हिमाल आरोहणमा नयाँ मापदण्ड: सम्पर्क अधिकृतका लागि विभागले माग्यो नाम

पर्यटन विभागले हिमाल आरोहणमा जाने सरकारी सम्पर्क अधिकृत बन्न चाहने कर्मचारीको नाम माग गरेको छ ।

बिज्ञापन

आगामी आरोहण सिजनमा नेपालका विभिन्न हिमालको आरोहणका लागि अनुमति लिएका पर्वतारोही दलका साथमा जाने सम्पर्क अधिकृतका लागि विभागले नेपाल सरकारका सबै विभाग तथा मन्त्रालय तथा प्रदेश मन्त्रालयहरुसँग समेत नाम माग गरेको हो ।

बिज्ञापन

सय भन्दा बढी दरबन्दी भएका निकायमा दुई जना एक भन्दा कम कर्मचारी दरबन्दी भएको निकायमा एक जना, केन्द्रीय निकाय वा मातहतका स्वीकृत दरवन्दीमा कम्तीमा ६ महिना देखि कार्यरत रहेको हुनुपर्ने, दुर्गम क्षेत्रमा विगत ६ महिनादेखि कार्यरत रहेको र यस अघि सम्पर्क अधिकृतमा खटिन मौका नपाएको, वैदेशिक अध्ययन वा बिदेशस्थित कुटनीतिक नियोग वा कार्यालयहरुमा कार्य गरी फर्केको कम्तीमा २ (दुई) वर्ष पुरा भएको र विगत ६ महिनादेखि वैदेशिक भ्रमणमा मनोनयनमा नपरेको कर्मचारीको नाम छनोट गरी विभाग तथा मन्त्रालयहरुले विभागमा पठाउनु पर्ने भएको छ । यसका लागि १५ दिनको समय दिइएको छ।

वर्षमा एकपटक मात्र सिफारिस गर्नुपर्ने अन्यथा उक्त सिफारिस उपर कुनै कारवाही अगाडि नबढाइने तथा उल्लिखित आधारमा सिफारिस गरेको नपाइएमा विभागले आफै प्राथमिकताक्रम तोक्न सक्नेछ ।

बिज्ञापन

के हो सम्पर्क अधिकृतको काम ?

पर्वतारोहणका दौरान हिमालमा खटिने सरकारी कर्मचारीले पर्वतारोहण दललाई परेका समस्या सुल्झ्याउन भूमिका खेल्नु पर्छ । आरोहीको साथमा जाने भरियाले बोक्ने भारीको तौल तोकिएभन्दा बढी भए/नभएको सम्बन्धमा निरीक्षण र अनुगमनको जिम्मेवारी समेत सम्पर्क अधिकृतको हो ।

पर्वतारोहणको प्रगति तथा त्यसक्रममा कुनै घटना वा दुर्घटना भएमा त्यसको छिटो जानकारी विभागमा पठाउने जिम्मेजारी सम्पर्क अधिकृतको हो । हिमालमा सरदार, गाइड वा भरियाबीच मनमुटाव हुन नदिने र झगडा हुन रोक्दै पर्वतीय क्षेत्रमा शान्ति कायम गर्न सरकारी कर्मचारीले भूमिका खेल्नु पर्छ । हिमालमा गैरकानुनी काम भए त्यसलाई रोक्ने र सूचना सरकारलाई दिन समेत कर्मचारीले काम गर्नुपर्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

बिशेष