नेपाली व्युरोक्रेसीको दु:ख :- विज्ञता एकातिर,जिम्मेवारी अर्कैतिर

कर्मचारी जसलाई स्थायी सरकार । तर, यही स्थायी संयन्त्रलाई राजनीतिक दलले भकुण्डो बनाएको भेटिन्छ । कर्मचारी सरुवा नियमित प्रक्रिया भए पछि व्यापारी,ठेकेदारदेखि व्यवसायीका स्वार्थसँग मेल खाने कर्मचारी लामो समय एउटै अड्डामा टिक्न सफल भएका उदाहरण प्रशष्त देखिन्छन् । अनि विचौलिया र व्यापारीको स्वार्थ नमिल्दा सातामै तीन पटक सरुवा भएको उदारहण पनि प्रशस्त भेटिन्छन् । पछिल्ला समय कर्मचारीहरु नीति,थिति,विधिले कम र विचौलिया तथा व्यापारी तथा माफियाका स्वार्थमा सरुवा हुँदै आएका छन् । क्षमता,योग्यता र विज्ञता नहेरी व्यक्तिको चाहना अनुसार उसले खोजेकै ठाउँमा लगेर फिट गराइँदा एकातिर संस्थाकै गरिमा खस्कने,अर्कोतिर व्यक्तिको प्रर्फमेन्स नदेखिने ।गृहमा काबिल र अनुभवी प्रशासकलाई अर्थको तालाचाबी दिइन्छ अनि जीवभर अर्थ मन्त्रालयमा बसेर अनुभव हासिल गरेका प्रशासकलाई लगेर प्रमुख जिल्ला अधिकारी बनाइन्छ ।जीवनभर शिक्षामा बसेर जागिर खाएका कर्मचारीलाई सचिव भएपछि गृहमा पुर्याइन्छ ।

बिज्ञापन

जस्तो :-जागिरे जीवनभर शिक्षा मातहत काम गरेका सचिव टेकनारायण पाण्डेको विशेष रुची अनुसार उनलाई पूर्वमन्त्री बालकृष्ण खाँणले गृह सचिवका रुपमा भित्र्याइयो । उनको कार्यकालमा गृहको शाख यसरी गिराइयो कि अब त्यो उठ्न असम्भव छ भन्दैछन्,यस अघि गृह सचिव चलाएका सचिवहरु । यदि, चलेको हुन्थ्यो भने विषयविज्ञ नभएका टेकनारायण पाण्डेजस्ता कर्मचारीलाई घरी भूमिसुधार मन्त्रालय त घरि गृहमन्त्रालयको सचिव बनाइन्नथ्यो । फलस्वरूप उनी अहिले जेलमा छन् । पाण्डेले शिक्षा क्षेत्रमा विज्ञता हासिल गरेका थिए । तर, जिम्मेवारी भने अरु नै पाए । यसै कारण असफल मात्र भएनन् । जेल सजायँको भागीसमेत बन्न पुगे । यदि, सिष्टममा सबै कुरा चलेको हुन्थ्यो भने यस्तो अवस्था आउँथेन । आफूले नबुझेको भूमिसुधार र गृह मन्त्रालयको धपेडी र जालोमा फस्नु पर्थेन । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरण, ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरणजस्ता अनेकन घटना पनि हुन्थेन । सम्बन्धित विषयका विज्ञबाट गलत निर्णयको अपेक्षा गरिन्न ।

बिज्ञापन

अहिलेका मुख्यसचिव वैकुण्ठ अर्याललाई सञ्चार सचिव हुँदा अनियमितताको आशंकामा अतिरिक्त समूहमा थन्क्याइएको थियो । उनीविरुद्ध अख्तियारले धेरै प्रकरणमा बयान लिएको र कुनै पनि बेला मुद्दा दर्ता हुने अवस्था देख्दादेख्दै एकाएक टप्प टिपेर रातारात मुख्यसचिव बनाइएको हो । मुख्यसचिवको पद सकिनै लाग्दा परराष्ट्र सेवाका शंकरदास बैरागीलाई अर्को पद सिर्जना गरी ६ वर्ष जागिर ख्वाउन राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको छ । उनी सुरक्षा विशेषज्ञ होइनन् । नेपालमा सीमासम्बन्धी विवाद छन्, पिलरका समस्या छन्, कालापानीका लफडा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको पालामा कालापानी र लिम्पियाधुरासहितको चुच्चे नक्सा र इपिजी प्रतिवेदन बन्दा यी सबै विषयमा बैरागीको दक्षता देखिएको होइन । केही हप्ताअगाडि सिंहदरबार र संसद भवनमा अनुमतिबिना बाहिरका केही मान्छे थुप्रिए । श्रीलंकाको संसद् भवनमा अनियन्त्रित भीड पसेपछि राष्ट्रपतिले कुलेलम ठोक्नुप¥यो । अमेरिकामा पनि त्यस्तै घटना भयो । जसकारण डोनाल्ड ट्रम्पले मुद्दा खेप्नुपरेको छ । नेपालमा पनि लघुवित्त पीडितले संसदभित्र छिरेर आफ्नो कुरा जबर्जस्ती पास गर्न सांसदहरूलाई बन्धक बनाएको वा दबाब दिएको भए के हुन्थ्यो ? यो प्रकरणमा नेपालका सुरक्षा सल्लाहकारले के सुझाव वा सल्लाह दिए ? गृह र महिलाका बिषयमा विज्ञ मानिन्छन्, हरि मैनाली तर जिम्मेवारी पाए महालेखा नियन्त्रकको । जबकी उनी एकाउण्टको ‘ए’ डेबिड र क्रेडिट बारे खासै जानकार होइनन्,भन्छन सहकर्मी सचिवहरु नै ।

