झण्डै तीन सातादेखि शिक्षकहरु सडक संघर्षमा छन् । शैक्षिक हड्ताल गरेर आन्दोलनमा उत्रिएका सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरु २३ दिनदेखि सडकमा निरन्तर आन्दोलनरत थिए । यही समयमा निजी मेडिकल कलेजमा कार्यरत चिकित्सकहरु समेत सडक संघर्षमा उत्रिएका छन् । आवासीय चिकित्सकहरु सेवा सुविधाको माग गर्दै २८ दिनदेखि प्रदर्शनमा छन् । आज उनीहरुले स्वास्थ्य मन्त्रालयको अगाडि नै प्रर्दशन गरेका छन् ।
बिज्ञापन
सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु सडकमा आएका हुन । शिक्षा आयोगको २५ माघमा बसेको १६ औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजलाई निर्देशन दिएको भए पनि सो निर्देशन अवज्ञा गरिएको कारण उनीहरु आन्दोलनमा उत्रिएका हुन ।
बिज्ञापन
उता, आन्दोलनरत आवासीय चिकित्सकहरुको माग सम्बोधन गर्नका लागि अहिले स्वास्थ्य मन्त्रालयमा वार्ता चलिरहेको छ । वार्तामा शिक्षामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्की, आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरे, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा मंगल रावल सहभागि रहेका छन् ।
उता संघीय निजामती सेवा विद्येयकका कतिपय प्रावधानहरुले तल्ला तहका कर्मचारीको वृत्ति विकासको बाटो अवरुद्ध गरेको भन्दै कर्मचारीहरुले सिंहदरबारमा धर्ना दिइरहेका छन् । अन्तर स्थानीय तह र अन्तर प्रदेश सरुवा माग्दै स्थानीय तह तथा प्रदेशमा कार्यरत कर्मचारीहरु समेत धर्ना दिइरहेको अवस्था छ । विद्येयकमा आफूहरुले उठाएको माग अक्षरश लिपिलद्ध नभए उनीहरु पनि सडकमा उत्रने चेतावनी दिइसकेका छन् ।
बिज्ञापन
निजामती सेवामा राजपत्र अनङ्कित कर्मचारी संरक्षण अभियानले बुधबार विज्ञप्ति निकालेर आफूहरूले उठाएका माग पूरा नभए सेवा प्रवाह रोक्ने चेतावनीसहित आन्दोलनको घोषणा गरेका हुन्। यस्तै स्थानीय सेवा कर्मचारी सञ्जालले समेत यस अघि भएको १९ बुँदे सम्झौता अक्षरश पालना नभए आन्दोलनमा उत्रने चेतावनी दिइसकेको छ ।