अन्तरिम सरकार बने लगतै घुससहित रंगेहात पक्राउ परेका लेखा अधिकृतविरुद्ध अख्तियार विशेष अदालतमा पुगेको छ । भ्रष्टाचार अन्त्य र सुशासनलाई मुख्य मुद्धा बनाएर गत भदौं २३ र २४ गते भएको जेनजी विद्रोह लगतै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाल घुससहित रंगेहात पक्राउ परेका थिए । जेनजी आन्दोलनको महिना दिन नबित्दै घुस सहित पक्राउ परेका लेखा अधिकृतलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्धा लगिएको हो ।
बिज्ञापन
अख्तियारको टोलीले उनको साथबाट एक लाख २० हजार आठ सय ५० रुपैयाँ घुस रकम गरेको थियो । वीर अस्पतालमा कार्यरत दाहालले विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस माग्ने गरेको आरोप थियो । सोही आधारमा परिचालित आयोगको टोलीले भएर घुस रकमसहित बेला पक्राउ गरेको थियो ।
सप्लायर्सहरूलाई नियमित दिनुपर्ने भुक्तानी रोकेर उनले घुस लिएका आरोपका आधारमा अख्तियारले भक्तपुरको बोडे स्थायी घर भएका दाहालको मोबाइलसमेत आयोगले नियन्त्रणमा लिएर छानबिन अघि बढाएको थियो । यसरी पक्राउ परेको ६ महिना पछि अख्तियार विशेषमा पुगेको हो । अख्तियारले ढुण्डीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको दाबी विशेषमा मुद्धा दायर गरेको छ । आयोगले लेखा अधिकृत दाहालसँग ९३ हजार ८५० रुपैयाँ बिगो मागदाबी गरेको छ । यस्तै ऐनको दफा ३ को उपदफा १ बमोजिम कैद सजाय पनि मागदाबी गरिएको छ ।


























