अञ्जन कुमार
बिज्ञापन
नेपालीमा एउटा उखान छ,खानेमुखलाई जुँगाले छेक्दैन । त्यसै भनिएको होइन,जहाँ इच्छा त्यहाँ उपाय । दृढ इच्छाशक्तिका साथ आँट गरियो भने दुनिँयामा असम्भव भन्ने के छ र ? प्रहरीको ईलाका कार्यालयमा बजेट नै थोरै हुन्छ । प्रशासनिक खर्चका लागि बाहेक ईलाका कार्यालयमा बजेट नै छुट्टाइएको हुँदैन । राज्यले बिगतमा दिदै आएको बजेटमाथि समेत कैँची चलाउदा दैनिक प्रशासनिक खर्च समेत धान्न मुस्किल छ कार्यालयहरुको । अझ अनुगमन र भिआईपीको भ्रमण, कार्यक्रमका नाममा गर्नुपर्ने स्कर्टिङमा गुडेको गाडी खर्च पुर्याउन हम्मे हम्मे पर्ने गरेको गुनासो सुनिन्छ तर यी र यस्ता अनेक अड्चनका बीच पनि ईलाका प्रहरी कार्यालय भोर्लेटार लमजुङले गरेको बिबिध सचेतना मुलक कार्यक्रमले प्रहरीलाई हेर्ने नजरिया नै बदलिएको छ ।
बिज्ञापन
विगतमा पनि यस ईलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको दरवन्दी नभएको हैन । भए र पनि खासै उल्लेख काम गरेको स्थानीयहरुको मगजमा छैन। वनको काँडालाई तिखार्नु पर्दैन भनेझै गर्ने मन भएको मान्छेको हातमा जिम्मेवारी आए कसैले गर भन्नै नपर्ने रहेछ भन्ने कुरालाई पृष्टि गरेका छन्, प्रहरी निरीक्षक राजाराम खड्काले ।
गत भदौ पहिलो हप्तामात्र बाग्लुङ जिप्रकाबाट सरुवा भई आएका प्रहरी निरीक्षक खड्काले आउन साथ नागरिकसँगको अन्तरक्रियामा आफूलाई जनसेवक, नागरिक र प्रहरी बीच सहकार्य बिना कुनै पनि काम कारबाही सफल नहुने भन्दै नागरिकको मन जित्न सफल भएका छन् । खड्काले पौष अन्तिममा प्रहरीबारे नागरिक गुनासो भन्दै नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरे। मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा सयौं नागरिकहरुले सिडिओ कार्यालयमा अझै पनि सेवाग्राहीले अनावश्यक सास्ती व्यहोर्नु परेको देखि प्रहरीका बारे पनि थुप्रै गुनासो पोखेका थिए । मध्यनेपाल नगरपालिकाका दसै वडाका वडाध्यक्ष, डिएसपी मीन बहादुर घले, पुर्व प्रहरी संगठन लमजुङ उपाध्यक्ष सुकबहादुर बिक सहितको उपस्थितमा सम्पन्न उक्त कार्यक्रममा सहभागिहरुले शान्ति सुरक्षा, अपराध रोकथाम र नियन्त्रण, घटित अपराधहरुको सुक्ष्म अनुसन्धान तथा सामाजिक विकृति विसंगती न्युनीकरण गर्न माग सहित सरोकार पक्ष समक्ष राय तथा सुझाव प्रस्तुत गर्दै प्रहरी सेवा प्रवाहमा हुने गरेका कमीकमजोरीका बारे नागरिकले गुनासो राखेका थिए ।
बिज्ञापन
