६ बर्ष अघि जिल्ला प्रशासन कार्यालयमा बसेर बदमासी गर्ने अधिकृतद्धयलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
बिज्ञापन
प्रशासनमा बसेर विदेशी नागरिकलाई नेपाली नागरिकता दिनदेखि दोहोरो नागरिकता जारी गर्ने बदमासीमा मुछिएका अधिकृतहरुलाई पक्राउ गरेर अदालतमा पेश गरिएको थियो । अदालतले ती अधिकृतहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । यसरी पुर्पक्षका लागि थुनामा पठाइएका अधिकृतद्धय हुन झपेन्द्रराज खरेल र रामचन्द्र अर्याल ।अर्याललाई प्रहरीले हेटौंडाबाट समाएर ल्याइएको थियो भने खरेललाई चैत्रको पहिलो साता प्रहरीले पक्राउ गरेको हो । खरेल,२०७४ भदौबाट इलाका प्रशासन कार्यालय महाभारत घर्तीछापको दरबन्दीमा हाजिर भएका थिए । उनैले दोहोरो नागरिकता दिने अघि अहिले सुन तस्करीमा मुछिएका विदेशीहरुलाई समेत नागरिकता दिलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।प्रहरीका अनुसार बेल्जीयम नागरिक दावा छिरिङ (नेपाली नाम निमा तामाङ) लाई ६ बर्ष अगाडि २०७४ साल पुस २० गते नागरिकता जारी गरेका थिए । यसरी विदेशीलाई दोहोरो नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन प्रशासकीय अधिकृतले गरेका बताइन्छ ।
बिज्ञापन
प्रशासनले ३०–०१–७४–११८६८ नम्बरको नागरिकता नागरिकता जारी गरेका थिए भने यही नम्बरको काठमाडौ महानगरपालिका–४ स्थायी ठेगाना भएका राजु गुरुङले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका स्थायी ठेगाना राखी काभ्रेपलाञ्चोकबाट २०७४ मङ्सिर १३ गते ३०–०१–७४–१०९७७ नम्बरको दोहोरो नागरिकता जारी गरेको भेटिएको थियो । उनी हाल सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा अधिकृत सातौँ तहमा कार्यरत छन् ।एकै दिन जिल्ला प्रशासन कार्यालयले ५१ वटा नागरिकता वितवरण गरेको भेटिन्छ । ११८३० बाट ११८७१ नम्बरसम्मको नागरिकतामध्ये ११८६० बाट मात्रै खरेलको हस्ताक्षर छ । त्यसअघिको ४० वटा नागरिकतामा अधिकृत सीताराम थापाले सही गरेका छन् ।
यस अघि प्रहरीले विदेशी नागरिकलाई झूठा विवरण राखी नागरिकता दिन सनाखत गरेको आरोपमा प्रशासन कार्यालयका तत्कालिन नायव सुब्बा हाल बागमती प्रदेश सभा सचिवालयमा अधिकृत छैटौँ तहमा कार्यरत ललितपुर महालक्ष्मी नगरपालिका–५ का रामचन्द्र अर्याललाई पक्राउ हेटौडाबाट पक्राउ गरेर मुद्धा चलाएको थियो । जिल्ला प्रशासन कार्यालय काभ्रेमा नायब सुब्बाका रुपमा कार्यरत रहँदा सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिकहरु दावा छिरिङ र दावावाजिन वाङलाई वंशजको आधारमा नागरिकता दिलाउने उनको ठूलो भूमिका रहेको आरोप छ । अर्यालका दाजु म्यानपावर व्यवसायी हुन् । उनले अर्घाखाँचीका दुई जना श्रीमान श्रीमतीलाई नक्कली कागजात बनाएर नागरिकता दिलाएको समेत खुलेको छ । उनका दाजुले त्यसरी नागरिकता लिएका व्यक्तिहरूलाई विभिन्न मुलुक पठाउने गरेका थिए । उक्त विषयमा पनि अझै छानबिन भएको छैन ।
बिज्ञापन
पाँच वर्षअघि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गरेको छानबिनका क्रममा निमालगायत ३ सय ५० जना विदेशी नागरिकले नागरिकता लिएको तथ्यसहितको प्रतिवेदन गृह मन्त्रालयमा पुगेको छ ।
जिल्ला अदालत धुलिखेलमा शुक्रबार भएको थुनछेक बहसका क्रममा न्यायाधीश शिवकुमार पोखरेलको इजलासले नागरिकता बिक्री अभियोगमा पक्राउ परेका अधिकृतद्वय झपेन्द्रराज खरेल र रामचन्द्र अर्यालसहित नागरिकता खरिद गर्ने काठमाडौँ महानगरपालिका–४ का ४० वर्षीय राजु गुरुङलाई थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार कर्णबहादुर राईले जानकारी दिए ।