किशोरावस्थामा शरीरप्रतिको दृष्टिकोण र यौनिकता

यौनिकता भनेको कुनै मानिसको अरूप्रति यौन भावना, विचार, आकर्षण र व्यवहारको अभिव्यक्ति हो। हामी अन्य व्यक्तिहरूलाई शारीरिक, यौन वा भावनात्मक रूपमा आकर्षक पाउन सक्दछौं, र यी सबै भावनाहरू हाम्रो यौनिकताको एक अंश हो।

बिज्ञापन

आफ्नो यौनिकताबारे बुझ्नु र पत्ता लगाउनु महत्त्वपूर्ण कुरा हो। कठोर समाजमा यौनिकतालाई अभिव्यक्त गर्न गाह्रो हुन्छ, तर त्यसलाई व्यक्त गर्नु हाम्रो यौन अधिकार हो। केही व्यक्तिहरूलाई आफ्नो यौनिकताका कारण भेदभाव सहनु
परेकोछ। मानिसले विभिन्न तरिकाले आफ्नो यौनिकतालाई व्यक्त गर्दछन्।

बिज्ञापन

शरीरप्रतिको दृष्टिकोण र यौनिकता

किशोरावस्था भनेको यस्तो अवस्था हो जहाँ केटाहरू र केटीहरू शारीरिक रूपमा राम्रो देखिन उत्सुक हुन्छन्। यो उत्सुकताले उनीहरूलाई धेरै खालका जोखिमपूर्ण व्यवहारमा समेत संलग्न गराउँदछ। जस्तै अनावश्यक सौन्दर्य सामग्रीको प्रयोग गर्नु, दुब्लो देखिने चाहनामा भोको बस्नु, आदि। तिनीहरूको शारीरिक परिवर्तनले पनि केही मुद्दा वा समस्याहरू ल्याउँछन्। शरीरप्रतिको नकारात्मक दृष्टिकोण पनि यस समयको एक प्रमुख समस्या हो।

बिज्ञापन

शरीरप्रतिको दृष्टिकोण  (body image) यौनिकताकै अंग हो। शरीरप्रतिको दृष्टिकोण भनेको हामी स्वयंले आफूलाई शारीरिक रूपमा कस्तो महसुस गर्छौं वा अरू मानिसले हामीलाई कस्तो देख्छन् भन्ने सोंच हो। चलचित्र, विज्ञापन, यौन सामाग्री, पोर्न चित्र र भिडियो इत्यादिले सुन्दरताप्रति नकारात्मक धारणा र चाहना उत्पन्न हुन सक्छन्। साथी सँगीसँगको अपरिपक्व गफगाफले समेत सुन्दरताप्रति नकारात्मक धारणा र चाहना उत्पन्न हुन सक्छ।

शरीरप्रतिको दृष्टिकोणको प्रभाव

हामीहरू मध्ये कसैले आफ्नो शरीरप्रति साह्रै राम्रो महसुस गर्छौं भने कसैले गर्दैनौं। हामीले जुन ढंगले आफ्नो शरीरलाई हेर्छौं, त्यसले हाम्रो दैनिक जीवनमै ठुलो असर गर्दछ। यसले हामीले लिने निर्णयमा समेत असर गर्दछ। मानिसहरु जो आफ्नो शरीरलाई नराम्रो रुपमा लिन्छन्, उनीहरु कहिले काँही अस्वस्थकर यौनिक निर्णय लिन पुग्छन्। शरीरप्रतिको दृष्टिकोणलाई कसरी सकारात्मक बनाउने ? यस अवस्थाको बीचमा हुने शारीरिक परिवर्तनहरू बुझ्न असफल भएकोले किशोरावस्थामा धेरैजसो समस्याहरूको सामना गर्नुपर्दछ। उनीहरूलाई यी परिवर्तनहरू सामान्य र प्राकृतिक हुन् भन्ने अवधारणा आवश्यक छ। संक्रमणकालिन समयका कारण तिनीहरूलाई प्रत्येक चरणमा मद्दत र मार्गदर्शन चाहिन्छ।
यौनिकता शिक्षाका माध्यमले शरीर र यौनिकताबारे प्रष्ट भई सचेत हुने तथा यौन कुण्ठाको निवारण गर्न आवश्यक छ। किशोरकिशोरीहरू सही र गलत सन्चारबारे प्रष्ट हुन र सूचना विश्लेषण गर्न सक्षम हुनु पर्दछ। आफ्नो शरीरमाथि गर्व गर्न र यसलाई अधिकतम उपयोग गर्न सबल बन्नु पर्दछ। बाह्य सुन्दरता भन्दा स्वस्थता र सक्षमता हासिल गर्नु बुद्धिमानी हुने कुरा बुझी यौनिकताबारे घर र विद्यालयमा आवश्यकता अनुसार छलफल गर्नु पर्दछ। व्यक्तिको आफ्नो शरीरको सौन्दर्यप्रतिको धारणाले उसको आत्मविश्वास र निर्णय क्षमता र व्यवहारमा प्रभाव पार्दछ। त्यसैले आफ्नो शरीरप्रति धेरै निर्णयात्मक नहुने, र जे जस्तो छ स्वीकार गर्ने र राम्रो महसुस गर्ने कुरा महत्वपुर्ण छ। अरुको जे जस्तो शरीर छ, सम्मान र स्वीकार गर्नु पर्दछ। वैयक्तिक भिन्नतालाई सम्मान र स्वीकार गर्ने, के सबै देश, सस्कृति र समयमा सुन्दरताको मापदण्ड एकैनाशको छ भनि सुन्दरताप्रति प्रश्न गर्न सकिन्छ। सौन्दर्य सम्बन्धी प्रचलित मान्यतालाई चुनौती दिन सकिन्छ। वास्तवमा शारीरिक आकर्षण समय र उमेरअनुसार फरक पर्दै जान्छ। विभिन्न संस्कृति र समाजमा शारीरिक सौन्दर्यलाई फरक फरक ढङ्गले हेरिन्छ।

निश्कर्ष
हरेक व्यक्तिका लागि आफ्नो शरीर विशेष र महत्वपूर्ण हुन्छ। हामीले आफ्नो शरीरप्रति गर्व गर्नुपर्छ। कुनै व्यक्तिको महत्व उसको शारीरिक स्वरूपले मात्र निर्धारण गर्दैन। शारीरिक अङ्ग या बनोट जस्तो भए पनि यसको सम्मान गर्नुपर्छ र शरीरको संरक्षण र स्याहार गर्दै यसको उच्चतम उपयोग गर्नु पर्दछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खरिदारदेखि सहसचिवसम्मका ११७ कर्मचारीको काज रद्ध,फर्काइयो दरबन्दी भएकै कार्यालयमा

ट्रायल फेल भएकाहरुलाई २५ हजारसम्म असुलेर लाइसेन्स,फन्दामा परे विचौलिया र कर्मचारी

उच्च अदालतमा ४ मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस,पाटनमा कुँवर

२४ उच्च पदस्थ कर्मचारीको काज फिर्ता हुँदै

यौनकाण्डमा मुछिएका यी कर्मचारी : जसले गिराएका छन्,निजामतीको ‘शाख’

परस्त्रीसँग रंगेहात पक्राउ परे मालपोतका कर्मचारी

कुलिङ पिरियड आवश्यक छ, तर विवेकपूर्वक कार्यान्वयन हुनुपर्छ:- पूर्व अध्यक्ष मैनाली

अहंकारको बोझले दबिएको मानवीय मूल्य  

बिशेष