कार्यक्रमको बिट मार्ने क्रममा प्रमुख अतिथि रमेश कुमार पाण्डेले ईलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख उनै खड्काको खुलेरै प्रशंसा गरे । अहिलेसम्म यस्तो बृहत रुपमा नागरिक सुनुवाई कार्यक्रम नभएको, नागरिक र प्रहरीबीचमा पनि सहकार्य हुन नसकेको अवस्थामा इन्स्पेक्टर राजाराम खड्काले जुन कामको थालनी गर्नु भो त्यो साह्रनीय छ । हामी प्रहरीलाई जहिले पनि सहयोग गर्न तयार छौ गर्दै आएको पनि छौ प्रहरीले कसैको प्रभाव र दबाबमा पर्न नहुने बताए । नागरिकका जिज्ञासालाई जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख मिन बहादुर घलेले सहजीकरण गर्दै शान्ति सुरक्षा र अमनचैनका खातिर प्रहरीले कुनै कसुर बाँकी नराख्ने बताए । प्रहरी मेरो साथी र मुस्कान सहितको सेवा भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै प्रहरी र जनताको सम्बन्ध नङ र मासुको रहेको बताए ।
कुनै पनि राष्ट्र सेवक कर्मचारी नागरिकको तिरोबाट बाँचेको हुन्छ । अझ हामी प्रहरी त झन चौबीस घण्टा ड्युटीमा खटिनुपर्छ अत नागरिकको सहयोग बिना पानीबिना माछोले जीवनको कल्पना गरे जस्तै हो घलेको तर्क थियो । सार्वजनिक सुनुवाइ राख्नु पहिले इस्पेक्टर खड्काले ईलाका प्रहरी कार्यालय भोर्लेटार र नमुना सामुदायिक अस्पताल सुन्दरबजारको संयुक्त आयोजनामा प्रहरी कर्मचारी र पुर्व प्रहरी कर्मचारीहरुको स्वास्थ्य चेकजाँच तथा तनाव व्यवस्थापन सम्बन्धी कार्यक्रम समेत आयोजना गरेका थिए । अस्पताल प्रमुख हेमन्त श्रेष्ठको नेतृत्वमा आएको स्वास्थ टोलीले प्रहरीको स्वस्थ परिक्षण गरेको थियो । अझ त्यो भन्दानी प्रभावकारी त भिक्टिम रिभिजिट कार्यक्रम राखेर कसुरदारलाई कानून बमोजिमको दण्ड दिन, समाजलाई अपराध र अपराधीको भयबाट मुक्त राख्न पीडितलाई न्यायीक उपचार उपलब्ध गराउने उद्देश्यले भिक्टिम रिभिजिट कार्यक्रम खड्का आफ्नै मनमौजीले राखे ।
पीडित मैत्री वातावरण बनाउने उद्देश्यले राखिएको कार्यक्रमबाट पीडितले राहतको महसुस गर्न सक्ने खड्काले बताए । पीडकबाट पीडितलाई जुनसुकै बेलापनि हुन सक्ने दबाब प्रलोभन तथा हस्तक्षेपलाई रोक्न, पीडितलाई सुरक्षित अनुभूति गराउन, पीडितको पिडा कम गर्दै आत्मबल अभिवृद्धि गर्न संविधान २०७२ को धारा २१ र अपराध पीडित संरक्षण ऐन २०७५ को परिच्छेद २ मा बमोजिम पुनस्स्थापनाको अधिकार, दण्डहिनताको अवस्था हुन नदिन गत २१ गते प्रहरी निरीक्षक खड्काले पीडित पुनस् भेटघाट कार्क्रम राखी कर्तव्य ज्यान मुद्दाका पीडित मध्यनेपाल नगरपालिका( ३ लेखनाथ घिमिरे र सुदिप घिमिरेसँग भेटघाट गरेका थिए । पीडितलाई प्रहरीले घरमै आएर प्रत्यक्ष भेटघाट गरी कानूनी परामर्श, प्रकृयाको जानकारी र पिडकलाई कानूनी कारवाही सम्बन्धमा जानकारी गराउँदा आत्मबल बढेको, ठुलो राहतको महसुस भएको पीडितले जानकारी गराएका थिए ।