श्रीकृष्ण नेपाल अर्थको वैदेशिक सहायता समन्वय महाशाखामा छन् । उनलाई दुई वर्षअघि सुदूरपश्चिम प्रदेशको सचिवमा सरुवा गरिएको थियो । तर, हाजिर हुन गएनन् । नेपाल वैदेशिक संस्था युएसएआईडी, डिएफआईडी, वल्र्ड बैंक र आइएमएफजस्ता पहुँचवाला विदेशी संस्थाको निकट भएका कारण अटेरी भई पुनः उक्त महाशाखामै जरोकिलो गाड्न पुगेको दाबी स्रोतको छ ।
मुख्यसचिव वैकुण्ठ अर्यालसँग पनि वैदेशिक सहायता महाशाखामै केही वर्ष काम गरेको अनुभव छ । एमसिसीको हस्ताक्षर गर्ने बेला ज्ञानेन्द्र कार्की र अर्याल सँगसँगै थिए । मुख्य सचिव बनाइँदा समेत विचौलियाका हितमा काम गर्ने व्यक्तिमात्र फिट हुने गरेको उदाहरण प्रशस्त देख्न पाइन्छ ।
राजेन्द्र क्षेत्री कानुनी पृष्टभूमिका। प्रशासन सेवाका मान्छे नै मुख्यसचिव हुनुपर्ने हो । तर, सेवा समूह परिवर्तन गरी उनलाई मुख्यसचिव बनाएरै छाडियो । यसरी हेर्दा नेपाली कर्मचारीतन्त्रमा अनेकन खेल हुने गरेका छन् ।

बिज्ञापन

अहिले मालपोत र नापी कार्यालयमा दलका नेता र जग्गा दलालले आफ्नो रोजाइअनुसारका कर्मचारी ल्याउने र मन नपरेकालाई सरुवा गर्ने ल्याकत राख्छन् । सडक र सिञ्चाइमा ठेकेदारहरूले मनलाग्दी इञ्जिनियर ल्याउने र वन कार्यालयमा वन माफियाले रोजेका अधिकृतहरू लैजाने गरेका छन् । जिल्लाका प्रमुख र संवदेनशील मानिने सिडिओ, प्रहरी र भन्सारका हाकिम प्रायशः तस्करहरूको सेटिङमा सरुवा हुने गरेको आरोप छ । करको हाकिम पहुँचवाला व्यापारीले लैजाने गरेका छन् ।

शिक्षाका हाकिम निजी विद्यालयका छाता संगठन वा धनाढ्य स्कूल सञ्चालकको सल्लाहमा सरुवा हुन्छन् । वैदेशिक रोजगार र इपिसको हाकिम म्यानपावर कम्पनीवालाको सिफारिसमा लगिन्छ । यातायातको हाकिम सिण्डिकेटवाला र लाइन्सेन्सका दलालले लग्छन् । यसरी लगिएका कर्मचारीले सरकारी दायित्व निभाउनुभन्दा आफूलाई गुण लगाउनेले जे–जे भन्छन् त्यही त्यही गर्ने हुन् । यस्तो चलनले गर्दा नेपाली कर्मचारीतन्त्रप्रति जनताको विश्वास गुम्दै गएको अवस्था छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्थ सचिवको प्रस्ताव :’मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिव नराखौं’

अर्घाखाँचीका ट्रेड युनियनकर्मीद्धारा प्रमुख जिल्ला अधिकारीमार्फत सभामुखलाई १२ बुँदे ज्ञापन पत्र

बैंकका अध्यक्षलाई अख्तियारको सात दिने पूर्जी

राज्य व्यवस्था समितिको बैठकमा निजामती कर्मचारीका बारेमा छलफल हुदैँ

कस्तो हुनुपर्छ संघीय  निजामती सेवा ऐन  ?

सुनुवाई भएन राजपत्र अनंकित कर्मचारीका माग,सशक्त आन्दोलनको तयारीमा

प्रहरीकै परीक्षामा ‘खेताला’ उमेद्धारको विगविगी : एकै पटक सात पक्राउ

७ प्रतिशतले घट्यो शेयर कारोवार

बिशेष