राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदहरुलाई अभिमुखीकरण कार्यक्रममा सुरु गरेको छ ।
बिज्ञापन
ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा सत्तचालित दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइन लागेको हो ।
रास्वपाका नेताहरुका अनुसार दुईदिने अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसदको कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीतिलगायतबारे जानकारी गराइने छ ।
अभिमुखीकरण कार्यक्रममा अभिमुखीकरणमा पार्टीका शीर्ष नेताहरू, पूर्वसांसद,पूर्व सचिव तथा तथा संसदीय मामिलाका विज्ञहरूले विभिन्न सत्र सञ्चालन गर्नेछन् । कार्यक्रमको पहिलो दिन आज पार्टी नेतृत्वबाट औपचारिक उद्घाटन गरिनेछ। त्यसलगत्तै पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले किनोट मन्तव्य राख्नुका साथै देशको वर्तमान अवस्था र सांसदको भूमिकाबारे प्रस्तुति दिनेछन्। अर्का उपसभापति डोल प्रसाद अर्यालले चुनावी अभियानको अनुभव साट्नेछन्।
यस्तै पहिलो दिनको सत्रमा पूर्वसचिव सुरेश अधिकारीले संसद्को संरचना र कार्यप्रणाली तथा पूर्व कानुन सचिव तोयानाथ अधिकारीले कानुन निर्माण प्रक्रियामा सांसदको भूमिकाबारे प्रशिक्षण दिनेछन्। यसैगरी, अध्येता डा दोभान राईले लोकतन्त्र र सुशासनमा कृत्रिम बुद्धिमत्ताको प्रभावबारे प्रस्तुति दिनेछिन्। पार्टीका पुराना सांसदहरू अशोक चौधरी, शिशिर खनाल, डा तोसिमा कार्की, सोविता गौतम, गणेश पराजुली लगायतले आफ्नो संसदीय अनुभव नवनिर्वाचित सांसदहरूलाई सुनाउनेछन्।
बिज्ञापन
चैत्र ४ गतेको कार्यक्रम बिहान योग तथा ध्यानबाट शुरू हुनेछ। दोस्रो दिन विशेषगरी बजेट र सुशासनमा केन्द्रित रहनेछ। पूर्वसचिव डा तोयानारायण ज्ञवालीले योजना तथा बजेट निर्माण प्रक्रिया र पूर्वसचिव प्रताप कुमार पाठकले सुशासनबारे सांसदहरूलाई प्रशिक्षित गर्नेछन्। दुई दिने यस महत्त्वपूर्ण अभिमुखीकरण कार्यक्रमको अन्त्यमा रास्वपाका सभापति रवि लामिछानेले पार्टीको आगामी रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताहरू स्पष्ट पार्दै समापन मन्तव्य राख्ने तालिका रहेको छ।


























