काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ लागि संघीय सरकारले प्रदेश तथा स्थानीय तहमा राजस्व बाँडफाँटबाट एक खर्ब ५९ अर्ब बढी रकम पठाउने अनुमान गरेको बताएका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले चालु वर्षको लागि गरिएको अनुमानको तुलनामा न्यून राजस्व बाँडफाँट हुने उल्लेख गरेका छन् […]

रसुवा जिल्लाका पाँच पालिकाहरु मध्ये सबैभन्दा बढी बेरुजु कालिका गाउँपालिमा भएको पाइएको छ । आर्थिक बर्ष ०७९/ ८० को लेखापरीक्षण प्रतिवेदन अनुसार कालिका गाउँपालिकामा सबैभन्दा बढी बेरुजु रहेको विवरण सार्वजनिक भएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औँ बार्षिक प्रतिवेदन अनुसार कालिका गाउँपालिकाको बेरुजु ४ दशमलव २४ प्रतिशत रहेको पाइएको छ । उक्त पालिका […]

बूढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारीसहित तीन जनालाई पक्राउ गर्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा राजेन्द्र कुमार आचार्यको इजलासले मेयर अधिकारीसहित वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराई, सदस्य चन्द्रमान श्रेष्ठ र वडा नम्बर ८ का अध्यक्ष सुमन तामाङलाई एक महिनाको कैद सजाय सुनाएको छ । उनीहरुले अदालतको अवहेलना गरेको आरोपमा […]

सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल भ्रष्टाचारमा तानिएका छन् । नदीजन्य पदार्थको उत्खनन ठेक्का दिँदा कानून मिचेर आर्थिक अनियमितता गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा चलाइनेमा तत्कालिन लेखा अधिकृत मानबहादुर ठाडा, इञ्जिनियर विजयकुमार खत्री, सब–इञ्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत शिशिरकुमार खड्का, […]

काठमाडौं महानगरले बबरमहलस्थित सडक विभागको गेट अगाडि फोहोर थुपारेको छ । महानगरको टिपरले अन्यन्त्रबाट ल्याएको फोहोर विभाग अगाडि थुपारेको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई दैनिक एक ट्रक धुलो उपहार पठाउने चेतावनी दिएका थिए । रिङरोड विस्तारको नाममा नागरिकले धेरै धुलो र कष्ट बेहोर्नु परेको भन्दै […]

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको किटानी जाहेरी परेका नुर्बु (नोर्बु) घलेलाई जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले सफाइ दिएको थियो,गत वैशाख २१ गते । तर १५ दिनपछि उच्च सरकारी वकिलको कार्यालयले उक्त फाइलै फिर्ता पठाइदिएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँको सफाई दिने निर्णयमा कैफियत भेटेरै उच्च सरकारी वकिलको कार्यालयले यसमा कैफियत भनेको छ […]

हाल नेपालको संबैधानिक ब्यबस्था अनुसार संघ, प्रदेश र स्थानिय तहहरु क्रियाशिल रहेकोमा प्रत्यक्ष जनताका समस्या र सवालहरुसँग साझेदारी गर्ने निकाय स्थानिय तह नै हो ।गाउँगाउँको सिंहदरवारका रुपमा मानिएको स्थानिय तहले संघियताको ‍औचित्य पुष्टि गर्ने एकमात्र साधनको रुपमा काम गर्नसक्ने गरी संवैधानिक दायित्व र अधिकारहरु प्रदान गरीएको छ । तर बिकृत राजनितिक संस्कार र प्रकृयामुखि र […]

भ्रष्टाचारविरुद्धको सामाजिक अभियानले कैलालीको जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको खुलासा गरेको छ । अभियन्ताहरुले जानकी गाउँपालिका–९ मा एउटै नागरिकताबाट दोहोरो परिचय पत्र बनाएर र मृत्यु भइसकेको मानिसहरुको नाममा सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको उनीहरुले बताएका छन् । सामाजिक अभियन्ता, भ्रष्टाचारविरुद्धको अभियानका संयोजक कृष्ण सोडारीले वडा अध्यक्ष खकेन्द्र भण्डारी र वडा सचिव प्रेमबहादुर […]

संघीयता कस्तो ‘गलगाँण’ भयो भने दरबन्दी छ,कर्मचारी छैनन, संघले खटाइएका कर्मचारी जनप्रतिनिधि लिन मान्दैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालैमात्र लोकसेवा उत्र्तिण गरेका फ्रेस ३० अधिकृतलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएकोमा १६ मन्त्रालयमै फिर्ता भएका छन् । मंगलबार बिहानसम्ममा फिर्ता हुने फ्रेस अफिसरको संख्या १६ पुगेका छ । लोकसेवा […]

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रीत तथा सहभागितामा आधारित बनाउन सुझाव मागेको छ । स्थानीय सरकारले बनाउने नीति तथा कार्यक्रमले सबैलाई समेट्न सकियोस् र पारदर्शी होस् भन्ने हेतुले यो विधि अपनाइएको महानगरले जनाएको छ । महानगरले आगामी दिनमा के कस्ता किसिमका नीति तय गर्नुपर्ला ? यहाँ दिइएका शीर्षकमा […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।