जलवायु वित्त र दिगो विकास

सृष्टिको श्वास अब थकित छ, समयको मर्म र सन्देश अब मौन होइन—क्रन्दनशील छ। जलवायु परिवर्तनको आर्तनाद आज केवल तथ्यांकको तहसम्म सीमित छैन,यो त आत्माको अन्तस्तलमा गुन्जिरहेको ब्रह्मनाद हो, जसको कम्पन नेपालले पहिलो महसुस गरेको छ। नेपालको हिमशिखर, जुन सदा शीतल, शुद्ध र संकल्पित थिए, आज पग्लँदै छन्—न केवल हिउँको रूपमा, तर विश्व समुदायको उपेक्षाको तापमा। जलवायु संकटको यो चक्रव्यूहभित्र, नेपालले न त सशक्त आवाज पाएको छ, न त पर्याप्त सहायता तर उसले आफ्नो धर्म—प्रकृतिको सेवा—छाडेको छैन। यही प्रसंगमा जलवायु वित्त, नेपालको लागि केवल बजेटको खण्ड होइन, एक धार्मिक दायित्व बनिसकेको छ—एक तपस्या जसले पर्यावरणीय पवित्रता, सामाजिक समता र भविष्यको सुरक्षा सुनिश्चित गर्न खोजिरहेको छ। यो वित्त अब सरकारी फाइलको शुष्क विवरण होइन, यो साक्षात् सृष्टिको संवेदनशील हृदयध्वनि हो।

बिज्ञापन

नेपालले जब जलवायु वित्तलाई वैदिक दृष्टिकोणमा आत्मसात गर्न सुरु गर्यो—जसरी जलवायु बजेट संकेत लागू गर्यो, समन्वयका सप्तस्वर गुञ्जायो, र नीति निर्माणमा आत्मज्ञानको पुट हाल्यो—त्यसपछि मात्र वित्तीय व्यवस्था विकासुको औपचारिक रेखाभन्दा पर गएर एक आध्यात्मिक प्रक्रिया बन्न पुग्यो। यहाँ नीति निर्माण ज्ञानयोग हो, बजेट विनियोजन कर्मयोग, सामूहिक सहकार्य भक्तियोग हो भने, पारदर्शिता राजयोग हो।  जब यी चार योग एकै स्वरमा मिल्छन्, तब मात्र वित्तीय प्रणाली एक दिव्य संरचना बन्ने सामर्थ्य राख्छ। नेपाल अब वित्तलाई साधनुको आँखाले होइन, साधनाको दृष्टिले हेर्न थालेको छ। प्रत्येक ऋण, प्रत्येक अन्तर्राष्ट्रिय अनुदान वा सहयोग, अब कुनै ऋणात्मक दयाको प्रतीक होइन त्यो त विकासको यज्ञमा होमिने एक पुण्य कण हो, जसमा पारदर्शिताको घीउ, उत्तरदायित्वको समिधा र समर्पणको अग्नि समाहित हुनुपर्छ। यसरी वित्तीय प्रणालीले जब आत्मा बोकेको हुन्छ, तब मात्र हिमाल फेरि ध्यानस्थ हुन्छन्, नदी फेरि निर्बाध बग्छ, र नेपाल फेरि प्रकृतिको पुरोहित बन्न सक्दछ—विश्वको लागि।

बिज्ञापन

जलवायु न्याय मानव चेतनाको आन्तरिक उज्यालो हो— एक सूक्ष्म सद्बुद्धि जसले हामीलाई आफ्नो अस्तित्व र उत्तरदायित्वबीचको सम्बन्ध झल्काउँछ। नेपालजस्ता हिमाली राष्ट्रहरू, जसले शताब्दीयौँदेखि पृथ्वीलाई शुद्ध अक्सिजन दिएको छ, जलधारालाई जीवनको रसको रूपमा बगाएको छ र जैविक विविधतालाई धर्तीको पोषणपात्रमा राखेको छ, आज जलवायु अन्यायको प्रथम भुक्तभोगी बनिरहेका छन्। ती राष्ट्रहरू, जसले स्वयंलाई परोपकारको पवित्र पथमा अर्पण गरेका छन्, ती अब अधिकारको आवाज बन्ने बेला आइपुगेको छ। जलवायु न्यायको तत्त्व गहिरो दार्शनिक छ— कर्मको कर्तव्य, करुणाको कण्ठमाला र सभ्यताको संकल्प। न्यायको त्यो स्वर, जसले प्रकृति र मानवबीचको सम्वाद पुनःजागृत गर्छ, त्यो स्वर केवल गुनासो होइन त्यो त उत्प्रेरणाको उर्जाशक्ति हो, जसले वाणीलाई कार्यमा, र संवेदनालाई संकल्पमा रूपान्तरण गर्छ। “हामी न्याय माग्दैनौँ, हामी न्याय सिर्जना गर्न चाहन्छौँ”— यही चेतनाले नेपालजस्ता मुलुकलाई जलवायु अन्तर्राष्ट्रिय राजनीतिमा एउटा आध्यात्मिक सन्देशवाहक बनाएको छ।

