अतिरिक्त सचिव किन आवश्यक ?

निजामतीमा लफडा छ, पाका र तन्नेरीहरूको । खरिदारबाटै सेवा प्रवेश गरेर सहसचिव भएका प्रशासकहरू चाहन्छन्, अतिरिक्त सचिवको व्यवस्था तर प्रदिप परियारको शैलीमा एकै पटक अधिकृतबाट सहसचिव बनेकाहरू यो व्यवस्था राख्न चाहँदैनन् । जनताको काम कम, पढेर एकै पटक माथि पुगेका प्रदिप परियार, भुपाल बराल, खुमराज कोइराला,उत्तर खत्री जस्ता टिम र अर्थ र प्रधानमन्त्री कार्यालयकै सहसचिवहरुको चलखेलका कारण  विधेयकबाट उक्त व्यवस्था नै उडाइदिएको चर्चा गर्दैछन्,पाका सहसचिवहरु ।

बिज्ञापन

मस्यौदामा निजामती सेवालाई १५ तहसम्म राख्ने र १३ औं तहलाई अतिरिक्त सचिव बनाउने प्रस्ताव थियो तर सामान्य प्रशासनबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,लोकसेवा,कानुन हुँदै एक चक्कर लगाई फर्कंदा उक्त प्रस्ताव नै उडाइयो । अहिले सदनमा पुगेको उक्त विद्येयकमा अतिरिक्त सचिवको प्रस्ताव गरिएको थियो तर प्रधानमन्त्री कार्यालयबाटै चलखेल गरी सो व्यवस्था नै उडाइदिए,तन्नेरी सहसचिवहरुले । मस्यौदामा निजामती सेवाको विशिष्ट श्रेणीमा दुई वटा मात्रै तह प्रस्ताव गरिएको हो । यस अघि विशिष्ट श्रेणीलाई तीन तह बनाउने प्रस्ताव थियो ।

बिज्ञापन

आन्तरिक राजश्व विभाग, राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण, भन्सार विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण, सडक, वनलगायतका विभागहरू, प्रदेशका मन्त्रालयमा सिनियर सहसचिवलाई अतिरिक्त सचिव बनाएर खटाउने तयारी थियो । यस्का अलवा प्रदेशमा समेत सिनियर सहसचिवलाई अतिरिक्त सचिव बनाउने विद्येयकमा परिकल्पना गरेको थियो । अहिले कतिपय विभाग समान तहका कर्मचारीले नेतृत्व गरिरहेका छन्् । अर्थात् त्यहाँ सहसचिवकै अण्डरमा सहसचिव बसेर काम गर्न विवश छन् । आन्तरिक राजश्व विभागमा भुपाल बराल सहसचिव छन्, उनी मातहत चार जना सहसचिव छन्् । त्यहाँ सञ्चालन महाशाखा, सूचना प्रविधि व्यवस्थापन महाशाखा, अन्त शुल्क तथा अनुसन्धान महाशाखा, नीति विश्लेषण तथा व्यवस्थापन महाशाखा सहसचिवकै नेतृत्वमा चलिरहेको छ । यस्तै भन्सार विभागमा महानिर्देक शोभाकान्त पोखरेलको अण्डरमा चार जना सहसचिवले काम गरिरहेका छन्् । विभागमा दुई उपमहानिर्देशक, त्रिवि भन्सार र वीरगञ्ज भन्सारमा पनि सहसचिवै रहन्छन् । सडक विभागमा डिजी अण्डरमा ५, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा महानिर्देशक मतिना वैद्यको जुनियर भएर तीन सहसचिव र डोलिडारमा २ सहसचिवले काम गरिरहेका छन्् । प्रशासनमा भन्दा बढी जात्रा स्वास्थ्य, कृषि, वनलगायत प्राविधिक क्षेत्रमा छ । यस अलावा काठमाडौंको प्रमुख जिल्ला अधिकारी सहसचिव, काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि सहसचिव । यी दुईमा को ठूलो ? जुँगाको लडाइँ छ । चितवनका सिडिओ र भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय एउटै पदका । यसले समन्वयमा बिचलन र द्वन्द्व देखिएको प्रशासकहरू बताउँछन् । सचिव थन्क्याइने अड्डाका रूपमा चिनिएका राष्ट्रिय सतर्कता केन्द्र, नेपाल ट्रष्ट, केन्द्रीय तथ्यांक विभागमा खटिएका सचिवहरूले प्रधानमन्त्री कार्यालयको सचिवकै अण्डरमा रहेर काम गरिरहेका छन्् । यी निकायमा अतिरिक्त सचिव खटाइने तयारी थियो । समान पदको व्यक्तिले समान पदको कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्न सक्दैन । एक तह माथि बनाइदिँदा मूल्यांकन गर्न पनि सहज हुन्थ्यो ।

