कास्कीमा जन्मिएका नारायणदत्त भण्डारी ०५३ सालदेखि निजामती सेवामा प्रवेश गरे । उनी विभिन्न जिल्लाको डिभिजन प्रमुख भएर काम गरेको अनुभव छ । २०७० सालमा जुम्लामा साढे तीन बर्ष काम गरे, पाल्पा, बाग्लुङ, रसुवागढी, नुवाकोटको डिभिजन प्रमुख हुँदै मध्यपहाडी योजना कार्यालय पर्वत, लहानको योजना प्रमुख हुँदै हाल डिभिजन कार्यालय काठमाडौंको प्रमुख भएर काम गरिरहेका छन् । भण्डारीले नयाँ सोच र अवधारणा लिएर काम शुरु गरेका छन् । २०८० भदौ २६ गते सडक डिभिजन काठमाडौंमा सरुवा भै असोज १४ गतेदेखि जिम्मेवारी सम्हालेका डिभिजन प्रमुख भण्डारीले २०८० असोज १६ गतेदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको निर्देशन अनुसार काम शुरु गरेका छन् । सूर्यविनायक–धुलिखेल बर्दिवास सडकको कार्यालय रहेको भवनलाई मर्मत गरी बस्न लायक क्वाटर बनाई प्रयोग समेत गरेका छन् । यसअघिका डिभिजन प्रमुखहरु सबैको घर काठमाडौंमै भएकाले क्वाटरको जरुरत परेको थिएन । त्यसैगरी पेप्सीकोलामा भएको सडकको जग्गामा कम्पाउण्ड वाल लगाउन शुरु गरेका छन् । यसबाहेक सीतापाइला र टेकु पचलीमा पनि सरकारी जग्गाको संरक्षण गरी सुरक्षित गर्ने प्रकृया अघि बढाएको छ । डिभिजन प्रमुख भण्डारीले यसअघि बाँकी रहेका व्याच टाल्ने काम ११२४६.२३ वर्षमिटर, ओभरले २२.४ कि।मी। र सडक रंगरोगन ४५०० वर्गमिटर सम्पन्न गरेका छन् । डिभिजन प्रमुखको कार्यकक्ष अपांगमैत्री बनाइएको र काठमाडौंका सडकहरु खाल्डाखुल्डी रहित बनाई नयाँ जोश जाँगर सहित अघि बढेकाले काठमाडौंका सडकहरुको रुपरंग फेरिएको छ।
बिज्ञापन
म आएको पाँच महिना भयो । काठमाण्डौंका सडक डिभिजन कार्यालय अन्तरर्गतका सडकहरु सडकहरु टाल्ने अभियानमा जुटेका थियौं हामीले १५ हजार वर्ग मिटर टालेका छौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षातको समय सकिएलगतै ‘खाल्डा–खुल्डीरहित काठमाडौँ’ अभियान अनुसार काम गरेका छौं । काठमाडौँका सडकमा मुख्य खाल्डा बनाउने खानेपानी तथा नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरेपछि काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको छ । खानेपानीले समस्या बनाउँछ, विद्युतले समस्या बनाउँछ, र पनि हामीले खाल्डाखुल्डी मर्मत गरेका छौँ । बाँकी कहीँ कतै छ भने त्यसको मर्मत गर्न प्रतिवद्ध छौं । खानेपानी, नेपाल विद्युत् प्राधिकरण, सडक विभाग र काठमाडौँ महानगरसहितको एउटा समिति पनि बनेको छ । सोहि अनुसार अहिले सबै निकायहरुसँग समन्वय गरेर काम गरिरहेका छौं । विभिन्न सडकहरुको मर्मत, सम्भार र विस्तार गर्ने । सडक डिभिजन भन्ने वितिकै सडक मर्मतको लागि राखिएको हुन्छ । हाम्रो विशेष फोकस भनेको भइरहेको, बनिसकेका सडकहरुको मर्मत सम्भार हुन्छ । त्यस्तै विभिन्न राजमार्गहरुको विस्तार सुधार र स्तर उन्नती गर्नु हो । डिभिजन सडक भित्र रहेका अन्य सडकहरुको मर्मत तथा सम्भार गर्नु हो । हामीले नियमित रुपमा गर्नुपर्ने कामहरु गरिराखेका छौं । काठमाण्डौंमा जिल्ला करिव २५ सय किलोमिटर हाराहारी सडक छ जसमा ४ सय किलोमिटर मात्र हाम्रो कार्यक्षेत्र भित्र पर्दछ । धेरै जसो भित्रीसडक, साना सडकहरु स्थानिय तहको निकायमा पर्दछ । हाम्रो अर्को महत्वपूर्ण काम भनेको सडक निर्माण गर्नु मात्र नभइ त्यसको मर्मत गर्ने, सडक प्रयोगकर्ताको लागि सडक सुरक्षित गर्ने काम गर्छै ।जस्तो यस डिभिजनको जिम्मेवारी अन्तर्गत रहेका सडक खण्डहरुमा सडक पेन्ट गर्ने, सडक सुरक्षा सम्बन्धि संकेत÷चिन्ह तथा गैन्ट्री पोस्टहरु मर्मत सम्भार गरी पुनःस्थापना गर्ने लगायतका कार्यहरू गरेका छौं । राजमार्ग र बजारका मुख्य चोकहहरुमा प्रयाप्त मात्रामा सडक चिन्हरुको व्यवस्थापन गर्ने काम पनि हाम्रो नै हो सोहि अनुसार बजारको मुख्य चोकहरुमा सडक चिन्हहरु व्यवस्थापन गरेका छौं । हामीले पछिल्लो तीन महिनामा २६ किलोमिटर पिज गरेका छौं । जस्तो दक्षिणकाली जाने बाटा ७ किलोमिटर, कलकींको भित्रीबाटो, बालाजु देखि मुड्खु जाने बाटो, मुलपानीको बाटोमा पिज गरेका छौं । ठाउँठाउँमा रङरोगन गरेका छौं । ५ हजार वर्ग मिटर पेन्ट गरेका छौं । सडक विभागको केन्द्रिय भवन लामो समय देखि रोकिएको अहिले बन्दै छ । सडक डिभिजन अन्तरर्गत रहेका जग्गाहरुलाई संरक्षण गर्ने काम सुरु गरेका छौं । पेप्सीकोलामा १९ रोपनी जग्गा कम्पाउन्ड गर्ने काम भएको छ । सितापाइलामा रहेको जग्गा अतिक्रमण भएको थियो त्यसलाई पनि संरक्षण गर्ने काम भएको छ ।
बिज्ञापन