यदि जलवायु वित्तलाई केवल विकास परियोजनाको आर्थिक पक्ष भनेर सीमित गरिन्छ भने, हामीले त्यसको आध्यात्मिक गहिराइ गुमाउँछौं। जलवायु वित्त भनेको प्रकृति र मानव चेतनाबीचको एक सुक्ष्म योग, एक जीवनदर्शन हो, जहाँ विज्ञान र आत्मज्ञान, नीति र निष्ठा, संरचना र संवेदना एउटै सूत्रमा बाँधिन्छन्। यो वित्तीय प्रवाह मात्र होइन, चेतनाको चक्र हो— जसरी योगले शरीर, मन, र आत्मालाई सन्तुलनमा ल्याउँछ, त्यसैगरी जलवायु वित्तले मानवता, प्रकृति र प्रगतिको त्रिकोणलाई समन्वयमा ल्याउँछ। नेपालका लागि जलवायु वित्त अब केवल ऋण वा अनुदानको विषय होइन— यो आत्मसम्मान, अस्तित्वरक्षा र आत्मबोधको मार्ग हो। जलवायु वित्तले योजना निर्माणमा केवल परिणाम होइन, प्रक्रिया पनि देख्छ यसले रणनीति मात्र होइन, समर्पण खोज्छ। यो त्यो फूल हो, जुन पतझडमा झरेको देखिए तापनि, पुनर्जन्मको प्रतीक बनेर सृजनाको सुगन्ध बोकेर आउँछ। हावाले पानीसँग साक्षात्कार नगरेसम्म वर्षा हुँदैन भनेझैँ, नीति तब मात्र फलदायी हुन्छ जब त्यसमा नैतिकताको सुवास मिसिन्छ। त्यसैले जलवायु वित्त अब केवल सरकारी फाइलको फुटनोट होइन— यो त सृष्टिको भविष्यका लागि गाइने एक भजन हो, जहाँ प्रत्येक व्यय आहुति हो, प्रत्येक निर्णय तपस्या र प्रत्येक परिणाम पुनर्जागरण।धर्ती माताको संरचना चेतनाको पनि नक्सा हो। त्यसैले जलवायु वित्त, केवल रकमको रेखा होइन— यो एउटा नैतिक अभिव्यक्ति हो।

बिज्ञापन

जलवायु वित्त वेदना र विकल्पको विमर्शु हो, जहाँ विनाशको वेदनाबाट मुक्ति पाउने विकल्पको विधान पाइन्छ। नेपालले आफ्नो सन्दर्भमा यो वित्तीय साधनलाई विकासको धर्मशास्त्र मानेको छ, जसमा नीति निर्माणलाई नैतिकता, बजेट व्यवस्थापनलाई भक्तिभाव, र परियोजनाको मूल्यांकनलाई आत्मचिन्तनको रूपमा लिएको छ।

