सामान्य प्रशासन मन्त्रीले बनाए कर्मचारीहरूको सरुवा गर्ने नयाँ टिम

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई उपसचिवसहित चार जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले संघीय तथा स्थानीय कर्मचारी प्रशासन शाखामा कर्मचारी फेरबदल गरेको हो।

बिज्ञापन

मन्त्रालयभित्र सबैभन्दा बढी चलखेल हुने शाखाका रूपमा हेरिने संघीय कर्मचारी प्रशासन (कप्र) र स्थानीय कर्मचारी प्रशासन (कप्र) मा नयाँ नेतृत्व ल्याउँदै सरुवा गरिएको बताइएको छ।

बिज्ञापन

प्राप्त जानकारीअनुसार जिल्ला समन्वय समिति पाँचथरमा कार्यरत उपसचिव सुनील कुमार पासवानलाई मन्त्रालयको संघीय कर्मचारी प्रशासन शाखा प्रमुखको जिम्मेवारी दिइएको छ। यस्तै पर्यटन मन्त्रालयमा कार्यरत उपसचिव झविन्द्र खनाललाई स्थानीय तह कर्मचारी प्रशासन शाखाको प्रमुख बनाइएको छ।

त्यस्तै अधिकृतद्वय सञ्जीव नेपाल र ऋषिकेश खतिवडालाई गृह मन्त्रालयबाट सरुवा गरी क्रमशः संघीय कर्मचारी प्रशासन शाखा र स्थानीय कर्मचारी प्रशासन शाखामा जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ।

बिज्ञापन

मन्त्रालयले संघीय र स्थानीय तहमा कर्मचारी व्यवस्थापन तथा सरुवा–पदस्थापनको मुख्य जिम्मेवारी रहने शाखामा कर्मचारी फेरबदल गर्दै प्रशासनिक व्यवस्थापनलाई चुस्त बनाउने प्रयास गरेको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नयाँ सरकारमा पनि देखियो ‘नेपोटिज्म’

सामान्य प्रशासन मन्त्रीले बनाए कर्मचारीहरूको सरुवा गर्ने नयाँ टिम

राजनीतिक नियुक्ति खाएका ११ सयको कुर्सी धरापमा

कर्मचारीको इन्धन सुविधामा व्यापक कटौती

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

बिशेष