डुडुवा पुर्ण खोप सुनिश्चितता घोषणा

डुडुवा, १० बैशाख – बाँकेको डुडुवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । गाउँपालिकाका सबै बालबालिकाले पुर्ण खोप लगाएपछि स्थानीय तह खोप सुनिश्चितता घोषणा भएको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकालाई पुर्ण खोप घोषणा गर्दै बालबालिकालाई रोगबाट बच्नका लागि खोप अति आवश्यक भएकाले खोप लगाउनबाट कुनै

बिज्ञापन

बिज्ञापन

पनि बालबालिका छुट्न नहुने भन्दै त्यसका लागि समुदाय स्तरमा स्वास्थ्यकर्मीलाई विशेष निगरानी गर्न निर्देशन दिनुभयो ।
उहाँले स्वास्थ्यको क्षेत्रमा डुडुवाले विशेष मिसनका साथ काम गरिरहेकाले स्वास्थ्य सेवाको गुणस्तरियता तथा प्रभावकारीतालाई विशेष ध्यान दिएको भन्दै कुनै पनि नागरिकले स्वास्थ्य सेवाबाट बाञ्चितीकरणमा पर्न नहुने बताउनुभयो ।
गाउँपालिका अन्तर्गत जन्मेदेखि १५ महिनाका एक हजार तीन सय २९ जना बालबालिकाले सत प्रतिशत पुर्ण खोप लगाएको र १६ महिनादेखि ५९ महिनाका तीन हजार ६ सय १२ जना मध्ये १ सय १७ जना बालबालिकाले खोप लगाउनबाट छुटेकाले तिनीहरुको खोजी गरि सबैलाई खोप लगाएपछि सत प्रतिशत पुर्ण खोप सुनिश्चितता भएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो ।
उहाँका अनुसार वार्षिक रुपमा पालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रम अन्तर्गत यस वर्ष पनि घोषणा गरिएको हो । घोषणा कार्यक्रममा वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, झंकबहादुर थापा र मोहनराम मिश्र, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ्ग, स्वास्थ्यकर्मी, कर्मचारी, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

अष्ट्रेलियामा सेकुवा बनाउँदै, नेपालमा तलब खाइरहने सरकारी डाक्टर

त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

डोल्मालाई ८८ करोड कर छुटदिएपछि मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज

नक्कली प्रमाणपत्रले सरकारी जागिर खाएको सब–इन्जिनियर विशेष अदालतमा तानिए

भन्सारको संसार,विकृती भरमार

बिशेष