यस ब्रह्माण्डको आदिकाल देखि चलीआएको शाश्वत सत्य ज्ञानको पूर्ण विकसित स्वरूपहो श्री निजानन्ददर्शन ।जब सदगुरु धनीश्री देवचन्द्रजीको तनमाविराजमानभएर अक्षरातीत पूर्ण ब्रह्म परमात्माकीआनन्दअंगश्री श्यामाजीले यस क्षरभंगुर संसारमाजागृत बुद्धिको ज्ञान प्रकट गर्नुभयो, तब देखि नै यस सत्य मार्गको उद्घाटन भयो ।श्री निजानन्द सम्प्रदायद्वारा यस संसारलाई अक्षर ब्रह्म देखि पनि पर अक्षरातीत पूर्ण ब्रह्म को स्वरूप, धामअनिलीलाको वास्तविकपहिचानभएको छ ।
श्रीकृष्ण प्रणामी धर्म निजानन्द सम्प्रदायका संस्थापक सद्गुरु धनीश्री देवचन्द्रजीमहाराजले अल्पायुदेखिनै उठेको मुमुक्षा(भाव मेट्न तत्कालिन संपूर्ण संप्रदायहरु चाहार्नु भयो । अन्ततोगत्वा ३५ वर्ष लामो महासंकल्पको निष्ठापूर्ण साधनाबाट ४० बर्षको अवस्थामा पूर्णब्रह्म परमात्माअक्षरातीतश्रीकृष्णको दर्शनाभूति सहिततारतम बीजमहामन्त्रप्राप्तगर्नुभयो र जागनीको कार्य सुभारम्भ गर्नु भयो । सो तारतम महामन्त्रधनीजीले आफ्नाप्रमुखशिष्यमहामतिश्री प्राणनाथजीलाई हस्तान्तरण गर्नुभयो । महामतिश्री प्राणनाथजी अवतरित श्री तारतमवाणी, संपूर्ण धर्म ग्रन्थहरुको निचोड हो । जसमाश्रीकृष्ण तत्वका रहस्योद्घाटन सहित परमात्माअनुभूतिको सहजमार्ग प्रसस्त गरिएको छ । श्रीकृष्ण प्रणामी धर्मका अनुयायीहरुले श्री कुलजम स्वरुपतारतम सागरलाई पूर्णब्रह्म परमात्माको वाङग्मय स्वरुपमानेर मन्दिर एवं घरको सिंहासनमा पधराई श्रृंगार सहित अष्टप्रहर सेवापूजागर्ने गर्दछन् ।
मनुस्यजातिलाई मात्र यस्तो विवेकशील बुद्धि प्राप्तभएको छ जस द्वारा धार्मिक ग्रन्थहरूको अध्ययन गरेर परम सत्यलाई प्राप्तगर्न सकिन्छ । परन्तु पूर्ण ब्रह्मका कृपाद्वारा अवतरीत ज्ञान (वेद, कुरान, बाइबलआदि) मा एस्त गुह्य रहस्यहरु लुकेको हुन्छ, जसलाई मनुष्य बुद्धि (सपनाको बुद्धि) द्वारा सहजै बुझ्न कठिन हुन्छ यस्ता रहस्यहरु खोल्ने चाबीहो तारतम ज्ञान ।जसको अवतरण श्री निजानन्द सम्प्रदायमाभएको छ ।तारतम ज्ञान (जागृत बुद्धि) द्वारा नै सबै धर्म ग्रन्थहरुको वास्तविक अर्थ स्पष्ट हुन सकेको छ । यस अतिरिक्तश्री प्राणनाथजी (पूर्णब्रह्मअक्षरातीत) को अपार अनुकम्पाद्वारा श्री कुलजम स्वरूप (ब्रह्म वाणी) मा परम सत्य ज्ञान प्रकट भएको छ जसको विषयमा स्वयं अक्षर ब्रह्मपनि अज्ञात छन् ।
वर्तमान समाजहिन्दु, मुस्लिम, इसाई, आदिविभिन्नधर्ममाविभाजितभएको छ ।यनीहरुकाधर्मग्रन्थतथाभाषाहरू पनिअलग–अलग छन् । परन्तु आज सम्मकुनै पनिअवतार, तिर्थंकर, महापुरुष, आदिले सबै धर्महरुलाई एकीकरण गरेर एक मात्रअद्वैत पूर्णब्रह्म परमात्माको परिचयदिन सकेनन् ।श्री निजानन्द सम्प्रदायमार्फत श्री प्राणनाथजीले सबै धर्म ग्रन्थहरुमा छोपिएर रहेको समान सत्य सिध्दान्तहरुलाई प्रकट गरेर, त्यसको आधारमा एक मात्र पूर्ण ब्रह्म परमात्माको परिचय गराउनुभयो ।