नेपालको जलवायु वित्त प्रणालीलाई यदि दार्शनिक दृष्टिबाट हेरियो भने, यसको सातवटा आधारहरू—सरकार, समाज, सहयोग, समर्पण, सजगता, सदाचार र सत्यता—स्रोतसाधनको सप्तधातु जस्तै हुन्, जसले विकासको दिव्य मन्दिर निर्माण गर्छन्। यी सप्तधातु कुनै ठोस संरचना मात्र होइनन्, यी त चेतनाको गहिराइमा बज्ने नीतिशास्त्रीय नाद हुन्। सरकार त्यस मन्दिरको रुप हो, जसले संस्थागत संरचना बनाउँछ ,समाज त्यस मन्दिरको आत्मा, जसले उद्देश्यलाई जीवन्तता दिन्छ। सहयोग सम्बन्धहरूको पवित्र सूत्र हो, जसले विविध हितधारकहरूलाई एउटै सूत्रमा बाँध्छ। समर्पण भनेको त्यस मन्दिरमा पूजा गर्न उभिएको साधकको स्वर हो, जसले नाफा वा स्वार्थ होइन, सेवा र संवेदना बोकेको हुन्छ। सजगता साक्षात्कारको स्तम्भ हो— जहाँ हरेक नीतिगत निर्णय आत्मबोधको आधारमा लिइन्छ। सदाचार नीति र नैतिकताको नेवता हो, जसले वित्तलाई विवेकको पथमा डोर्याउँछ। र अन्ततः सत्यता त्यो अक्षर हो, जसले पारदर्शिता र उत्तरदायित्वको पूर्ण अर्थ दिन्छ। जब यी सबै धातुहरू एउटै संरचनामा मिलेर सङ्गठित हुन्छन्, त्यतिबेला जलवायु वित्तको वृक्ष पलाशको फूल झैं फक्रन्छ, जसको हरेक पातमा पारदर्शिताको प्रकाश, विवेकको वायु र न्यायको नमी मिसिएको हुन्छ। यदि नीति अस्पष्ट हुन्छ भने, त्यो विकासको होइन, विनाशको अन्धकार हो। यदि बजेट अपारदर्शी हुन्छ भने, त्यो धर्म होइन, अधर्मको अनुष्ठान हो। त्यसैले संसद, संलग्न संस्था र नागरिक समाज—यी तीन दृष्टिहरूले पारदर्शिता, जवाफदेहीता र समर्पणको त्रिनेत्र खोल्नैपर्छ, ताकि जलवायु वित्त साँचो अर्थमा मानवता र प्रकृतिबीचको ब्रह्म सूत्र बन्न सकोस्।

नेपालको भूगोल कुनै सामान्य भू–संरचना होइन—यो त चेतनाको उपनिषद् हो, जसको पृष्ठहरू हिमशिखर, तराई, पहाड र नदी–झरनाले लेखिएका छन्। हिमाल, यो भूगोलको आत्मा हो—शान्त, स्थिर, साक्षी। तर आज त्यही आत्मा तापिएको छ, पग्लिएको छ, र एक करुण पुकारका रूपमा प्रकट भएको छ—जसले भनिरहेको छस् “हामीलाई सहानुभूति होइन, सहकार्य चाहिन्छ।” नेपाल, जुन जलवायु संकटको अग्रभागमा उभिएको छ, त्यसले आफ्नो मौन आँसुलाई अब नीति, कूटनीति र संकल्पको स्वरमा बदल्न थालेको छ। त्यसका लागि समन्वयको सप्तस्वर आवश्यक छ—नीति, पारदर्शिता, अनुगमन, जागरूकता, क्षमता, प्रविधि र प्रतिबद्धता। यी सप्तस्वर कुनै सरकारी दस्तावेजका सूची मात्र होइनन्, यी त विकासको वीणाका तारहरू हुन्, जुन समवेतरूपमा बज्दा मात्रै दिगो विकासको मधुर धुन निकाल्न सकिन्छ। नीति दिशा हो, जुन मूल्यमा आधारित हुन्छस पारदर्शिता दीप हो, जसले अन्धकारलाई हटाउँछस अनुगमन अनुशासन हो, जसले उत्तरदायित्व सुनिश्चित गर्छ। जागरूकता ज्ञान हो, जसले जनताको चेतना बढाउँछस क्षमता कर्म हो, जसले कार्यान्वयन सम्भव बनाउँछस प्रविधि प्रवाह हो, जसले कामलाई गति दिन्छस र प्रतिबद्धता प्रार्थना हो, जसले प्रत्येक कार्यलाई उद्देश्यसँग जोड्छ। यी सबै संयोजनहरू बिना जलवायु वित्त केवल एक कागजी कल्पना हुनेछ, तर यदि सम्यक् समन्वय गरियो भने, यसले नेपाललाई न केवल जलवायु संकटबाट पार लगाउनेछ, बरु भविष्यको हिमालयन सन्तुलनको मन्दिर निर्माण गर्नेछ।

