नेपाली ब्युरोक्रेसीको दुःखद नालिबेली

‘……को देशमा गाँडा तन्नेरी’ भनेझैँ नेपाली कर्मचारीतन्त्रमा बेला–बेला थरीथरी तन्नेरी कर्मचारी देखिने गरेका छन्् । कर्मचारीतन्त्रको कुरा गर्दा भारतीय विदेशमन्त्री एस. जयशंकर पहिला ब्युरोक्र्याटका रूपमा परिचित थिए । विदेशसचिव पनि भए । उनलाई अहिले राष्ट्रिय हित र स्वार्थका लागि विदेशीसँग राम्रोसँग डिल गर्ने क्षमता भएको भन्दै सबैखाले भारतीय राजनीतिज्ञले प्रशंसा नै गरेको पाइन्छ । नेपालको सन्दर्भमा ब्युरोक्र्याटबाट निवृत्त भएपछि यसरी नै वाहवाही पाउने को होलान् ? खिलराज रेग्मी, माधव घिमिरे, शंकर कोइराला, माधव पौडेल, छविराज पन्त लगायतका केही र लोकमानसिंह कार्कीबाहेक मन्त्री हुने ब्युरोक्र्याट्स को होलान् ?

बिज्ञापन

नेपाली ब्युरोक्रेसी सिष्टमले चलेको छैन । यदि, चलेको हुन्थ्यो भने विषयविज्ञ नभएका टेकनारायण पाण्डेजस्ता कर्मचारीलाई घरी भूमिसुधार मन्त्रालय त घरि गृहमन्त्रालयको सचिव बनाइन्नथ्यो । फलस्वरूप उनी अहिले जेलमा छन् । पाण्डेले शिक्षा क्षेत्रमा विज्ञता हासिल गरेका थिए । तर, जिम्मेवारी भने अरु नै पाए । यसै कारण असफल मात्र भएनन् । जेल सजायँको भागीसमेत बन्न पुगे । यदि, सिष्टममा सबै कुरा चलेको हुन्थ्यो भने यस्तो अवस्था आउँथेन । आफूले नबुझेको भूमिसुधार र गृह मन्त्रालयको धपेडी र जालोमा फस्नु पर्थेन । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरण, ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरणजस्ता अनेकन घटना पनि हुन्थेन । सम्बन्धित विषयका विज्ञबाट गलत निर्णयको अपेक्षा गरिन्न ।

बिज्ञापन

अहिलेका मुख्यसचिव वैकुण्ठ अर्याललाई सञ्चार सचिव हुँदा अनियमितताको आशंकामा अतिरिक्त समूहमा थन्क्याइएको थियो । उनीविरुद्ध अख्तियारले धेरै प्रकरणमा बयान लिएको र कुनै पनि बेला मुद्दा दर्ता हुने अवस्था देख्दादेख्दै एकाएक टप्प टिपेर रातारात मुख्यसचिव बनाइएको हो । मुख्यसचिवको पद सकिनै लाग्दा परराष्ट्र सेवाका शंकरदास बैरागीलाई अर्को पद सिर्जना गरी ६ वर्ष जागिर ख्वाउन राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको छ । उनी सुरक्षा विशेषज्ञ होइनन् । नेपालमा सीमासम्बन्धी विवाद छन्, पिलरका समस्या छन्, कालापानीका लफडा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको पालामा कालापानी र लिम्पियाधुरासहितको चुच्चे नक्सा र इपिजी प्रतिवेदन बन्दा यी सबै विषयमा बैरागीको दक्षता देखिएको होइन । केही हप्ताअगाडि सिंहदरबार र संसद भवनमा अनुमतिबिना बाहिरका केही मान्छे थुप्रिए । श्रीलंकाको संसद् भवनमा अनियन्त्रित भीड पसेपछि राष्ट्रपतिले कुलेलम ठोक्नुप¥यो । अमेरिकामा पनि त्यस्तै घटना भयो । जसकारण डोनाल्ड ट्रम्पले मुद्दा खेप्नुपरेको छ । नेपालमा पनि लघुवित्त पीडितले संसदभित्र छिरेर आफ्नो कुरा जबर्जस्ती पास गर्न सांसदहरूलाई बन्धक बनाएको वा दबाब दिएको भए के हुन्थ्यो ? यो प्रकरणमा नेपालका सुरक्षा सल्लाहकारले के सुझाव वा सल्लाह दिए ?

केही साताअघि तत्कालीन मन्त्री प्रकाश ज्वालाको गाडी जलाउँदा इपिएस परीक्षामा सहभागी हुन आएका दुई जनाले बेफ्वाँकमा ज्यान गुमाउनुप¥यो । सो घटना भएलगत्तै सुरक्षा कमजोरी गर्ने सिडिओ र एसपीलाई तत्कालै जिम्मेवारीबाट मुक्त गरी तानियो । प्रकाश ज्वालाले राजीनामा दिनुपर्छ भनेर संसदमा कुरा उठाइयो । त्यही संसदभित्र मीटरब्याजी र लघुवित्त पीडितहरू झुत्ती खेल्दै छिर्न पाएको भए के हुन्थ्यो ? यो विषयमा के कारबाही भयो ? कसलाई जिम्मेवार ठह¥याइयो ? के यो सामान्य कुरा हो ? यी प्रकरणमा सुरक्षा सल्लाहकारले कस्तो भूमिका निभाए ? सवाल स्वाभाविक देखिए पनि परिणाम भने गम्भीर छ । हाम्रो सुरक्षामा भ्वाङ पार्न विदेशीले यस्ता अनावश्यक पद प्लान्ट गरेको दावी केही सुरक्षा विज्ञले गरेका छन् । किनभने भारतका अजित डोभालजस्तै हाम्रा राष्ट्रिय सुरक्षा सल्लाहकारले राज्यका निम्ति के गरिरहेका छन् भन्ने कुरा कसैलाई पनि थाहा छैन । सरकारलाई कुन–कुन विषयमा के–कस्तो राय दिएका छन् त्यो पनि स्पष्ट छैन ।

