सामान्यमा ‘विचौलिया कमरेड’ हाबी,मन्त्रीलाई गुमराहमा राखेर बोलकबोलमा सरुवा गरिएको माधव नेपालको भाञ्जी ज्वाईको दावी

अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एकीकृत समाजवादीको कोटामा छ । उक्त कोटाबाट मन्त्री बनेका छन्,भानुभक्त जोशी । जोशी इमानका सतिसाल र गौ प्राणी हुन । उनै मन्त्रीलाई गुमराहमा राखेर केही दिन अगाडि एकीकृत सरकारी कर्मचारी संगठनका नाममा केही कर्मचारीहरुले बोलकबोलमै सरुवा धन्दा चलाएको भन्दै आपत्ति जनाएका छन्,पार्टी अध्यक्ष माधव नेपालको भाञ्जी ज्वाईले । मन्त्री गृह जिल्ला गएको मौका छोपेर झण्डै एक दर्जन कर्मचारीहरुको सरुवा गर्दा बोलकबोलमा गरिएको उक्त पक्षको आरोप छ ।

बिज्ञापन

मन्त्रीलाई गुमराहमा राखेर कर्मचारी सरुवा गर्दा रकम उठाइएको बिषय पार्टी अध्यक्ष माधव नेपालसमक्ष पुगिसकेको छ । मन्त्रीले आफूलाई जानकारी नदिइ कर्मचारी सरुवा गरिएको बिषयमा यस्मा जोडिएका कर्मचारीहरुलाई झाँको झारेको चर्चा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा चल्ने गरेको छ ।

बिज्ञापन

एकीकृत सरकारी कर्मचारी संगठनका कार्यबहाक अध्यक्ष शरण गुरुङले संगठनको नाम बेचेरै केही कर्मचारीहरुले विचौलियाको काम गरिरहेको भन्दै आपत्ति जनाएका छन् । मन्त्रीलाई गुमराहमा राखेर कर्मचारी संगठनका नेताहरुले विचौलियागिरी गर्दै कर्मचारी सरुवा गर्न थालेको भन्दै कार्यबहाक अध्यक्ष शरण गुरुङले विज्ञप्ती जारी गरेका हुन ।

उनले एक विज्ञप्ती जारी गर्दै आफूलाई संगठनको अध्यक्ष,संगठनको सरुवा हेर्ने व्यक्ति म हुँ भन्दै स्वःघोषित पदहरु बाचन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दैनिक धाउदै आर्थिक चलखेलका आधारमा कर्मचारीहरुको सरुवा गर्ने गरेको भेटिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन ।

बिज्ञापन

उक्त गतिविधिले ट्रेडयुनियन आन्दोलनलाई नै कमजोर बनाउने दूषित बनाएकोले परिचालित व्यक्तिहरुबाट सजग रहन अनुरोध गरेका छन् । यस्तै संगठनका मातहत कमिटीका पदाधिकारी तथा सदस्यलाई फोन मार्फत डर त्रास देखाउने, अन्यत्र सरुवा गरीदिने भन्दै धम्काउने लगायतका कार्य समेत भईरहेको भन्दै उक्त कार्यको घोर भर्त्सना गर्दै त्यस प्रकारका भिजिलान्ते प्रवृत्तिबाट कति पनि बिचलित नभई संगठनलाई थप मजबुद बनाउदै अधिवेशन मार्फत प्राप्त जिम्मेवारीलाई पुरा गर्न आ-आफ्नो कार्यक्षेत्रमा डटेर लाग्न सबैलाई अपिल गरेका छन् ।

अहिले उक्त कर्मचारी संगठनको अध्यक्ष छन्, यामबहादुर खत्री । तर विधान र प्रक्रिया मिचेर उनलाई अध्यक्ष बनाइएसँगै उक्त संगठनमा देखिएको घरझगडा अहिले अदालतसम्म पुगेको हो । संस्थापक अध्यक्ष मोहन घिमिरे,  उपसचिवमा उक्लिए ।  घिमिरेझैँ गगनसिंह विष्ट पनि उपसचिव उक्लिएसँगै अहिले अध्यक्ष बनाइएको छ,यामबहादुर खत्रीलाई ।

सिनियारिटीका आधारमा गुरुङ अध्यक्षका प्रवल दावेदार हुन् भनिन्छ । गत वर्षको फागुन २६ र २७ गते खरिपाटी भेलाले संगठनको अध्यक्ष गगन र सहअध्यक्षमा शरणलाई चयन गरेको थियो । तर, शरणलाई पेशागत महासंघमा थन्क्याएर यामबहादुर खत्रीलाई अध्यक्ष बनाउने थाहा पाएपछि शरणले पेशागत छाडे र कर्मचारी संगठनकै अध्यक्ष पाउनुपर्ने अडान लिइरहे । उनी ७३ जना पदाधिकारीको हस्ताक्षर बोकेर अध्यक्ष माधव नेपालदेखि महासचिवकहाँ पनि पुगे तर न्याय नपाएपछि अदालत गए । शरणलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा मधेश प्रदेश कार्यसमितिका अध्यक्ष तुलाकृष्ण गोइत, कर्णाली प्रदेश कार्यसमितिका अध्यक्ष गोरबहादुर बूढा र गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष सोमलाल तिवारीहरू छन् ।

उनीहरूले गुरुङको पक्षमा विज्ञप्तिवाजी नै गरिरहेका छन् ।यही घरझगडा उत्कर्षमा पुग्दाको परिणाम हो,शरुणहरुको विज्ञप्तीबाजी ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संघीय निजामती सेवा विद्येयक : आज कर्मचारी ट्रेड युनियनसँग छलफल, भोलि पारित गर्ने तयारी

कक्षा १२ को परीक्षा नरोकिने,निजामती कर्मचारी परिचालन गरेर सञ्चालन हुने

शिक्षक आन्दोलनमा विश्वभरबाट सहयोग र ऐक्यबद्धता प्राप्त

अर्बौंको कर छली गर्ने मालपानी बाणिज्य विभागको फन्दामा

प्रजातान्त्रिक उदार शासन प्रणालीमा कूटनीतिका आयाम

केदारनाथ शर्मा बने भूमि व्यवस्था सचिव

चन्द्रकला पौडेल सचिवमा बढुवा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

बिशेष