सभाहल बनाउने, व्यक्तिगत रूपमा कसैले घर बनाउँदा राष्ट्रिय भवन संहिताले राखेको प्रावधानअनुसार गरेको छ छैन त्यसको अनुगमन गर्ने काम गरेका छौं । नक्सापास गर्ने काम सम्बन्धित स्थानीय तहबाटै हुन्छ । भवन ऐन २०५५ ले अनुगमनको अधिकार विभागलाई दिएको छ ।

यस्तै विभागको अर्काे जिम्मेवारी हो भवन निर्माण । भवन निर्माण संहिता कार्यान्वयन गराउने जिम्मेवारी पनि हाम्रै हो । कतिपयले मापदण्डविपरीत भवन बनाउने गरेका छन् । नक्सा पास गर्दा एउटा र भवन निर्माण अर्कै गर्ने गरेको पनि प्रशस्तै भेटिने गरेको छ । मापदण्डविपरीत बनेका भवनले जोखिम बढाउने भएकाले त्यसलाई भत्काउनुको विकल्प हुँदैन । यस्तोमा विभागले स्थानीय तहलाई मापदण्डविपरीत बनेका भवन भत्काउने निर्देशन दिन्छ । मापदण्ड पालना नगरी बनाइएका भवनहरूलाई भत्काउन नगरपालिकालाई निर्देशन दिने काम हामी गर्छौं । विभाग नियन्त्रणमुखी मात्रै होइन, मापदण्ड कार्यान्वयन गर्नेबारे जानकारी पनि दिइन्छ । भवन बनाउन आवश्यक डिजाइन तथा भवन संहिता छ । सरल भाषामा भवन निर्माण निर्देशिका बनाइएको छ । भवन निर्माणका निम्ति विभिन्न प्रकारका भवनका डिजाइन छन् ।

टाउको दुखाई बन्दै फोहोरमैला व्यवस्थापन

सहरी विकासको सबैभन्दा चुनौतीपूर्ण कार्य भनेको फोहोरमैला व्यवस्थापन हो । अधिकांश फोहोर सहरमै उत्पादन हुन्छ । तर, सहरमा व्यवस्थापनका लागि ठाउँ छैन । ग्रामीण क्षेत्रमा स्थानीय बासिन्दाले अवरोध गर्छन् । उनीहरू सहरको फोहोर हाम्रो ठाउँमा किन फाल्ने भन्ने मनस्थितिमा छन् । यो झट्ट हेर्दा स्वाभाविक पनि लाग्छ । हामीले धेरै ठाउँमा तय भइसकेको फोहोर व्यवस्थापन केन्द्रलाई रद्द गर्नुपरेको अवस्था छ । तत्काल हामीले काठमाडौंको फोहोरमैला व्यवस्थापनका लागि बन्चरेडाँडालाई चयन गरेका छौँ । अन्य धेरै स्थानमा स्थानीयको अवरोधका कारण आएका अन्तर्राष्ट्रिय सहयोग पनि फिर्ता गर्नुपरेको छ । त्यसैले विकल्पका रूपमा सामूहिक क्षेत्र खोज्ने कि भन्ने योजनामा छौँ । जस्तो तीन÷चारवटा क्षेत्रको एकैठाउँमा संकलन गर्ने कि भन्ने योजनामा पनि छौँ ।

कसरी बसाउने व्यवस्थित सहर ?

हामीले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका बनायौँ । तीन पालिकाको जनसंख्या जोड्ने हो भने ६० प्रतिशत बढी जनसंख्या नगरबासी भएका छन् । तर, तीन वटै नगर सहर भएका छैनन् । नगरपालिका छ तर नगरपालिकाजस्तो छैन । खासमा सहरी जनसंख्या भनेको ४० प्रतिशतको हाराहारीमा हो । विभिन्न सेवासुविधाका कारण मनिस सहरकेन्द्रित हुँदै गएका छन् । तर, त्यसका लागि पर्याप्त पूर्वाधार छैन । भएका पूर्वाधारले पनि काम गर्ने अवस्था छैन । यसकारण यी तीनै नगरले सहरलाई व्यवस्थित गर्ने, अनियन्त्रित सहरीकरणलाई रोक्ने, सहरी वातावरण सफा राख्ने, सुरक्षित भवन निर्माण गर्ने र जनताको मौलिक हकको रूपमा रहेको आवासको आवश्यकता पूरा गर्ने हो । साथै, सहरी क्षेत्रको विकासका लागि राज्यले धेरै लगानी गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष