प्रगतीशील कवि/साहित्यकार दिल पौडेलको नवौं कृति मेरो देशको सेल्फी हालसालै बजारमा आएको छ । कविताको रुपमा यो उनको दोश्रो प्रकाशन हो । उनकै जेठा छोरा सुदिप पौडेलले प्रकाशन गरेको कृतिभित्र प्रगतीशील बिचार र कलाको समन्वय बोध गर्न सकिन्छ । कविताको भाषा सरल र सुवोध्य छन । विविध बिषयबस्तुमा यस्का भावहरु अलकारिक रुपमा प्रस्तुत भएकाछन् । राजनीतिक वेतिथी,सामाजिक,धार्मिक र आर्थिक कुनीतिप्रति व्यग्य कसिएको छ,कृतिमा । आफ्नो जन्म जिल्लाका विविध भूगोललाई समेटिएर प्रकृतिवादी कविता पनि कृतिभित्र पाइन्छ । कमलानदी,मेरो जन्मगाउँ,भीमानको शालिक,त्रिवेणी मेला आदी कृतिभित्रका प्रकृति चित्रणले भरिएका कविता हुन ।
बिज्ञापन
सरकारी कर्मचारी भइकन पनि फुर्सद निकालेर जुन जुन स्थानमा पुगेका छन् ती स्थानको कृतिभित्र चित्रण गरेका छन् –ओ सिन्धुपाल्चोक,भक्तपुर,सिद्धपोखरी लगायत त्यसका केही उदाहरण हुन । डुक्पा महाराजाको लङ गेम र सोभियत रुसको पक्षमा आदि कविता कृतिभित्र अन्तराष्ट्रिय बिषयबस्तुको भाव समेटेका कविता हुन । कृति पढ्दा लाग्छ,स्वच्छन्दवादी,विद्रोही कविका रुपमा यिनले आफूलाई उभ्याएका छन् । मान्छेका विविध स्वरुप,चित्र,चरित्र,प्रतिकात्मक रुपमा झल्एिका कविताहरु पनि कृतिभित्र यथेष्ट पाइन्छन् । जस्तो ः शहरका मान्छे,ढुसी सपना,बहुला कुकुर,विचित्र मान्छे,सपेरा नयाँ नयाँ,त्रिदैत्य मान्छे आदि । व्याभिचार,दुराचार,भ्रष्टाचारमा लिप्त व्युरोक्रेसीविरुद्ध पनि कृतिमा व्यग्यवाण र खबरदारी गरिएको भेट्न सकिन्छ । जस्तै ः कर्मचारी,उच्च कर्मचारीप्रति,मेरो हाकिम आदि । सेटिङ र डेटिङमा चलेका कर्मचारी विरुद्ध यी कविताले कडा प्रहार गरेका छन् ।
बिज्ञापन
ईश्वर,धर्म र राजनीतिले संसारको टाउको दुखाइरहेको छ । पौडेलले कृतिभित्र धर्मको आडम्बर र राजनीतिको बेतिथीविरुद्ध व्यग्य प्रहार गरेका छन् । मुर्रा राँगा,तानाशाहको जुत्ता,निर्वस्त्र कालभैरव,मन्त्रीका मान्छे,बुंगो,सत्ताको गद्धा,बूढो मसान लगायतका कवितामा राजनीति बेथितीको विरुद्ध आवाज उठाएका छन् कविले । देशमा राजनीतिक सामाजिक,आर्थिक,सांष्कृतिक परिवर्तनका लागि अनेकौं आन्दोलन भए तर राजनीतिक नेतृत्व र उपल्ला वर्गका कर्मचारीबाट लादिएको नातावाद,कृपावाद र परिवारबाद झन मौलाउँदै गएको देखेर कवि जंगिएका छन् ।
दलाल,कमिसनखोर,नोकरशाह,कठपुतली,भ्रष्ट तत्वहरुप्रति उनको असन्तृष्टी कृतिभित्र पढ्न पाइन्छ । समतामूलक समाज निर्माणका लागि उनका कविताहरुले वकालत गरेका छन् । घाटमा पुगेको राजतन्त्रविरुद्ध बूढो मसान शीर्षकको कविता चाख र घत लाग्दो छ । संग्रहभित्र ५२ वटा कविता सग्रहित छन् । कृतिभित्र शहीदको गुणगान गाइएको छ । प्रगतीशील चेतनाले भरिभराउ यीनका कविताले अग्रगमनको आग्रह राखेका छन् ।
आख्यान र काव्य विधामा कलम चलाउने दिल पौडेलको पछिल्लो समयमा प्रकाशित मेरो देशको सेल्फी समाजको सत्य र मनको आवेग मिसिएको साहित्यको सर्वाेत्तम श्रृजना हो । कला र विचारको बान्कीहरुले भरिएका जीवन जगतको यर्थाथभित्र छिरेर,बस्तु यर्थाथलाई प्राथमिकता दिएको यस कृतिमा मानवतावादको विश्व दृष्ट्रिकोण प्रस्तुत भएका छन् । स्रष्टाको भाषिक शिल्प र अलंकार अत्यन्त आकर्षक र प्रभावशाली पाइन्छ । श्रृजना र समिक्षा दुई पृथक ध्रुवमा कलम चलाएर पनि यिनले समाज र समयको दिल छुने कविता पस्किएका छन् । कविता उदेश्य मुलक छन् । प्रगतीशील उदेश्यलाई स्वीकार गरेर रचिएका उनका कविताले आमाको अबमूल्यन गर्नुहुँदैन भन्ने अभिव्यक्त गरिएको छ । आमा भनेको देश हो । देशको सीमाना मिचिएकोप्रति कवि रुष्ट छन् । अन्यायको विरुद्ध जुर्माराएका उनका कविताले शहीदको सपना शाकार पार्नुपर्ने भनेका छन् । भोका,नाङ्गा,अभाव र विपन्न बर्गको उन्नतिको मार्ग पहिल्याउन आवश्यक छ भन्ने सन्देश पनि उनको कवितामा पाइन्छ । सत्तालिप्साले समाजवादलाई नाममा मात्र सीमित पारेका छन् । भुँइमान्छेहरुको स्वतन्त्रता र लोकतन्त्र अपहरणमा परेको छ । समाजमा अन्यायको पर्खर आलोचना गर्नुपर्दछ,सहनशील होइन विकेकशील बन्न र परिवर्तनका लागि दह्रो भएर उभिनसक्ने चेतना बोकेका यिनको विचार युक्त कविताका रुपमा लिन सकिन्छ ।