समान पदकाले नेतृत्व गर्दा एउटाले अर्काेलाई नटेर्ने र टसल हुने समस्या सरकारी कार्यालयमा बढी देखिन्छ । ऐनमै सिनियर सहसचिवलाई अतिरिक्त सचिव बनाएर विभागको जिम्मेवारी दिने तयारी थियो ।

बिज्ञापन

अर्काेतिर अहिले पनि अर्थ मन्त्रालयमातहत तीन सचिव छन् । अर्थ, राजश्व र महालेखा नियन्त्रक । त्यहाँ एकले अर्काेलाई नटेर्ने समस्या छ । उद्योग, कृषि, शिक्षामा दुई दुई सचिवको दरबन्दी छ । त्यसलाई पनि मिलाउने थियो अतिरिक्त सचिवको व्यवस्थाले तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा लगेको संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा बनेको ऐनको मस्यौदामा प्रधानमन्त्री कार्यालयबाटै अतिरिक्त सचिव पद गायब बनाइयो ।

अतिरिक्त सचिवको व्यवस्था गरेर कानुनले बाँधिदिएपछि शक्तिकेन्द्रको पछाडि लागेर चलखेल गर्दै आएकाहरूको बोली बन्द हुने भयो त्यही कारण अतिरिक्त सचिवको व्यवस्था उडाइएको एक सहसचिवले टिप्पणी गरे । विधेयकमा अतिरिक्त सचिवलाई राजपत्रांकित विशिष्ट श्रेणीसरहको पद मान्ने र उक्त पदमा सेवारत व्यक्तिले पाँच वर्षपछि स्वतः अनिवार्य अवकाश पाउने व्यवस्था गरिएको थियो । तर टुप्पी कसेर लोकसेवामात्र पढ्ने,उच्च तहमा पुगेका सहसचिवहरुले उक्त व्यवस्था नै हटाए भन्दैछन्, उपसचिवहरू । अतिरिक्त सचिवको व्यवस्था राख्नेवित्तिकै उनीहरूले पाँच सात वर्ष सेवा गरेर अनिवार्य घर जानुपर्ने, सचिव बन्न नपाउने भएका कारण उक्त बुँदा गायब बनाइएको चर्चा प्रशासन वृत्तमा व्यापक छ ।

अतिरिक्त सचिव पद राख्नेबित्तिकै बढुवा पर्खेर बसेका कर्मचारीहरू माथिल्लो पदमा उक्लने र तल्ला तहमा जाम खुल्ने, कर्मचारीहरूमा वृत्ति विकासको बाटो खुल्ने र निजामती सेवामा नयाँ रक्तसञ्चार हुने थियो भन्दै छन्, वरिष्ठ सहसचिवहरू ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

तीन दिनभित्रैमा पारित गर्ने भनिएको निजामती विद्येयकमा अझैं छन् दर्जन असहमति

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

मुख्य सचिवको अभिव्यक्तिले कर्मचारी ‘आगो’,आन्दोलनका कार्यक्रम घोषणा

सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक- प्रशासकको असली चरित्र !

चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

बिशेष