बढुवा समिति सचिवालयले सात जना नासु तहका कर्मचारीहरुलाई शाखा अधिकृतमा बढुवा सिफारिस गरेको छ ।
बिज्ञापन
समितिको हिजो बसेको बैठकले नेपाल कृषि सेवाका विभिन्न समूहका नासु तहमा कार्यरत कर्मचारीलाई शाखा अधिकृतमा बढुवा सिफारिस गरेको हो ।
समितिको सचिवालयका अनुसार,नेपाल कृषि सेवा कृषि प्रसार समूहतर्फ कृषि प्रसार अधिकृतमा गणेश प्रसाद चौधरी बढुवाका लागि सिफारिस भएका छन् । यस्तै,नेपाल कृषि सेवा ला पा एण्ड डे डे तर्फ कृषि विकास अधिकृतमा शेर बहादुर खड्का,नेपाल कृषि सेवा,बाली संरक्षण समूह,बाली संरक्षण अधिकृतमा चन्द्रेश्वर ठाकुर बढुवाका लागि सिफारिस भएका छन् । उनीहरुलाई जेष्ठता तथा कार्यसम्पादनका आधारमा बढुवा सिफारिस गरिएको सचिवालयले जनाएको छ ।
यता,बढुवा सूचना १२५- ७९/ ८० मा प्रकाशित बढुवाको सूचनाका आधारमा निस्किएको बढुवा सूचनाविरुद्ध हाल कर्मचारी युनियनका महासचिव जनकबहादुर रावल लगायतले कृषि तथा पशुपक्षी विकास मन्त्रालय,लोकसेवा आयोग,बढुवा समितिको सचिवालय समेतलाई प्रतिवादी बनाएर रिट दायर गरेका थिए । सो रिटमा सर्वाेच्च अदालतका न्यायधीशद्धय हरिप्रसाद फुँयाल र सुनिलकुमार पोखरेलको इजलाशले ७९ कार्तिक ३० गते प्रकाशित विज्ञापन सूचना १२५,१२६,१२७ पशु विकास अधिकृत,बाली संरक्षण अधिकृत,पशु चिकित्सक पदका लागि जेष्ठता र कार्यसम्पादन मूल्यांकनको बढुवा प्रक्रियामा निवेदकहरुलाई नै सम्भाव्य उमेद्धारको सूचीमा समावेश गरी शैक्षिक योग्यतालाई साविक बमोजिम नै मान्यता दिइ कानुन बमोजिम जे जो बुझ्नुपर्ने हो बुझी बढुवाको मूल्यांकन अगाडि बढाउनु भन्ने गत माघ २६ को फैसलाका आधारमा बढुवाको सूची संशोधन गरेको सचिवालयले जनाएको छ ।
जस अनुसार,पिताम्बर घिमिरे बढुवा भएका छन् । यस्तै सोही समयको विज्ञापनको सूचना १२७ पशु चिकित्सक शंकर सिंह,पुष्पराज भारती र रत्नबहादुर डाँगी बढुवा भएका छन् ।
























