मलाई सफल पार्न आर्दश श्रेष्ठको ठूलो हात छ :प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई सफल पार्नमा स्वकीय आर्दश श्रेष्ठको ठूलो भूमिका रहेका बताएकी छिन् ।
प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतको सूचना प्रविधि (आइटी) महाशाखामा नायब सुब्बा स्तरको कम्प्युटर अपरेटर पदमा कार्यरत श्रेष्ठ भदौ २९ गते प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव नियुक्त गरेकी थिइन ।

बिज्ञापन

श्रेष्ठले स्वकीय सचिव नियुक्त भएपछि आफ्नी श्रीमती संगीतालाई पनि असोज २ गते सहसचिव स्तरको स्वकीयका रूपमा नियुक्त गरेका थिए। सो नियुक्ति समेत विवादमा मुछिएको थियो ।

बिज्ञापन

सिन्धुलीका आर्दश जिम्मेवारीमा रहँदा केही महत्वपूर्ण निकायहरुको नियुक्तिहरुको विवादमा मुछिए । आर्दश आइटी पृष्ठभूमिका नभए पनि उनलाई आइटी महाशाखामा नियुक्त गरिएको थियो । त्यही पदमा कार्यरत रहँदा नै उनलाई प्रधानन्यायाधीशको निजी सचिवालयमा तानिएको थियो । पछि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्कीको पालामा उनले निजी सचिवालयमै रहेर काम गरेका थिए । उनै श्रेष्ठलाई सुशीला प्रधानमन्त्री भएलगतै आफ्नो स्वकीय सचिव नियुक्त गरेकी थिइन । उनै कार्कीले आफू सफल हुनुमा उनै आर्दशको ठूलो भूमिका रहेको बताएकी छिन् ।

आफूलाई सफल पार्नका लागि मेरो निकट रहेर दुई सहयोगी व्यक्तित्व प्रेस सल्लाहकार रामबहादुर रावल र प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जीवनमा बिर्सन नहुने गुन लगाएको कार्कीले बताएकी छिन् । प्रमुख स्वकीय सचिव आर्दश श्रेष्ठको प्रंशशा गर्दै कार्कीले भनेकी छिन्,उ अदालतको कर्मचारी हो । अदालतमा काम गर्ने प्रविधि र कानुनमा राम्रो ज्ञान भएको कानुनकै विद्यार्थी पनि हो । धेरै प्रधानन्यायाधीशको निजी सहायकका रूपमा काम गरेको व्यक्ति हो । लामो समय अदालतमा काम गरेको, आईटी र कानुनमा राम्रो दख्खल भएको व्यक्ति हो । धेरै प्रधानन्यायाधीशको सचिवालयमा निजी सहायक भएर सबैको विश्वास जितेर काम गरेको हो । यो उमेरमा मलाई सफल पार्न ७५ प्रतिशत आदर्शको हात छ । उसैको देनका कारण सम्भव भयो ।

बिज्ञापन

प्रधानमन्त्री कार्कीले भनेकी छिन्,सरकारको मूल कार्यभार निर्वाचन गराउने थियो । यसको ५० प्रतिशत श्रेय म निर्वाचन आयोगलाई दिन चाहन्छु । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित तीन आयुक्तको नेतृत्वमा भएको योगदान इतिहासले बिर्सन सक्ने छैन । यस्तै मन्त्रिमण्डलमा सबैभन्दा धेरै धन्यवाद म गृहमन्त्री ओमप्रकाश अर्याललाई दिन चाहन्छु । दिनरात मेहनत गर्नुभएको छ । अरु मन्त्रीहरूलाई पनि धन्यवाद दिन चाहन्छु । यस्तै कार्कीले नेपाली सेनाका प्रमुख सेनानी बालमुकुन्द विष्ट र सेनानी सुरज ओझा, उपसेनानी गोमा बूढाथोकीले आफूलाई छोरीले जस्तै हेरचाह गरेको उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘ठूलो क्रान्तिकारी कदम नचाली कर्मचारीतन्त्र सुध्रदैन’

मलाई सफल पार्न आर्दश श्रेष्ठको ठूलो हात छ :प्रधानमन्त्री कार्की

सरकार बनेपछि कर्मचारी ट्रेड युनियन खारेज गरिने : हरि ढकाल

अख्तियारमा स्थानीय तहसम्बन्धी ६५ प्रतिशत उजुरी

समानुपातिक प्रणालीको हुर्मत : नेताको श्रीमतीदेखि सभापतिको ससुरासम्म

मन्त्रिपरिषद्को बैठक बस्दै,के के छन एजेण्डा ?

निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान

२० अर्बको काँकडभिट्टा–लौकहीमा ‘शक्तिशाली’ सिडिइ कल्पना अधिकारी पठाउने तयारी, ठेकेदारको पाण्डेको लबिङ

बिशेष