यस्तो आदर्श व्यवस्थामापूर्णब्रह्म परमात्मा सबैका एउटै मात्र हुनुहुन्छ ।पूर्णब्रह्मतथाखुदा एकै हुन केवलभाषाको मात्र फरक छ ।संसारका सबै धर्म ग्रन्थहरुमामात्रभाषाको भेद छ । यी सबैले एउटै परम सत्य तर्फ संकेत गर्दछन् ।प्रेम तथा परब्रह्म एउटै स्वरुपहो । परब्रह्म र आत्माहरु प्रेम कै प्रतिमूर्ति हुन । प्रेम नै एउटा यस्तो सक्षम साधनहो जसले यस जीवनमा सच्चिदानन्दपूर्णब्रह्म परमात्मा, परमधामतथादिव्यलीलाको आनन्ददिन सक्दछ ।मनुष्य देह अखण्ड मुक्तिप्राप्तिको अमूल्यअवसर हो । यसलाई व्यर्थ न गुमाऊ ।केवलबाहिरी शुद्धि द्वारा आध्यात्मिकयात्रा सम्भव हुन्न । पूर्णब्रह्म परमात्मासंग मिल्नकालागिहृदयको निर्मलता परम आवश्यक हुन्छ । जागृत आत्माउही नै हो, जसले आफ्नो सम्पर्कमाआउने आत्माखोजीहरु सबैलाई आफू समानआध्यात्मिक सुख सम्पदाउपलब्ध गराउँदछ । तारतम ज्ञान द्वारा मानवमात्रको गुण, अंतःकरण तथाइन्द्रियहरुको मायावीविकारहरुको शमनद्वारा नै संसारमा सुख अनिशीतलताप्राप्त हुन्छ ।तपाईंको आत्मिक दृष्टि तब नै खुल्नेछ, जब तपाईं प्रतिअक्षरातीत पूर्णब्रह्म परमात्माको कृपा बर्सिन्छ ।आत्मिकदृष्टि खुलेपछि तपाईंलाई धामधनीको प्रेमको अतिरिक्त सम्पूर्ण संसार विषको बराबर कष्टकारी लाग्ने छ ।
यस दर्शनले जोड दिएका महत्वपुर्ण पक्षहरुमापूर्णब्रह्म परमात्मा सवैकासवकामालिकहुन् ।शास्त्रानूसार उनै अनादिअक्षरातीततत्वपनिहुन् ।आत्मा, परमात्माको अंशहो र त्यो सच्चिदानन्दमयअविनाशी हुन्छ । एक अर्कालाई अभिवादनगर्दा परमात्माको अंशस्वरुप ठानेर प्रणाम गर्ने गरिन्छ ।अहिंसा, प्रेम, दया, करुणादि यस धर्मका आभूषण हुन् ।सबै धर्म, संप्रदायप्रति तटस्थ एवं सद्भाव राखिन्छ ।सम्पूर्ण धर्मशास्त्रहरुलाई साक्षी स्वरुप र तारतम सागरलाई सुक्ष्मवेद स्वरुपमानेर उपासनागरिन्छ ।संपूर्ण प्राणी, पदार्थमाजाति, वर्ण र वर्गको आधारमा भेद गरिदैन बरु समतामूलकव्यवहार गरिन्छ । शुद्धशाकाहारी भोजनगर्ने, धुम्रपान, मदिरादि जस्ता दुव्यर्सनबाट आफू मुक्तरहि अरुलाई पनिमुक्त गराउने ,यम, नियमको पूर्णरुपले पालनागर्ने, यस अन्तर्गत अहिंसा, अस्तेय, अपरिग्रह, सत्य र ब्रह्मचर्य । नियमअन्र्तगतशौच, सन्तोष, तप, स्वाध्याय र इश्वर प्राणी धानको अनिवार्य पालनागर्ने ,“सुखशीतल करुं संसार” भन्ने महामतिको सपनालाई साकार पार्न आफूपनिशीतलहुने र अरुलाई पनिशीतल गराउने ,“तुम सेवासे पाओगे पार” भन्ने महानवाणीलाई हृदयगंमगर्दै निर्लोभ भावले सेवागर्ने र अरुलाई पनि सेवाको लागिउत्प्रेरित गर्ने ।
अन्य संप्रदायहरुबाट माथि उठेर अध्यात्मको प्रेमिलआकाशमाविचरण गराउने सच्चिदानन्दमयपथ, श्रीकृष्ण प्रणामी धर्मको उद्गमविन्दु अनादिअक्षरातीतश्री राजश्यामाश्रीकृष्ण तत्व हुनुहुन्छ । यस धर्मले पूर्णब्रह्म परमात्माअक्षरातीतश्रीकृष्णलाई आराध्यमानी, सेवापूजाएवं अनन्य प्रेम(लक्षणा भक्तिको अनुशरणबाट समाजमा अहिंसा, प्रेम, समता एवं सेवाभावअभिवृद्घि गरी प्रत्येक व्यक्तिको जीवनलाई अध्यात्मउन्मुखबनाउदै क्षर, अक्षरदेखि पर अक्षरातीततत्वमाविलिनबनाउनमामार्ग दर्शन गर्दै आएको छ ।
श्री निजानन्द सम्प्रदायमामानिसहरुमाजाति, क्षेत्र, आर्थिक स्थिति, आदिको आधारमाकुनै विभेद गरिदैन । यस्तो हीनमानसिकतालाई कुनै मान्यतादिइंदैन। अक्षरातीतको तारतम वाणीलाई अनुकरण गरेर त्यसै अनुसार चल्ने समुदायलाई नै “श्री निजानन्द सम्प्रदाय” भनिन्छ । यस सम्प्रदायमाधर्म प्रचारक, गुरु, महाराजआदितथा सादारण सुन्दरसाथविच ठुलो सानोको कुनै पनि भेद मानिंदैन, दुवै एक समान हुन्छन् ।यस्तो आदर्श व्यवस्थाद्वारा निजानन्दले विश्वलाई समानता, एकता, बन्धुत्वतथाशान्तिको सन्देश दिएको छ ।