भाषा,संष्कृतिमाथि मात्र होइन वातावरणीय (पर्यावरण) ध्वस्त पारेको सङ्गीन आरोप छ,नेपाल प्रज्ञा प्रतिष्ठानका वर्तमान पदाधिकारीमाथि । प्रज्ञा प्रतिष्ठान परिसरका रुखका हाँगा काट्नका लागि दिपेश गिरीको नाममा कीर्ते निवेदन पेश गरेर रुखै ढालिएको र त्यसमा सन्ध्या पहाडीदेखि सदस्य सचिव धनप्रसाद सुवेदीसम्मको मिलेमतो रहेको आरोप खेपिरहेकै समयमा यी दुई मिलेर सवारी लिलामीका नाममा गडबडी गरेको उजुरी अख्तियारदेखि सतर्कता केन्द्र लगायतका निकायमा परेको छ । प्रचलित ऐन,कानुन,विधि,नीतिको धज्जी उडाउँदै धनप्रसाद र सन्ध्या पहाडीको समूहले ६ गाडीको लिलाम विक्री प्रक्रिया अगाडि बढाउँदा गाईलाई मार्ने र गधा पोस्ने ढंगले प्रक्रिया अगाडि बढाएको एकेडेमी स्रोतले जनाएको छ । राज्यलाई लाखौं राजश्वमा चुना लगाउने र विचौलिया तथा सप्लायर्स कम्पनीलाई पोस्ने गरी लिलाम प्रक्रिया अगाडि बढाइएकोमा प्रज्ञाकै कर्मचारीहरुले आपत्ति जनाउँदै टंगालदेखि राष्ट्रिय सर्तकता केन्द्रसम्म पुगेको छ ।
बिज्ञापन
नेपाल प्रज्ञा प्रतिष्ठानले गत माघ २८ गते ६ वटा गाडी लिलाम विक्रीको सूचना निकालेको थियो । रोचक चाहिँ लिलाम प्रक्रियामा अगाडि बढाइएका ६ मध्ये ४ वटा गाडी अघिल्लो महिनासम्म चालु अबस्थामै थिए । ती गाडी लिलाम प्रक्रियामा अगाडि बढाएर आफ्ना निकटको व्यक्तिलाई पोस्न खोजेको आरोप छ । यसरी प्रक्रिया अगाडि बढाँउदा राजश्व लिलामका निम्ति फाराम बनाई सचिव आफैँले प्रमाणीकरण गरेका छन् भने फाराम वितरण पुस्तक बिक्री कक्षबाट गरिएको भनिए पनि लिलाम फारामसाथ संलग्न भनिएको लिलाम गरिने सामग्रीको विवरण निवेदकले महाशाखा प्रमुख सन्ध्या पहाडीबाट मात्र पाउने गरी गोप्य राखिएकोप्रति आपत्ति जनाइएको छ । यो प्रक्रिया अगाडि बढाउँदा “सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम विक्री सम्बन्धी कार्यविधि, २०७९” को लिलाम विक्रीसम्बन्धी व्यवस्थालाई मिचेर आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७” ठाडो उल्लंघन गरिएको छ ।
बिज्ञापन
लिलाम विक्री प्रक्रिया अगाडि बढाउँदा कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृतको संयोजकत्वमा महालेखा नियन्त्रक कार्यालयले तोकेको अधिकृतस्तरको एक जना प्रतिनिधि र सम्पत्ति तथा जिन्सी मालसामानको बारेमा जानकार कुनै विज्ञ हुनुपर्ने प्रावधान छ । तर उक्त प्रवाधानलाई कुल्चदै लिलाम विक्री समितिमा एकेडेमीकै कर्मचारी सन्ध्या पहाडीको संयोजकत्वमा सदस्यहरु राजेन्द्र कुमार शाही ठकुरी,सम्पत अधिकारी,अशोक चौरुसिया,बद्रीप्रसाद कार्की,बलराम केसी र सवारी चालक धनबहादुर कार्कीलाई समितिमा राखेर काम अगाडि बढाइएको बताइएको हो । यीमध्ये न त कोही प्राविधिक हुन न त कोलेनिका वा मलेनिकाको प्रतिनिधि नै । प्रतिष्ठानले सेटिङकै भरमा आफ्ना नातेदारलाई पोस्न खोजिएको कर्मचारीहरुको आरोप छ ।
ती कर्मचारीहरुले डा. धनप्रसाद सुवेदी र सन्ध्या पहाडीले दलालमार्फत सामानको मूल्यांकन गराएको बताउँछन् । डा. धनप्रसाद सुवेदीलगायत प्रज्ञा प्रतिष्ठानको व्यवस्थापन पक्ष र अवैधानिक रुपमा गठित समितिका सदस्यहरुको मिलेमतोमा सेटिङ गरी व्याहुत स्क्रोप सेन्टर, बाग्डोल ललितपुरलाई रु. ११,५५,०००/ रकममा लाखौँ सामान लिलाम सकार्न स्वीकृति दिइएको छ । व्याहुत स्क्रोप सेन्टर सन्ध्या पहाडी र धनबहादुर कार्कीको नजिकको व्यक्तिको कम्पनी भएको बताइएको छ । जिन्सी अधिकृत बद्री कार्की समेत कमिसन पाउने भएपछि केही नबोली लिलामी प्रक्रियालाई सघाइरहेका छन् । यस प्रकृयालाई तत्काल रोकी सचिव डा. धनप्रसाद सुवेदी, प्रशासन प्रमुख सुमन अधिकारी, महाशाखा प्रमुख सन्ध्या पहाडी, लिलाम समितिको अन्य सदस्यहरु, जिन्सी शाखा र प्रक्योरमेन्ट शाखाका सम्पत अधिकारी, बद्री कार्कीलाई कारबाही गरी सेटिङ भङ्ग गराएर फेरी मूल्यांकन गरेर मात्रै लिलामीमा जान निर्देशन गर्नु हुन र सरकारी सम्पत्तिमा ¥याल काढ्ने दोषी उपर छानबिन गर्न र कारवाही प्रक्रिया अगाडि बढाउन माग गरिएका छ ।