निजामती कर्मचारीहरुका अभिभावक मानिएका मुख्य सचिव बैकुण्ठ अर्याल विभिन्न ६ वटा अनियमिततामा मुछिएका छन् । एक त टेरामक्स प्रकरण, सुरक्षण मुद्रण घोटालामा जोडिएका विकल पौडेलसँगको अस्वभाविक आर्थिक कारोवार,नेपाल टेलिकमको बिलिङ प्रणालीका अलवा सूचना प्रविधि क्षेत्रका डन मानिएका विकल पौडेल र सुनिल पौडेलको नियुक्ति गदाए मापदण्डै्र परिवर्तन । अर्थका ज्ञाता मानिएका अर्यालका जति पनि अनियमितताको प्रकरण बाहिरिएको छ ती सबै उनी सञ्चार सचिव हुँदाका प्रकरणहरु हुन । टेरामेक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अगाडि बढाएर विशेषमा मुद्धा दर्ता गर्ने तयारी गर्दैछ । मुख्यसचिवलाई नै प्रतिवादी बनाएर मुद्धा चलाउँदा निजामती कर्मचारीको मनोबल गिर्ने भएका कारण राजीनामा दिएर वा बिदामा बसेर मार्गप्रशष्त गर्ने अख्तियारका आयुक्तदेखि प्रधानमन्त्री पुष्पकमल दाहालबाटै निर्देशन दिइएको भए पनि मुख्यसचिव अर्याल गलेका छैनन् । उनले आफू निकटस्थहरुसँग ‘नखाएको बिष लाग्दैन’ भन्दै राजीनामा पनि नदिने र बिदामा समेत नबस्ने बताइरहेका छन् ।
बिज्ञापन
आइतबारै प्रधानमन्त्री प्रचण्डले बिदा बस्न निर्देशन दिएका भए पनि उनी सोमबार नियमितझैं कार्यालयमा देखिन्थें । जस्केलाबाट छिरेर ८ महिना अघि मुख्यसचिवको कुर्सीमा पुगेका अर्याललाई कुर्सीमा टिकाइराख्नका लागि टेरामेक्सवालाहरु हात धोएर लागिरहेका बताइन्छ । बैकुण्ठ अर्याललले राजीनामा दिएर हिड्दा वा बिदामा बस्दा यो प्रकरणमा जोडिएका ज्ञानेन्द्र कार्की,मोहन बस्नेतमाथि प्रश्न चिह्न उठ्ने छ । उनीहरुलाई नैतिक संकट आइलाग्ने देखियो । विकल पौडेलसँगको भौचर काण्डले धेरै बिषय छताछुल्ल भइसक्दा समेत आइटी माफियाहरुकै बलमा बैकुण्ठ मुख्यसचिवको कुर्सीमा टाँसिरहेको स्रोतको दावा छ । आइटीका डनहरु धेरै शक्तिशाली हुँदा रहेछन्, सकेसम्म उनैलाई कुर्सीमा टिकाउने नभए अर्काे मुख्य सचिव बन्न नदिने खेलमा माफियाहरु लागिरहेका छन्,प्रधानमन्त्री कार्यालयको उक्त स्रोतको दावा छ ।
बिज्ञापन
उनले राजीनामा नदिएर बिदामा बस्दा दरबन्दी रिक्त हुँदैन त्यसो हुँदा निमित्तकै भरमा मुख्यसचिव चलाउनु पर्ने स्थिति आइलाग्ने देखिन्छ । जसरी नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तमान गरिरहेका टिएन पाण्डेदेखि मधु मरासिनीहरुको ठाउँ खाली हुँदैन त्यसैगरी मुख्य सचिवको दरबन्दी रिक्त नहुँदासम्म अर्काे मुख्य सचिव नियुक्त गर्न सरकारका अगाडि समस्या छ भन्दैछन्,प्रशासकहरु । प्रधानमन्त्री कार्यालयका एक सचिवका अनुसार, मुख्य सचिव बैकुण्ठ अर्यालको टेरामेक्स र रकम लेनदेनको प्रकरणवाट उनको सीट मात्र धरापमा परेको छैन उनीसँगै जोडिएका अन्यको मुटुको ढ्यांग्रो ठोकेको छ । यी सवै कामका रचनाकार विकल पौडेल हुन भनिन्छ । ज्ञानेन्द्र कार्की, मोहन बस्नेतदेखि हालै अध्यक्षमा सेटिङ्गबाटै नियुक्ति खाएकाहरुको पोल खोलिदिएको र उनीहरुलाइ समेत रकम दिएको कुरा बताएको आधारमा उनीहरुको अहिले ओठमुख सुकेको बताइन्छ । त्यही कारण बैकुण्ठलाई नै मुख्य सचिवको कुर्सीमा टिकाउने खेलोमा विचौलियाहरु लागेका छन् भनिदैंछ ।
बैकुण्ठले सहज रुपमा नछोडे पनि अख्तियारले आगामी शुक्रवारसम्ममा टेरामेक्स प्रकरणमा मुख्यसचिवलाई समेत प्रतिवादी बनाएर विशेष अदालतमा मुद्धा दायर गर्न खोज्दैछ । कथं त्यसरी मुद्धा दायर भएको खण्डमा उनी स्वत निलम्बनमा पर्नेछन् र मन्त्रिपरिषद्को कामकाज चलाउनका लागि निमित्त सदस्यसचिव (मुख्यसचिव) खोज्नुपर्ने बाध्यता आइलाग्दछ । माओवादी निकटका प्रशासकका रुपमा चिनिएका रामकृष्ण सुवेदी र कृष्ण राउतमात्र हुन । उनीहरु भन्दा प्रधानमन्त्री तथा रहेका सचिव एकनारायण अर्याल नै सिनियर छन् । ऐन अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा रहेका सिनियर सचिवलाई नै निमित्त मुख्य सचिवको जिम्मेवारी दिइने उल्लेख छ । त्यसो हुँदा निमित्त मुख्य सचिवको जिम्मेवारी एकनारायणको काँधमा आउने देखिन्छ ।
बिज्ञापन
बैकुण्ठले सहजै बर्हिगमनको बाटो रोजेको खण्डमा मुख्य सचिवको दरबन्दी रिक्त हुन्छ । त्यस्तो स्थितिमा जनसंख्या सचिव देवकुमारी गुरागाईं, श्रम मन्त्रालयका सचिव केबल भण्डारी, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीमध्येबाट एक मुख्यसचिवमा उक्लनेछन् । बरिष्ठताका आधारमा सचिव गुरागाईंको सेवाअवधि फागुन २६ गते घर जानेछिन् । त्यस अगावै उनले राजीनामा दिएनन् वा हटाइएनन् भने गुरागाई घर जानेछिन् र केवल भण्डारी सिनियर मोष्ट सचिव हुनेछन्,उनी चैत ११ गते र अधिकारीको पाँच बर्षे सेवाअवधि वैशाख १७ मा सकिनेछ । मुख्य सचिवको नियुक्ति निजामती सेवा ऐन, २०४९ अनुसार हुने व्यवस्था छ । ऐनअनुसार मुख्य सचिव पदमा बढुवा गर्दा नेपाल सरकारले बहालवाला सचिवहरूमध्येबाट ज्येष्ठता र कार्यकुशलताका आधारमा छनौट गरी बढुवा गर्ने र नियुक्ति दिने व्यवस्था छ ।