बिज्ञापन

श्रीकृष्ण नेपाल अर्थको वैदेशिक सहायता समन्वय महाशाखामा छन् । उनलाई दुई वर्षअघि सुदूरपश्चिम प्रदेशको सचिवमा सरुवा गरिएको थियो । तर, हाजिर हुन गएनन् । नेपाल वैदेशिक संस्था युएसएआईडी, डिएफआईडी, वल्र्ड बैंक र आइएमएफजस्ता पहुँचवाला विदेशी संस्थाको निकट भएका कारण अटेरी भई पुनः उक्त महाशाखामै जरोकिलो गाड्न पुगेको दाबी स्रोतको छ । मुख्यसचिव वैकुण्ठ अर्यालसँग पनि वैदेशिक सहायता महाशाखामै केही वर्ष काम गरेको अनुभव छ । एमसिसीको हस्ताक्षर गर्ने बेला ज्ञानेन्द्र कार्की र अर्याल सँगसँगै थिए ।

विदेशी मात्र नभएर स्वदेशी बिचौलियाको पनि नेपालको ब्युरोक्रेसीमा ठूलै चलखेल देख्न पाइन्छ । बूढीगण्डकीदेखि त्रिशूलीलगायत प्रकरणमा डामिएका ऊर्जासचिव राजेन्द्र क्षेत्रीलाई बिचौलिया दीपक भट्टले तीन महिने मुख्यसचिवमा ल्याए । यो प्रकरणमा मुद्दा लगाएर तत्कालीन जलस्रोत तथा ऊर्जामन्त्री राधा ज्ञवालीको पद नै खुस्काइयो । अर्कोतर्फ उनै भट्टले केपी ओली प्रधानमन्त्री भएका बखत आफ्ना दाजु सुशील भट्टलाई लगानी बोर्डको कार्यकारी प्रमुखसमेत बनाउन भ्याए । राजेन्द्र क्षेत्रीलाई त मुख्यसचिव बनाउन मिल्ने प्रावधान नै थिएन । उनी कानुनी पृष्ठभूमिका हुन् । प्रशासन सेवाका मान्छे नै मुख्यसचिव हुनुपर्ने हो । तर, सेवा समूह परिवर्तन गरी उनलाई मुख्यसचिव बनाएरै छाडियो ।

यसरी हेर्दा नेपाली कर्मचारीतन्त्रमा अनेकन खेल हुने गरेका छन् । अहिले मालपोत र नापी कार्यालयमा दलका नेता र जग्गा दलालले आफ्नो रोजाइअनुसारका कर्मचारी ल्याउने र मन नपरेकालाई सरुवा गर्ने ल्याकत राख्छन् । सडक र सिञ्चाइमा ठेकेदारहरूले मनलाग्दी इञ्जिनियर ल्याउने र वन कार्यालयमा वन माफियाले रोजेका अधिकृतहरू लैजाने गरेका छन् । जिल्लाका प्रमुख र संवदेनशील मानिने सिडिओ, प्रहरी र भन्सारका हाकिम प्रायशः तस्करहरूको सेटिङमा सरुवा हुने गरेको आरोप छ । करको हाकिम पहुँचवाला व्यापारीले लैजाने गरेका छन् । शिक्षाका हाकिम निजी विद्यालयका छाता संगठन वा धनाढ्य स्कूल सञ्चालकको सल्लाहमा सरुवा हुन्छन् । वैदेशिक रोजगार र इपिसको हाकिम म्यानपावर कम्पनीवालाको सिफारिसमा लगिन्छ । यातायातको हाकिम सिण्डिकेटवाला र लाइन्सेन्सका दलालले लग्छन् । यसरी लगिएका कर्मचारीले सरकारी दायित्व निभाउनुभन्दा आफूलाई गुण लगाउनेले जे–जे भन्छन् त्यही त्यही गर्ने हुन् । यस्तो चलनले गर्दा नेपाली कर्मचारीतन्त्रप्रति जनताको विश्वास गुम्दै गएको अवस्था छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जेन–जी आन्दोलनका शहीद परिवारलाई नेपाल आयल निगमको रोजगारी सहयोग, दुई लाख ७० हजार आर्थिक सहयोग

‘जेनजी’ प्रदर्शनपछि सेनाको फौज क्रमशः फिर्ता, २१ स्थानमा अझै तैनाथ

तस्करहरूलाई रातारात भगाउने एसपी भण्डारी : झापाको सीमामा सशस्त्र प्रहरीको कडा घेरा

जलेर खरानी भएका सवारीका नामबाटै इन्धन भत्ता

चुनावी क्याविनेटका २० निर्णय : ६ वैदेशिक भ्रमण स्वीकृत,८ सरुवा,बढुवा

अनुसन्धानको दायरामा रहेका सचिवलाई क्षति विवरण संकलन गर्ने जिम्मेवारी

सहसचिव गणेशराज वस्तीको कविता :धर्मकर्म नित्य गर

मन्त्रिपरिषद्का २० निर्णय : सरुवा,बढुवादेखि अस्थायी दरबन्दी स्वीकृतसम्म

बिशेष