जब हामी वित्तलाई केवल मौद्रिक मापनको यन्त्रको रूपमा हेर्छौं, तब हामी यसको आत्मालाई बिर्सन्छौं। तर जब हामी यसलाई वैदिक दृष्टिकोणबाट हेरौं—धर्म, कर्म, र सन्तुलनको गहिरो संवादको रूपमा—त्यसै क्षण वित्त ‘दान’ होइन, ‘ध्यान’ बन्छ। नेपालजस्ता देशहरूले विश्वलाई जुन हरियाली अर्पण गरेका छन्, त्यो सासको स्वरूपमा विश्वका फोक्सामा बगिरहेको छ। तर दुःखको कुरा, ती फोक्सालाई चलाइरहेका मुलुकहरू नै आज आक्सीजनको अभावमा निसास्सिन विवश छन्। यस्तो विडम्बनाले हामीलाई स्मरण गराउँछ कि जलवायु वित्त कुनै दयाको दान होइन—यो त ऐक्यताको उत्तरदायित्व हो। यो न सहायता हो, न अनुग्रह—यो त मानव सभ्यताको परिष्कृत चेतनाको रूपान्तरण हो, जसमा हरेक राष्ट्रको कर्तव्य समान रूपमा बाँडिएको हुन्छ। जलवायु न्याय भनेको विश्व समुदायबीच कर्म–फलको समता स्थापन गर्ने यज्ञ हो, जसको समिधा नेपालले हिमाल, वन र पानीको रूपमा दिँदै आएको छ। अब समय आएको छ कि ती समिधाका धुवाँहरूले न्यायको आकाश उज्यालो बनाउनु पर्छ—जहाँ धनी मुलुकहरूको सजगता र गरिब मुलुकहरूको समर्पणले एउटै मन्त्र जप्न थालोस्स् “विकास केवल उन्नति होइन, उत्तरदायित्व हो।”

दिगो विकास सृष्टिको चिरकालीन सन्तुलनको साधना हो, जहाँ प्रत्येक वित्तीय निर्णय एक वैदिक यज्ञको हिस्सा बन्छ। जब जलवायु वित्तलाई हामी पारलौकिक उद्देश्यका लागि अर्पण गर्छौं, त्यसबेला यसको प्रत्येक बजेट पङ्क्ति एक मन्त्र , प्रत्येक खर्च एक कर्मकाण्ड र प्रत्येक आयोजना एक तपस्या बन्छ। नेपालको सन्दर्भमा, जलवायु वित्त अब विकासको वेदीमा चढाइने एक ‘अर्घ्य’ हो—जहाँ सेवा, सजगता र समर्पण मिसिएको हुन्छ। यो अर्घ्य कुनै सस्तो अनुदान वा ऋणको अनुरोध होइन, यो त समता र न्यायको पुकार हो, जुन आत्मसम्मानमा आधारित हुन्छ।  जलवायु वित्त चेतनाको चक्र हो, जसले विश्व र मानवबीचको सम्वाद पुनः सजीव बनाउँछ। यो चक्रले जब सही ढंगले घुम्न थाल्छ, तब मात्र सृष्टिको संगीत फेरि समता र सन्तुलनको सुरमा गुञ्जिन्छ, हिमाल फेरी ध्यानस्थ हुन्छ र मानव हृदयमा आशाको अंकुर पलाउन थाल्छ। जलवायु वित्त अब नयाँ युगको तपोवन हो—जहाँ विकास धर्म हुन्छ, न्याय कर्म, र वित्त आत्मा।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अध्यक्षको प्रतिष्प्रर्धाबाट परितोष र हरिकुमार आउट

सभापति खतिवडा महिना दिनसम्म समिति बैठकमा नजाने, सरकारी गाडी पनि नचढ्ने

निजामती विधेयकमा भएको जालसाजी छानबिन गर्न सात सदस्यीय समिति, नेतृत्व काँग्रेसलाई

प्रतिनिधिसभा बैठक बस्दैँ, खतिवडामाथी छानबिन गर्न समिति बन्न सक्ने

जलवायु वित्त र दिगो विकास

कर्मचारी नियुक्तिदेखि सरुवामा मोलमोलाइ : विवादै विवादमा मन्त्री गुप्ताको बर्ष दिन

‘कुलिङ पिरियड’मा छलछाम : आज घोषणा हुँदैछ विशेष छानविन समिति

‘कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क २० हजारले बढ्यो

बिशेष