लोकसेवा आयोगको सदस्यमा घिमिरे

बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा पुनम घिमिरेलाई नियुक्त गरिएको छ ।
लोकसेवा आयोगको रिक्त पदमा काठमाडौँ १० नयाँ बानेश्वर निवासी पुनम घिमिरे नियुक्त भएकी हुन । हिजो बसेको बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई नियुक्त गरेका हुन् । बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले एक कार्यक्रमका बिच प्रदेश प्रमुखको कार्यालयमा घिमिरेलाई शपथ खुवाएका छन् ।प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा सोही ऐनको दफा ४ को उपदफा (२) अनुसार उनलाई आयोगको सदस्यमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

बिज्ञापन

शपथ कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, स्वास्थ्य मन्त्री किरण थापा मगर, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापालगायतको उपस्थिति रहेको थियो ।

बिज्ञापन

बागमती प्रदेश लोकसेवा आयोग प्रदेश सरकारअन्तर्गतको संवैधानिक निकाय हो, जसले प्रदेश तथा स्थानीय तहका विभिन्न सेवाका लागि कर्मचारी छनोट र सिफारिस गर्ने जिम्मेवारी वहन गर्दै आएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रास्वपाका नवनिर्वाचित सांसदलाई पूर्व सचिवहरुको अभिमुखीकरण

ग्यास अभावको बीचमा उद्योग मन्त्रालयभित्रै युद्ध: उद्योगीलाई कारबाही, उपभोक्तामाथि थप संकट

लोकसेवा आयोगको सदस्यमा घिमिरे

सार्वजनिक प्रशासनमा ज्ञान व्यवस्थापनको आवश्यकता

आठ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

मुख्यमन्त्री शाहमाथि घुस मागेको आरोप लगाएका वन अधिकृत भट्ट पक्राउ

सशस्त्रका दुई डीआईजीलाई थप एक वर्ष जिम्मेवारी

अवकाशअघि सचिव शर्माको ‘अन्तिम खेल’ २० अर्बे काँकडभिट्टा–लौकहीमा अधिकारी पठाउने तयारी

बिशेष