सचिव बढुवाको मुखमा अर्काे सहसचिव स्वत: निलम्बनमा

सचिव बढुवा हुने लाइनमा रहेका सहसचिव बुद्धिसागर लामिछाने निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडीको डेढ अर्ब भ्रष्टाचार मुद्दामा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई समेत प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा दायर गरेसँगै उनी स्वत निलम्बनमा परेका हुन ।

बिज्ञापन

मन्त्रालयमा लामो समयदेखि नागरिक उड्डयन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका लामिछाने अहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाइ महाशाखा प्रमुखको भूमिकामा छन् ।
अख्तियारले पूर्व मन्त्री जीवनबहादुर शाही,पूर्व सचिव शिशिर ढुंगनाका साथै जीवनप्रकाश सिटौलासहित ३२ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाउँदै बुद्धिलाई पनि प्रतिवादी बनाइएको छ । २४ अर्ब रुपैयाँका दुई जहाज खरिदका क्रममा एक अर्ब ४७ करोड अर्ब रुपैयाँ ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा भ्रष्टाचार भएको निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकालेको छ । यस प्रकरणमा बहालवाला सहसचिव बुद्धिसागर लामिछाने पनि मुछिएका हुन ।

बिज्ञापन

अख्तियारले तत्कालीन अवस्थामा नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्यका रुपमा रहेका लामिछानेसहित अधिकांशविरुद्ध भ्रष्टाचार मुद्दा अघि बढाएको हो ।

यता यही प्रकरणले नेपाल वायुसेवा निगमका ३ पाइलट, ३ निर्देशक र एक उपनिर्देशकसहित ७ उच्च तहका कर्मचारी निलम्बनमा परेका छन् । निगमका नायब महाप्रबन्धक जनकराज कालाखेती, वरिष्ठ क्याप्टेन सुवास रिजाल, वरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचन, क्याप्टेन श्रवण रिजाल, हाल निर्देशक रहेका उमेश पौडेल, निर्देशक उपेन्द्र पौडेल र उपनिर्देशक बृहतमान तुलाधरमाथि भ्रष्टाचार मुद्धा चलेसँगै स्वत निलम्बनमा परेका हुन ।

बिज्ञापन

भ्रष्टाचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ।
केही अघिमात्र मेलम्ची प्रकरणमा भ्रष्टाचार मुद्धा चलाएसँगै बरिष्ठ सहसचिव रुद्रमान सिंह तमाङ निलम्बनमा छन् । यस्तै सचिव हुने लाइनमा रहेका बुद्धिसागर लामिछाने पनि निलबम्नको सूचीमा थपिएका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेनविरुद्ध साइबर व्युरोमा जाहेरी,राहदानी रोक्का र तत्काल पक्राउ गर्न माग

कर अधिकृतसहित २ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

बेलायतबाट स्वदेश फिर्ता हुन लागे राजदूत घिमिरे

महाधिवेशन बिना चुनावमा जानु उचित होइन : मोहन आचार्य

अब प्यान नम्बर लगायतका करसम्बन्धी सेवाहरु स्थानीय तहबाटै पाइने

काठमाडौं महानगरले माग्यो करार सेवामा ४४ कर्मचारी

अर्थ मातहतका ३९ वटा कार्यालय खारेजी,३०२ को दरबन्दी कटौती

जेनजी विद्रोह पछि समेत सुध्रिएनन कर्मचारी,रगेहात पक्राउ पर्दैछन् धमाधम

बिशेष