१७ मन्त्रालयको भागबण्डाः सामान्य प्रशासन कसलाई ?

सत्ता साझेदार दलहरुबीच १७ मन्त्रालयको भागबण्डा टुंगो लागेको छ । एमालेबाट ८, माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मन्त्रीहरुको मन्त्रालय टुंगो लागेको छ । जसमा तीन उपप्रधानमन्त्री हुनेछन । एमालेको तर्फबाट सरकारको नेतृत्व रघुबीर महासेठले गर्दैछन् । उनलाई उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । स्वास्थ्यमा पठाइने भनिएका पदम गिरीलाई कानुन न्याय तथा संसदीय मामिला,ह िउप्रेतीलाई रक्षा,यस अघि छोटो समय महिला बालिका मन्त्री भएकी भगवती चौधरीलाई यस पटक पनि सोही मन्त्रालय दिइएको छ भने राजेन्द्र राईलाई खानेपानी,दामोदर भण्डारीलाई उद्योग,ज्वालाकुमारी साहलाई कृषि र बलराम अधिकारीलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

माओवादीका तर्फबाट पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र,अर्थमा वर्षमान पुन,यस अघि उर्जा मन्त्री रहेका शक्ति बस्नेत र रेखा शर्मालाई सञ्चारकै जिम्मेवारी दिइएको छ भने हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयमा पठाइएको छ ।

बिज्ञापन

रास्वपाका सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृह,डीपी अर्याललाई श्रममै पठाइएको छ भने विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद र सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।तीन पार्टीले सिफारिस गरेका मन्त्रीहरूमा जम्मा तीन जना नयाँ अनुहार देखिएका छन्। बाँकी सबै जना पहिल्यै मन्त्री भइसकेका व्यक्ति नै दोहोरिएका छन्।

शहरी विकास, स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अहिले बाँकी छ । यी मन्त्रालयमा जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीलाई दिइने बताइएको छ । स्रोतका अनुसार जसपालाई स्वास्थ्य र वन र एकीकृत समाजवादीलाई शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भवना रहेको छ । एकीकृत समाजवादी स्रोतका अनुसार सामान्य प्रशासनमा भानुभक्त जोशी र शहरी विकासमा धनबहादुर बुढा मन्त्री बन्नेछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता निस्क्रिय,नियुक्ति,सरुवाको बाटो खुल्यो

“कुनै निर्णय नगर्नू” : सचिवहरूलाई स्वर्णिम वाग्लेको फोनपछि सिंहदरबार तरंगित

रसुवाका उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न निर्वाचन कार्यालयको निर्देशन

अवकाश नजिकिँदै गर्दा दुई डीआईजीको म्याद थप्ने प्रस्ताव, सशस्त्र प्रहरीभित्र असन्तुष्टि

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

राष्ट्र बैंकमा दुवै डेपुटी गभर्नर पद रिक्त, नयाँ नियुक्ति प्रक्रिया अझै सुरु भएन

पेरूको राजनीतिक अस्थिरता र फुजिमोरीको निरंकुशता

बिशेष