दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कामले गति लिने भएको छ ।दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा हुन लागेको पेट्रोलियम पदार्थ अन्तिम अन्वेषणका लागि चीनबाट सामानहरू आउन थालेका छन्। २०७६ साल असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम ड्रिलिङ सर्वेको कामका लागि नेपालगन्ज नाका रुपैडियामा रोकिएको ठुला उपकरणहरु आउन थालेको हो।
बिज्ञापन
ड्रिलिङ सर्वेको लागि ल्याइने ठुला उपकरणहरु राख्ने पाउण्डेशन तयारी भईसकेको छ। मेशिन चीनबाट कलकत्ता हुँदै अन्वेषण स्थलमा ल्याइएको हो। शनिवार साँझ उपकरण बोकेको ३ वटा ट्रक दैलेख आएसँगै काम गर्न ३ सिफ्टमा विभाजन भएर गर्न थालिएको जनाइएको छ।खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार केही ट्रक शुक्रबार सुर्खेत पुगिसकेका छन् । चीनबाट आएका यी उपकरण २ सयभन्दा धेरै ट्रकमा लोड गरिएको छ । उपकरण पुगिसकेपछि ड्रिल गर्ने काम सुरु हुने उनले जानकारी दिए ।
बिज्ञापन
‘उपकरण आइसकेपछि कामले गति लिन्छ,’ महानिर्देशक घिमिरे भन्छन्, ‘चिनियाँ सरकारसँग जीटूजी सम्झौता अनुसार अगाडि भएको यो आयोजना नेपाली अर्थतन्त्रकै लागि कोसेढुंगा सावित हुनेछ ।’ जमिनबाट ४ हजार ५ सय मिटरसम्म गहिराइमा पुगेर अन्वेषण गरिने भएको छ ।
अन्वेषण परियोजनाका अनुसार २४ घण्टा नै ३ सिफ्टमा काम गर्ने गरी व्यवस्थापन गरिएको छ। अब हुने अन्तिम अन्वेषण भएकाले दैलेखमा कति क्षमता (भण्डारण) को पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउनुका साथै गहिराई पनि मापन हुने जनाइएको छ। परिणाम कति छ? कहाँ कहाँसम्म फैलिएको छ? उत्खननका लागि खर्च र फाइँदाबारे भने अन्तिम अन्वेषण ड्रिलिङ गर्ने कार्यपछि थाहा हुने भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले बताए। ‘ड्रिलिङ हुने स्थानमा फाउन्डेसन लगायत सबै तयारी पुरा भएको छ’ पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले भने, मेशिन झन थालेसँगै ड्रिलिङ गर्न सुरु हुन्छ।’ उनका अनुसार ड्रिलिङ भएको ४ देखि ५ महिनाभित्र अन्वेषणको काम सकिने छ।
बिज्ञापन
पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ड्रिलको काम सकिएपछि दैलेखका यी क्षेत्रमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन सम्भावना टुंगो लाग्ने छ ।हालसम्म गरिएका अध्ययनले यो क्षेत्रमा पेट्रोलियम पदार्थ उत्खनन सम्भावना रहेको देखिएको छ । दैलेखको नाभिस्थान, श्रीस्थान, पादुका लगायत क्षेत्रलाई आधार मानेर ४ सय वर्गकिलोमिटर क्षेत्रफल समेट्ने गरी सर्वेक्षण भइसकेको छ ।
दैलेखमा ०७६ असोजदेखि पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननको काम सुरु भएको थियो, नेपाल सरकार, खानी तथा भूगर्भ विभाग र चीनको जियोलोजिकल सर्भे कम्पनीबीच दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम खानी अन्वेषण गर्ने सम्झौता भएको थियो ।चीनको प्राविधिक टोलीले सेस्मिक, जियोलोजिकल, म्याग्नेट टेल्युरिक र जिओकेमिकल सर्भे सम्पन्नपछि सम्भावित क्षेत्र भिरखेतमा अन्तिम अन्वेषणको काम सुरु गरेको हो ।
कहाँ कहाँ छ इन्धनको सम्भावना?
विगतमा नेपालका विभिन्न स्थानमा पेट्रोलियम अन्वेषणको कार्य अघि बढाइएको भए पनि हाल त्यो कार्य दैलेखमा मात्रै सीमित छ।नेपालको दक्षिणी भाग, चुरे र महाभारत आसपासको क्षेत्रमा पनि पेट्रोलियम हुनसक्ने सम्भावना औँल्याइएको छ।विगतमा अन्तर्राष्ट्रिय बोलपत्रमार्फत् पेट्रोलियम कम्पनीहरूलाई अन्वेषणको कार्य अघि बढाइएको थियो।वि.सं २०४५ सालमा मोरङको बाहुनीमा ३,५०० मिटरसम्म ड्रिल गर्दा त्यहाँ पेट्रोलियम पाइएन।