राष्ट्रिय सभाको १९ सिटका लागि ५२ जनाको उम्मेद्वारी

 

बिज्ञापन

राष्ट्रिय सभा निर्वाचनको लागि ५२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

बिज्ञापन

१९ सिटका लागि माघ ११ गते हुने निर्वाचनका लागि विभिन्न राजनीतिक दलका तर्फबाट ५२ जनाको उम्मेदवारी परेको हो । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेकोमा सातवटै निर्वाचन अधिकृतको कार्यालयमा ५२ जना मनोनयन दर्ता गरेको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीका तर्फबाट उम्मेदवारी दर्ता भएको छ ।

बिज्ञापन

निर्वाचन कार्यक्रमअनुसार भोलि उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुनेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रहरीका इन्सपेक्टर रंगेहात पक्राउ

ज्वाइँको कापी ससुराले जाँचेर गराए पास,छानबिन प्रतिवेदन पेश गर्न सतर्कता केन्द्रलाई निर्देशन

गाउँपालिकामा निमित्तको राज निमिट्यान्न पार्दै सरकार,४१ नगरपालिकामा अझैं छैनन् प्रमुख प्रशासकीय

सामान्यमा ‘रैथाने’ कर्मचारीको रजगज,नयाँ सरकारले चलाउने देखाएन हिम्मत

सिंहदरबारभित्र ‘रजगज’ गर्दै आएका कर्मचारीलाई खटाइयो स्थानीय तहमा (सरुवा सूचीसहित)

चैत्र मसान्तभित्रै कार्यविवरण अद्यावद्यिक गर्ने सामान्य प्रशासनको परिपत्र

मुख्य सचिवको कडा परिपत्र : कार्यालयमा भ्रष्टाचार भएमा प्रमुख पहिलो जिम्मेवार

पूर्वमन्त्रीको घुसकाण्डको छानबिन गर्न सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन

बिशेष