विश्व परिवेशमा नेपाली राहदानीको स्थान

राहदानीलाई अंग्रेजीमा Pass Port भनिन्छ। Oxford Dictionary का अनुसार Pass Port is an official document issued by a government, certifying the holder’s identity and citizenship and entitling them to travel under its protection to and from foreign countries. यसको शाव्दिक अर्थ हुन्छ Port पार गर्न चाहिने Pass अर्थात विदेश जान चाहने ब्यक्तिको देशले प्रदान गरेको सो व्यक्तिको विवरण खुलेको दस्तावेजलाई राहदानी भनिन्छ। यस्तो दस्तावेजमा आफू जाने देशको अनुमति वा प्रवेश आज्ञा जहाजको टिकट काट्नु भन्दा अगाडि लिनु पर्ने हो वा जहाजको टिकट काटेर सो देशमा पुगे पछि लिनु पर्ने हो भन्ने आधारमा राहदानीको वजन तय गरिने चलन हुदो रहेछ।

बिज्ञापन

यसलाई आधार मान्दा नेपाली राहदानीको स्तर झण्डै अन्तिम वा पुछारमा रहेको कुरा आज मात्र हैन धेरै अगाडि देखि नै चर्चामा आउने गरेको हो तर हिजोआज संचार माध्यममा के आयो भने यो स्तर अझै खस्कदै छ। The Henley Passport Index गरेको सर्वेक्षणले नेपालको राहदानीको स्तर नागरिक अधिकार नभएको मुलुक उत्तर कोरीयाको भन्दा पनि कमजोर रहेको देखाएको छ। राहदानीको स्तरको मापनका आधारहरू के हुन सक्छन् त भन्ने तर्फ हेर्दा जुन राहदानीको Mobility धेरै हुन्छ त्यो राहदानी बलियो भएको मानिन्छ।

बिज्ञापन

यसरी हेर्दा नेपाली राहदानीको चलायमान गति कम हुनाले यसको स्तर कम भएको मान्न सकिन्छ। हामीहरू उपर विदेशी कुटनीतिक निकायको विश्वाश कमजोर छ। यसको अर्थ हाम्रो सरकार उपर विश्वको विश्वास कम हुनु हो। कुनै पनि नेपालीले विदेशमा गर्ने ब्यबहारले नेपालकै मूल्यांकन गर्छ त्यो देशले। राज्यले राहदानी मार्फत चिनाएको नागरिकले विदेशमा गर्ने अध्यागमन सम्बन्धी अपराधले त्यो देशको स्तर मापन गर्छ। हुन त कुनै पनि देशको राजनीतिक प्रणाली, आर्थिक अवस्था, शान्ति सुरक्षाको अवस्था, कुटनीतिक क्षमताले त्यो देशको स्तरको मूल्यांकन गर्छन्। हाम्रो देशको सरकारले देशको स्तर कायम गराउन कति सक्षमता देखाउछ , त्यही आधारमा विश्वले चिन्ने हो नेपाल र नेपालीलाई। हाम्रो देशको कुटनीतिक क्षमता हेर्ने हो भने हामी कहां उभिएका छौ भन्नै गाह्रो छ।

हाम्रो परराष्ट्र नीति राष्ट्रको नभएर पार्टी अनुसारको छ। सरकार प्रमुख जुन पार्टीको हुन्छ विदेशनीति त्यही पार्टीको हुने गर्छ। त्यसैले हामी उपर विदेशीको विश्वास दह्रो छैन। हाम्रा सरकारहरू विदेशीको ईशारामा चल्छन् र त्यो पनि कहिले दक्षिण, कहिले उत्तर, कहिले पश्चिमाहरूको ईशारामा। कुटनीतिक तवरबाट हामी कमजोर भएको कारणले हामीलाई सबैले खेलाएका छन्।

बिज्ञापन

त्यसैले सरकारले प्रदान गरेको दस्तावेज(राहदानी) कमजोर देखिएको हो। नेपाल पटक पटक अन्तर्राष्ट्रिय अपराधिक समूहको ट्रान्जिट हुने गरेको आरोप लागेको छ र यस्ता आरोप पुष्टी हुने गतिविधि समेत भएका छन्। यस्तो स्थितिमा नेपालको राहदानी कसरी बलियो र स्तरीय हुन सक्छ? हाम्रो आर्थिक अवस्थाले हामी सम्पन्न छैनौ भन्ने देखाउछ। जब हामी आर्थिक रूपमा सम्पन्न छैनौ भने हाम्रो राहदानी कसरी स्तरीय हुन सक्छ? हामीलाई विदेश संग जोड्ने राष्ट्रिय हवाई सेवाको गन्तब्य क्रमशः खुम्चिदै छ। यूरोपियन यूनीयनले लगाएको कालो सूचीको धब्बा एक दशक पुग्न लाग्दा पनि राज्यले पखाल्न सकेको छैन।

यस्तो स्थितिमा हाम्रो राहदानीलाई विश्वले उपल्लो श्रेणीमा राख्छ? हाम्रो राहदानीवाहकलाई विश्वका अध्यागमनले कति सम्म केरकार गर्छन् भन्ने कुरा सम्बन्धित बाहकलाई थाहा छ। एउटा अपराधीलाई भन्दा बढी केरकार गरेर झण्डै उडान छुटाई दिन्छन्। यस्तो छ हाम्रो राहदानी उपरको अविश्वास। हाम्रो सरकारका गतिविधि, हाम्रा आफ्नै कृयाकलाप, देशको विदेशनीति, आर्थिक अवस्था, हाम्रा नाकाहरूको दुरूपयोग जस्ता अवस्थाले हाम्रा सरकारी दस्तावेजहरूको स्तर मापन गर्छ। यही मापनको मारमा हाम्रो राहदानी परेको हुदा यस्तो अवस्था पर्न गएको हो। यस तर्फ राज्य, सरकार र हामी स्वयं समेत सजग र सचेत भएर हाम्रो बिग्रेको छवि सुधार गर्नुको विकल्प छैन।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।