आइटीका खलनायक पछि मेडिकल माफिया अख्तियारको फन्दामा

पाँच/ दश हजार घुस खाने खरिदार,सुव्वा समाएर त्यसैमा रमाउँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय ठूला विचौलिया र माफियाहरुतिर अनुसन्धानको सुई सोझाएको छ । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल यस्तै ठूला माछा हुन । राज्य सत्तालाई प्रभावमा पारेर सूचना प्रविधि क्षेत्रमा हालीमुहाली गर्दै आएका यी दुई दुई ठूला आइटी माफियामाथि अहिले अनुसन्धान चलिरहेको छ ।

बिज्ञापन

हिजैमात्र विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ। आइटीका खलनायक पछि नेपालको स्वास्थ्य क्षेत्रमा ठूला माफियाविरुद्ध अख्तियारले मुद्धा चलाएको छ । अख्तियारले मेडिकल उपकरण व्यवसायी विशाल पण्डितलगायत आधा दर्जनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले स्वास्थ्य निर्देशनालय, धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।

बिज्ञापन

त्यस्तै, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरका बायोमेडिकल इन्जिनियर कुशल दाहाल, हस्पिटेक इन्टरनेशनल प्रालिका बजार व्यवस्थापक मनोजकुमार आचार्य र प्रालिविरुद्ध समेत मुद्दा दायर गरिएको छ ।

उनीहरुले मिलेमतोमा कोरोना महामारीको समयमा कोशी अस्पताल कोभिड–१९ केन्द्र, विराटनगरमा स्वास्थ्य उपकरण वा हाई डिपेन्डेन्सी युनिट ९एचडीयु० खरिद गर्ने क्रममा अनियमितता गरेको अख्तियारको अनुसन्धानबाट खुलेको हो ।

बिज्ञापन

अयोग्य बोलपत्रलाई प्रक्रिया पूरा भएको जनाउँदै गलत लिखत प्रतिवेदनको आधारमा बोलपत्र स्वीकृत गरिएको र अस्वाभाविक रुपमा बढी मूल्य तिरिएको देखिन आएको बताइन्छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम दुई करोड ८९ लाख ६६ हजार ५० रुपैयाँ बिगो कायम गरी सजाय हुन मागदाबीसहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।पण्डित हस्पिटेक प्रालिका सञ्चालक हुन् । स्वास्थ्य मन्त्रालय मातहतका अधिकांश ठूला ठेक्का उनको कब्जामा रहँदै आएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही अवधिमा नक्कली स्टिकरमा दुई सहसचिवविरुद्ध अनुसन्धान अगाडि बढाइरहेको छ । यस्तै टेरामक्स प्रकरणमा मुख्यसचिवसमेत जोडिएका छन्,अख्तियारले यसमा समेत अनुसन्धान गरिरहेको छ ।
यस्तै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक उपर अर्वाै भ्रष्टाचार मुद्धामा अख्तियारले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निर्वाचनको समयमा सामान्य प्रशासनमा २५ बढी सहसचिव जिम्मेवारीविहीन, हाजिर गरेर घाम ताप्दै

फ्लेस : आधुनिक मानव अस्तित्वको नाङ्गो दस्तावेज

अवकाशअघि सचिवको ‘ठूलो चलखेल’ : सुईहरूको सरुवा सूची तयार, कसलाई च्याप्ने कसलाई पेल्ने ?

सिंहदरबारमा आगो लगाउनेलाई धमाधम उन्मुक्ति

भौतिक मन्त्रालयद्वारा तीन सुईहरुको पदस्थापन

इतिहासकै ठूलो भ्रष्टाचार मुद्धा : पूर्व सचिव र सहसचिवलाई साधरण तारेखमा रिहा गर्न आदेश

चुनावी प्रचारमा लाग्ने कर्मचारी र शिक्षकलाई कारबाही गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगको निर्णय च्यातेर रसुवामा ट्रेड युनियन पदाधिकारी नै मतदान अधिकृत !

बिशेष