कूल पूजा र यसको महत्व

यही जेष्ठ १० गते चण्डी पूर्णिमाका दिन नेपालका अधिकांश जातजातीले कूल पूजा गर्ने परम्परा रही आएको छ। कसैले यो पूजा वर्षेनी गर्छन् भने कसैले केही वर्षको अन्तरालमा गर्छन्। कूललाई वंश, खानदान, परम्पराबाट समेत चिनिन्छ। भनिन्छ कूलकी छोरी र मूलको पानी स्थायी हुन्छन्। वास्तवमा कूलको परम्परा पछिल्लो पिंढीमा हस्तान्तरण गर्न सके मात्र कूलको सेवाले निरन्तरता पाउन सक्छ र यो हस्तान्तरण गर्ने काम घरकी आमाको रूपमा रहेकी नारीले सफल रूपमा गर्न सक्छिन् भन्ने मान्यता छ ।त्यसैले छोरीको पर्यायको रूपमा भित्रिने बुहारीहरू कूल खान्दानको हुनु पर्छ भन्ने मान्यता रहेकोले हाम्रो समाजमा उक्त उखानले स्थान पाएको देखिन्छ। कूलको सेवा गर्नाले दाजु भाइ वीचको मेल मिलाप र सौहार्द्धता बढ्छ, एक आपसमा सहयोग गर्ने बानी बढ्छ,एउटाको दुःख र अभावमा अरूको सहयोग हुन्छ, केही असमझदारी र वैर भाव भए पनि कम हुन्छ। कूल पूजा गर्दा आफ्नो कूल देवता वा कूल देवीको नाम अनुसार पूजा गरिन्छ। पूजा कति कति समयमा गर्ने, कुन महिनामा गर्ने, कुन कुन विधिबाट गर्ने भन्ने विषय कूल देवी देवताको स्वभाव अनुसार हुने गर्छ।

बिज्ञापन

कुनै समुदायले आफ्ना कूललाई खीर, रोटी चढाएर पूजा गर्छन् भने कुनै समुदायले बोकाको वली दिन्छन्। भनिन्छ पितृ वा कूल खुसी रहन सकेनन् भने देवताले दिएको पनि पितृले हर्न सक्छन्। त्यसैले पितृ वा कूललाई सन्तुष्ठ राख्नु पर्छ भन्ने पूर्वीय दर्शनको मान्यता पनि रही आएको छ। पितृ वा कूलको आशिर्वाद पाउन सन्ततिले विभिन्न किसिमका प्रयत्न गर्छन्। त्यसैले पूर्वीय दर्शनका सनातनीहरूले पूजाका माध्यमबाट कूललाई खुसी पार्ने प्रयास गरेको पाईन्छ। कसैका सन्तान नभएमा, सन्तान अस्वस्थ भएमा, पशु चौपायहरूबाट राम्रो योगदान नभएमा, गतिलो रोजगारी नभएमा, घर गृहस्थ सफल नभएमा कूल खुसी हुन नसकेर त्यसो हुन गएको हो भन्ने गरिन्छ र सफलताको लागि कूललाई भाकल गर्ने गरिन्छ र काम भए पछि भाकल बमोजिम पूजा गरिन्छ। कूल पूजा गरिने अवधि भित्र भए गरेका हरेक उल्लेखनीय काम वापत कूललाई सम्झेर कूलको भाग राख्नु पर्ने हुन्छ। उदाहरणको लागि नयां घर बनाउदा, बिबाह हुदा,सन्तानको जन्म हुदा, नोकरी पाउदा जस्ता उल्लेख्य हरेक कार्य वापत आउदो पूजामा बोका चढाउने वा दियो चढाउने गरिन्छ। कूल पूजा गर्दा मस्टो, निशान, भगवती सबैलाई सम्झने परम्परा छ। भोली कूल पूजा गर्ने हो आज राती मध्यान्हमा एउटा भेडाको पाठो, एउटा वोका र एउटा पाठी भगवती र निशानलाई चढाउने चलन छ र पूजाको दिन हरेक भक्तले ३ वटा निगालोमा ३ रंगका धजा बांधी मन्साइएको वोकालाई लिएर कूलको स्थानमा अन्य प्रसाद र फूलपाती लिएर जाने चलन छ।

बिज्ञापन

कूल पूजा हुने दिन भन्दा ५/७ दिन अगाडि देखि नै चोखो खाएर बस्ने, पूजा गर्ने पाठोलाई पनि जुठो नख्वाउने चलन रही आएको छ। चण्डी पूर्णिमालाई लक्षीत गरी कूल पूजा गर्ने हरूले पूर्णिमा भन्दा अगाडि पर्ने एकादशीबाट चोखी निष्टमा बस्ने चलन छ।खासगरी यस्तो चलन गर्ग गोत्रीय आचार्यहरूमा रहने गरेको पाईन्छ। अन्य गोत्रको कूल पूजाको चलन फरक हुन सक्छ। कूल पूजाको दिन विहान बाजागाजा सहित धामी झांक्रीहरू काम्दै उफ्रदै टाउकोबाट जल खन्याउदै मन्दिर परिक्रमा गर्छन् , यसरी मन्दिर परिक्रमा गर्दै सो कूलले आफ्ना सन्ततिमा कुनै निर्देशन वा सन्देश दिनु परेमा यिनै धामी झांक्रीको माध्यमबाट दिने चलन छ र यो निर्देशनलाई कूल कै निर्देशनको रूपमा लिने गरिन्छ।यही क्रममा निशान वरपर दीपावली गरी सके पछि मेडो(वोका) को वली दिने चलन छ। यसरी कूललाई चढाएको बोकालाई ईष्टमित्र बोलाएर प्रसादको रूपमा ग्रहण गर्ने चलन छ। कूललाई खीर रोटीले पूजा गर्ने समुदायले पनि खीर रोटीलाई प्रसादको रूपमा ग्रहण गर्न् चलन छ। यसरी हरेक वर्ष वा निर्धारित वर्षमा सबैले आ-आफ्ना कूललाई सेवा गरेर कूलको आशिर्वाद लिने चलन रही आएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मेयरको घरमा अख्तियारको छापा

जेनजी ४२ सहिद परिवारलाई उपसचिवसरह ‘मासिक पेन्सन’ : निर्णय गुपचुप

सशस्त्र प्रहरीको प्रवक्तामा डिआइजी विष्णु भट्ट

सम्बन्धको मौनता

प्रवेश पत्रमै चिट चोर्ने उमेद्धारको परीक्षा रद्ध,दुई बर्ष आयोगको कालोसूचीमा

उपसचिवको विज्ञापन रद्ध

चुनावको मुखमा श्रम मन्त्रालयमा प्रहरीको वटालियन, कर्मचारी त्रसित

निजामतीको कार्यसम्पादनप्रति मन्त्री असन्तृष्ट,मन्त्रालय- विभागसम्म प्रहरीको टुकडी तैनाथ

बिशेष