२३ अधिकृतको सरुवा :-गृहबाट ३ आउट,तीनको इन्ट्री

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ जना शाखा अधिकृतको सरुवा गरेको छ ।सरुवाको सूची अनुसार गृहबाट तीन अधिकृत बाहिरिँदा तीनै जना अफिसर गृहमा प्रवेश पाएका छन् ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)मा दरबन्दी रहेका हितप्रसाद पौडेलको गृह मन्त्रालयमा प्रवेश पाएका छन् भने गृहमा कार्यरत उर्मिला खतिवडालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाइएको छ । यस्तै, गृहका पवन अर्याललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुर्याइएको छ । गृहका दिपेन्द्र रावललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा खटाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रदिप कुमार खड्कालाई गृह मन्त्रालयमा पठाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका राजन पाण्डेलाई गृह मन्त्रालयमा पुर्याइएको छ ।

बिज्ञापन

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत शाखा अधिकृत विष्णु प्रसाद शर्माको प्रदेश प्रमुखको कार्यालय, कर्णाली प्रदेशमा पुगेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी रही विज्ञापन बोर्डमा काजमा कार्यरत अजय राजवंशीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय खटाइएको छ । यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मोहन सिंह दर्जीको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

सरुवाको सूची अनुसार,राष्ट्रिय दलित आयोगमा कार्यरत भोजराज श्रीपाईलीलाई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ल्याइदा राष्ट्रिय योजना आयोगमा कार्यरत प्रीति सुवेदीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खटाइएको छ । यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत सुरेन्द्र थापालाई राष्ट्रिय योजना आयोग पुगेका छन् ।

बिज्ञापन

सामान्यकै अतिरिक्त समूहमा रहेकी कल्पना अर्याललाई निर्वाचन आयोग पठाइएको छ ।यसैगरि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी रही मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशमा काजमा रहेका प्रकाश न्यौपानेलाई निर्वाचन आयोगमा ल्याइएको छ ।

यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा कार्यरत मेघराज सोनीलाई राष्ट्रिय योजना आयोग, राष्ट्रिय सतर्कता केन्द्रकी निकाश रेग्मीलाई शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका भनु भक्त जोशीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाइएको छ ।यस्तै ,संघीय मामिला तथा सामान्य मन्त्रालयको अतिरिक्तमा दरबन्दी रही निजामती कर्मचारी अस्पतालमा काजमा कार्यरत धर्मराज आचार्यलाई चिकित्सा शिक्षा आयोगमा पठाइएको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका गौतम घिसिङलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानेर काजमा निजामती कर्मचारी अस्पताल पुर्याइएको छ ।

सूची अनुसार सामान्यकै अतिरिक्त समूहमा रहेकी कुमारी तारा घिमिरेको विज्ञापन बोर्डमा काज सरुवा गरिएको छ ।यस्तै , संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पुन्देव कुमार साहलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा खटाउँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी रही निजामती कर्मचारी अस्पतालमा काजमा कार्यरत प्रज्ञा ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै तानिएको छ भने प्रदेश प्रमुखको कार्यालय गण्डकी प्रदेश, कास्कीमा कार्यरत प्रमीला गौतमलाई राष्ट्रिय दलित आयोग पुर्याइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

९९.४३ प्रतिशत कर्मचारीको तलबी प्रतिवेदन समयमै पारित

डिभिजन इन्जिनियर रिमालले किन दिए राजीनामा ?

BAT २६ समूहले नेपाल प्रहरीलाई एक लाख एक हजार एक सय एघार रुपैयाँ सहयोग

निर्जीवन बीमा कम्पनीमा पर्यो २० अर्ब ७० करोड दाबी

कान्छा सीईओले बर्ष दिन अगावै किन दिए राजीनामा ?

त्रिपालमुनि सर्वाेच्चका दुइ अस्थायी इजलाश

संसद भवन खरानी भएको नवौं दिनपछि अनुगमनमा निस्किए सभामुख

पूर्वमन्त्रीदेखि पार्टीको प्रवक्तासम्मले छाडे सीके राउतको साथ

बिशेष