‘कुलिङ अफ पिरियड’ को छानबिनमा छलछाम : ‘स्वार्थको द्वन्द्व’ हुने गरी तोकियो संयोजक

सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको विषयमा अध्ययन तथा छानबिन गर्न काँग्रेसका सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा सात सदस्यीय संसदीय विशेष समिति गठन भएको छ ।

बिज्ञापन

हिजो प्रतिनिधिसभा नियमावलीबमोजिम संसदीय विशेष समितिको संयोजकमा नेपाली कांग्रेसका जीवन परियार, सदस्यहरूमा कांग्रेसका सुशीला थिङ, नेकपा (एमाले) का नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रोशन कार्की सदस्य रहेका छन् । प्रचलित कानुनको अधिनमा रही समितिले आफ्नो कार्यविधि आफैँ बनाई काम गर्नेछ । समिति गठन भएको मितिले २१ दिनभित्र आफ्नो प्रतिवेदन पेस गर्न भनिएको छ ।

बिज्ञापन

समितिलाई संघीय निजामती सेवा विधेयक, २०८० को सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिबाट सभामा पेस भएको प्रतिवेदनमा मूल विधेयकको दफा ८२ मा उपदफा ४ थपिएको, उपदफा ५ मा रहेको व्यवस्थाले गर्दा कानुनी तादात्म्य नदेखिएको हुँदा के कति कारणले यस्तो हुन गएको हो सो सम्बन्धमा छानबिन गर्ने ।

यस्तो कानुनी तादात्म्य नहुने गरी प्रतिवेदन तयार हुनुमा को कसको के कस्तो भूमिका रहेको छ सो को सम्बन्धमा छानबिन गर्ने ।

बिज्ञापन

समितिबाट तयार भएको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा कसैको संलग्नता देखिएमा के कस्तो संलग्नता रहेको छ सो को यकिन गरी त्यस्तो पदाधिकारी वा व्यक्तिलाई प्रचलित कानुन बमोजिम कुनै कारबाही गर्नु पर्ने वा नपर्ने भन्ने सम्बन्धमा सुझाव पेस गर्ने ।

कानुन निर्माणको क्रममा समितिमा हुने छलफल निर्णय प्रक्रिया प्रतिवेदन लेखन लगायतका विषयमा देखिएका कमीकमजोरी पत्ता लगाइ भविष्यमा त्यस्तो प्रकृतिका कमीकमजोरी हुन नदिन के कस्तो सावधानी वा उपाय अपनाउन पर्ने हो सो सम्बन्धमा सुझाव पेस गर्ने गरी चार बुँदे कार्यदेश दिएको छ । प्रचलित कानुनको अधीनमा रही समितिले आफ्नो कार्यविधि आफै बनाई व्यवस्थित गर्न सक्ने र समितिले आवश्यक देखेमा सम्बन्धित विज्ञ एवं अन्य व्यक्तिको सहयोग लिन सक्ने कार्यदेश दिइएको छ ।

तर समितिका संयोजक नै काँग्रेसलाई बनाइएको छ । गत १ जेठमा राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको थियो संघीय निजामती सेवा विद्येयक । महिना दिनपछि उक्त विद्येयक प्रतिनिधि सभामा दर्ता भएकोमा १५ असारमा प्रतिनिधि सभाबाट पारित भएको थियो उक्त विद्येयक । निजामती विधेयकको प्रतिवेदनमा मूल विधेयकको दफा ८२ मा उपदफा(४) थपिएकामा उपदफा (५) मा रहेको व्यवस्थाले गर्दा कानुनी तादात्म्यता देखिए पछि के कति कारणले यस्तो हुन गएको हो, सोसम्बन्धमा छानबिन गर्ने कार्यादेश तोकिएको छ । यस्तो कानुनी तादात्म्यता कायम नहुने गरी प्रतिवदेन तयार हुनुमा को, कसको, के कस्तो भूमिका रहेको छ, सोसम्बन्धमा छानबिन गर्न भनिएको छ ।
तर यसरी छानबिन गर्न गठित विशेष छानबिन समितिका संयोजक नेपाली कांग्रेसकै सह–महामन्त्री जीवन परियारलाई बनाइएको छ । काँग्रेसका नेता तथा समिति सभापति रामहरि खतिवडा नै यो विवादमा मुछिरहेको समयमा उनीमाथि निष्पक्ष छानबिन होला भन्ने प्रश्न त उठिरहेको थियो । अर्कोतर्फ संयोजक परियारकी श्रीमती सीता निजामती सेवामै छिन् । उनी केही महिना अगाडि सम्म त्रिवि अध्यागमनमा कार्यरत थिइन । हाल गृह मन्त्रालय मातहत कार्यरत रहेकी छिन्,सीता नेपाल सरकारको उपसचिव पदमा कार्यरत छिन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कार्यकक्षमै कुटिए डिभिजन वन कार्यालयका प्रमुख

नारायण एम.सी. उपमहालेखापरीक्षकमा बढुवा

चार छात्रामाथि लामो समयदेखि यौन दुर्ब्याबहार गर्ने शिक्षक पक्राउ

चार मन्त्रीले जवाफ दिने

नियामक निकायका प्रमुखहरुको शैक्षिक योग्यतामै कैफियत

भोटेकोसी नदीमा भीषण बाढी: टिमुरेमा ठूलो क्षति, तीनजनै काठमाडौँमा

बाढीले बगायो रसुवागढीको मितेरी पुल र भन्सारमा रोकिएका गाडी

‘कुलिङ अफ पिरियड’ को छानबिनमा छलछाम : ‘स्वार्थको द्वन्द्व’ हुने गरी तोकियो संयोजक

बिशेष