मृत्यु जितेका बैंकरको सम्बृद्धिको हुटहुटी

मृत्युलाई जितेर फर्किएका अर्थात पुर्नजन्म पाएका बैंकर हुन अश्विनकुमार पुडासैनी । गत बर्ष २६ साउनमा कर्णाली प्रदेशस्थित नेपाल बैंकको शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा एक्कासी हृदयघात भयो । व्यवसायी ज्योती अधिकारीहरुको सहयोगमा रेस्क्यु गरेर उनलाई बाँसवारीस्थित गंगालाल हृदयरोग अस्पतालमा पु¥याइयो । डा अरुण मास्केको उपचार र उज्यालो मृत्युको नौ दिनपछि उनी आइसियुबाट डिस्चार्ज भएर घर फर्किए ।

बिज्ञापन

पुर्नजन्म पाएका पुडासैनीले मृत्युलाई नजिकबाट साक्षात्कार गरे पछि देश र जनतालाई केही योगदान दिने अठोठ गरे मनमनै र सुशासन र समृद्धिका लागि १०१ पाइला भनेर देश विकासका लागि विविध आयामबारे तयार पारे ‘सम्बृद्धिको हुटहुटी’ । र, मृत्युलाई नजिकबाट देखेको ठ्याक्कै बर्ष दिन पछि डा अरुण मास्के,प्रा।डा कृष्ण हाछेथु,नेपाल बैंकका सिइओ कृष्ण बहादुर अधिकारी,डा ध्रुव आचार्य,कृष्णमुरारी भण्डारी,भाषाविज्ञ शरद्चन्द्र वस्ति लगायतका विज्ञहरुलाई साक्षी राखेर गत शुक्रवार कृति सार्वजनिक गरे,बागबजारको हार्दिक होटलमा ।

बिज्ञापन

पुस्तकमा देशको सुशासन, समृद्धिका लागि कर्मचारीतन्त्र, कूटनीतिक क्षेत्र, सुरक्षा निकाय, राजनीतिकलगायत थुप्रै क्षेत्रमा सुशासन ल्याउन आवश्यक तत्वबारे चर्चामात्र गरिएको छैन राजनीतिक दलले ल्याउनुपर्ने घोषणापत्रदेखि सरकारले ल्याउनुपर्ने वार्षिक कार्यक्रम नीति, बजेटमा उल्लेख गर्नुपर्ने बुँदा र कार्यान्वयनका लागि अपनाउनुपर्ने सजगतासम्मको सुझाव दिएका छन् पुडासैनीले । पुस्तकमा प्रत्येक नेपालीको बैंक खाता,जन्मदर्तास्ँगै स्वास्थ्य वीमा,एउटै नेशनल पेमेन्ट गेटवे सिष्टम,कागजी नोट सयको मात्र बनाउन समेत सुझाइएको छ । यस्तै पुस्तकमा १० पास गरेपछि हलो छोड्ने र प्लस टु गरे पछि थलो छोड्ने युवा जमातलाई कसरी नेपालमै टिकाउन सकिन्छ भन्ने सकारात्मक पक्ष औल्याइएको छ ।

नेपालको जल क्षेत्र, झरना, खोला, पोखरीको संरक्षण, वनजङ्गल, फोहोर व्यवस्थापन, भूमि बैङ्क, आइडिया बैङ्कबारे समेत चर्चा गरिएको छ पुस्तकमा । मैले तिरेको कर मेरै लागि,एक सय एक नयाँ शहर,निर्वाचन प्रणालीमा सुधार,आइडिया बैंक स्थापनामा समेत जोड दिइएको छ । प्रा डा कृष्ण हाछेथु त यो पुस्तक नेपाली समाज, विश्वविद्यालय र राष्ट्रकै लागि उपयुक्त सामग्रीका साथ प्रकाशित भएको बताउँछन् । यस अघि पुडासैनीको कृति ‘बत्ती मुनिको उज्यालो’ प्रकाशित भइसकेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष