मैले तत्कालिन पंचायत तथा स्थानीय बिकास मन्त्रालयको जाजरकोट स्थित सार्वजनिक निर्माण शाखाबाट ०४५ सालमा ईन्जिनियरको स्थायी जागिर सुरू गरेँ। सोही साल सार्वजनिक निर्माण शाखा खारेज भएर आवास तथा भौतिक योजना मन्त्रालयको डोटी जिल्ला शहरी विकास शाखा कार्यालयमा कामु डिभिजनल ईन्जिनियर पदमा सरूवा भएँ। डोटीमै रहदा डोटी खानेपानी जिल्ला शाखा कार्यालयमा फेरि ईन्जिनियर पदमा सरूवा भएँ।
बिज्ञापन
त्यसपछि गुल्मीको खानेपानी शाखा कार्यालय, त्यसपछि बैतडीको खानेपानी शाखा कार्यालय, त्यसपछि कपिलबस्तुको खानेपानी शाखा कार्यालय, त्यसपछि काठमाण्डौँको खानेपानी शाखा कार्यालयमा ०५२ सालमा सरूवा भएँ।
बिज्ञापन
त्यसपछि बढुवा हुदै दोश्रो श्रेणीको सिनियर डिभिजनल ईन्जिनियर भएर स्थानीय विकास मन्त्रालयको मध्यमान्चल निर्देशनालय हरिहरभवन ललितपुरमा उपनिर्देशक पदमा पोष्टिङ भएँ। ०५४ सालमा स्थानीय विकास मन्त्रालयको प्राविधिक महाशाखामा सरूवा भएँ। ०५५ सालमा पहिलो पटक गठन भएको स्थानीय विकास मन्त्रालय मातहत एकमात्र स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग ( डोलिडार) स्थापना भएर त्यो बिभागको योजना शाखा प्रमूख हुदै ०६३ सालमा प्रथम श्रेणीको सुपरिन्टेण्डेन्ट ईन्जिनियर पदमा बढुवा भएर विभागको उपमहानिर्देशक पदमा पदस्थापना भएँ।
०७१ सालमा ६,७ महिनासम्म डोलिडारको महानिर्देशक रहेँ। त्यसपछि स्थानीय विकास मन्त्रालयको सहसचिव (प्रा) मा सरूवा भएँ। त्यसपछि शान्ति मन्त्रालयको सहसचिव (प्रा) मा सरूवा भएँ।
बिज्ञापन
त्यसपछि ०७२ साल असोजमा सचिवमा बढुवा भएँ। सचिव भएपछि पहिलो पदस्थापना नेपाल ट्रष्टमा भयो, त्यहॉ १० महिना काम गरेँ।
त्यसपछि उर्जा आयोगको सचिवमा सरूवा भयो, त्यहॉ ३ महिना काम गरेपछि ०७३ साल कार्तिकमा खानेपानी मन्त्रालयको सचिवमा सरूवा भएँ।
खानेपानी मन्त्रालयमा १० महिना ७ जना मन्त्रीसंग काम गरेर ०७४ साल भदौ १३ गतेदेखि रिटायर भएँ।
मैले मेरो जागिरे जिवनमा ०५२ साल देखि ०७४ भदौसम्म २२ वर्षमा केन्द्रमा मन्त्रालय र विभागमा काम गर्दा नेपालका लगभग सबै दलका ४५ जना मन्त्रीहरूसंग प्रत्यक्ष फ्रन्टलाईनमा सहकार्य गर्ने अवसर पाएको विभिन्न अलग अलग कार्यशैलीका मेरा विभागीय मन्त्रीहरू यी थिए-
१. कमल थापा, (स्थानीय विकास मन्त्री), राप्रपा
२. अमृत बोहरा, एमाले
३. केशवलाल श्रेष्ठ, माले
४. राजदेव गोईत राज्यमन्त्री, सद्भावना
५.गजेन्द्र नारायण सिंह, सद्भावना
६. रामचन्द्र पौडेल, नेकॉ
७. खुमबहादुर खड्का, नेकॉ
८. सुरेश मल्ल राज्यमन्त्री, नेकॉ
९. आफताब आलम राज्यमन्त्री, नेकॉ
१०.गोविन्दराज जोशी, नेकॉ
११.दुर्योधन चौधरी राज्यमन्त्री,
१२ अजय चौरसिया सहायक मन्न्री, नेकॉ
१३. चिरन्जीवी वाग्ले, नेकॉ
१४. बद्री मंडल, सद्भावना
१५. असर्फी साह सहायक मन्त्री, स्वतन्त्र राजाबादी
१६. टंक ढकाल, राप्रपा
१७. छक्कबहादुर लामा, राज्य मन्त्री, स्वतन्त्र, राजाबादी
१८. केशर मान रोक्का, राज्यमन्त्री, स्वतन्त्र
१९. खड्गबहादुर जिसी, स्वतन्त्र, राजाबादी
२०. देवबहादुर पौडेल राज्यमन्त्री, स्वतन्त्र, राजाबादी
२१. गणेश खड्का राज्यमन्त्री, नेकॉ
२२. देव गुरूंग, माओबादी
२३. नबिन विश्वकर्मा राज्यमन्त्री, माओबादी
२४. रामचन्द्र झा, एमाले
२५. पूर्णकुमार शेर्मा, नेकॉ
२६. युवराज ज्ञवाली, एमाले
२७. कष्णगोपाल श्रेष्ठ, राज्यमन्त्री, एमाले
२८. राजेन्द्र पाण्डे, एमाले
२९. उर्मीला अर्याल, एमाले
३०. शत्रुघन महतो, एमाले
३१. गंगालाल तुलाधर, एमाले
३२. टोपबहादुर रायमाझी, माओबादी
३३. नारायण काजी श्रेष्ठ, माओबादी
३४. विद्याधर मल्लिक, स्वतन्त्र
३५. प्रकाशमान सिंह, नेकॉ
३६. नरहरि आचार्य, (शान्ति मन्त्री), नेकॉ
३७. केपीशर्मा ओली, (प्रम तथा संरक्षक नेपाल ट्रष्ट मन्त्री)
३८. जनार्दन शर्मा, उर्जा मन्त्री, माओबादी
३९. प्रचण्ड (प्रम तथा खानेपानी मन्त्री)
४०. प्रेमबहादुर सिंह (खानेपानी मन्त्री), समाजबादी
४१. जीवनबहादुर शाही ( खानेपानी मन्त्री), नेकॉ
४२.दीपक खड्का (खानेपानी राज्यमन्त्री), नेकॉ
४३.शेरबहादुर देउबा (प्रम तथा खानेपानी मन्त्री)
४४. महेन्द्र यादव (खानेपानी मन्त्री), नेकॉ
४५. अब्दुल रज्जाक गद्दी, खानेपानी राज्यमन्त्री, नेकॉ ।
माथिका केही मन्त्रीहरू दोहरिदै पुन: मन्त्री पनि बनेका थिए ।