प्रजातन्त्र किन कमजोर हुदैछ?

प्रजातन्त्रका जगहरू के के हुन् भन्ने थाहा पाए पछि मात्र प्रजातन्त्रको मूल्यांकन गर्न सकिन्छ। ती जगहरु हुन्- मानव अधिकारको संरक्षण, नागरिक स्वतन्त्रता, न्यायीक सर्वोच्चता, बहुलवाद एवं बहुदलीयता, विचारको स्वतन्त्रता,निष्पक्ष तथा स्वतन्त्र निर्वाचन प्रणाली,खुला र प्रतिस्पर्धी बजार आदि। प्रजातन्त्रका यिनै जगका आधारमा अबलम्बन गरिएको राजनीतिक ब्यबस्थालाई प्रजातन्त्र भनिन्छ। फेरि यस्तो राजनीतिक ब्यबस्थालाई सन्चालन गर्ने राजनीतिक दलहरूको विधि र ब्यबहार आफैमा प्रजातान्त्रिक हुन सकेन भने राजनीतिक ब्यबस्था जति प्रजातान्त्रिक भनिए पनि जनताले प्रजातन्त्रको आभास पाउन सक्दैनन्।

बिज्ञापन

खासमा कुनै पनि राजनीतिक ब्यबस्था देश र जनताको हितमा हुन सकेन भने त्यो ब्यबस्थालाई सफल ब्यबस्था मान्न सकिदैन तर यो कुनै पनि राजनीतिक ब्यबस्था आफैमा सफल वा असफल भन्ने हुदैन , यसको सफलता वा असफलता राजनीतिक दल र यसका नेतको भूमिकामा भर पर्छ। हाम्रो देशको राजनीतिक ब्यबस्थाको सन्दर्भमा भन्नु पर्दा हाम्रो राजनीतिक ब्यबस्था पनि आफैमा खराब हैन र खराबी छ भने राजनीतिक दलका नेताको भूमिकामा देखिन्छ। हाम्रा पार्टीहरू मध्ये अधिकांश पार्टीहरूले प्रजातन्त्रलाई बढो संकुचनका साथ स्वीकार गरेका छन् र यिनीहरू विश्व परिवेशलाई देखाउन प्रजातान्त्रिक भएको बहाना गर्छन् तर ब्यबहारमा नियन्त्रणात्मक देखिन्छन्। यिनीहरू गैर प्रजातान्त्रिक जनाधारमा उभिएका छन्। त्यसैले यिनीहरू प्रजातन्त्रका गतिला संबाहक बन्न सकेका छैनन्।

बिज्ञापन

त्यस्तै केही पार्टीहरूले आफूलाई प्रजातान्त्रिक भनी टोपल्छन् तर पार्टी भित्रको संस्कार पूरै गैर प्रजातान्त्रिक छ। यी पार्टीले पनि आफूलाई प्रजातन्त्रको बलियो धरातलको रूपमा साबित गर्न सकेका छैनन्।यसको उदाहरण यी पार्टीहरूले गरेको महाधिवेशनको चुनावलाई हेरे पुग्छ जसमा पार्टी नेत्तृत्त्वले आफ्ना शुभेच्छुकहरूलाई मात्र मतदाता बनाएको पाईन्छ र यिनीहरूबाटै चुनिएको पाईन्छ जुन प्रजातान्त्रिक प्रणाली अन्तर्गत किमार्थ पर्दैन। विश्व परिवेशमा हेर्ने हो भने विश्वको ठूलो प्रजातान्त्रिक मुलुक भारतमा पनि क्रमशःप्रजातन्त्रका आधारहरू कमजोर हुदै गएका समाचार आई रहेका छन्। त्यसै गरी प्रजातन्त्रको परिभाषा दिएको अब्राहम लिंकनको राष्ट्र संयुक्त राज्य अमेरिकामा कानूनी शासनलाई हांक दिने ट्रम्पले २०२४ को आम निर्वाचन जित्ने अड्कल गरिदैछ।

यस्ता लक्षणहरूले कतै विश्वमै प्रजातन्त्र कमजोर हुन लागेको हो कि भन्ने आशंकाले डेरा जमाउदै छ। प्रजातन्त्र कमजोर हुनुको परिणाम अधिनायकवादले टाउको उठाउन खोज्नु हो,ब्यक्तिको स्वतन्त्रता, मानव अधिकार र कानूनी शासनमा क्रमशः खिया लाग्दै जानु हो। यस किसिमको निस्सासिने राजनीतिक ब्यबस्थाले टाउको उठाउने वातावरण पाउनु भनेको नेताको गलत सोच र भूमिकाको परिणाम हो। आज भोली नेपालका राजनीतिक दल, यी दलका नेता, राज्यका निकायहरू सबैले प्रजातन्त्रलाई कमजोर बनाउने तवरले आफ्ना गतिविधि गरेका छन्। कानूनको शासनको बर्खिलाप मै सत्तामा रहेका दलहरूले तमासा देखाएका छन्।

बिज्ञापन

सरकारमा रहेका उप प्रधानमन्त्री एवं गृह मन्त्री उपर लागेको आरोप बारे संसदीय समिति मार्फत छानविन गराउन सरकार चाहदैन, सरकार प्रमुख, प्रहरी प्रमुख, महान्यायाधिवक्ता ले न्यायालयको काम गर्छन्, संसदको सर्वोच्चतालाई स्वयं सरकाले लत्याउने परिपाटी बढ्दो छ। यस्तो अबस्थामा नेपालको कलिलो प्रजातन्त्र झनै कमजोर हुदै गएको प्रतीत हुन्छ। यसैले बढो मेहनत र संघर्षबाट प्राप्त प्रजातन्त्रलाई सुदृढ बनाएर प्रजातन्त्रको माध्यमबाट देश र जनताको विकास गर्नु आजको अपरिहार्यता हो, यसमा हरेक नेपाली सजग हुन जरूरी छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।