समानुपातिक प्रणालीको हुर्मत : नेताको श्रीमतीदेखि सभापतिको ससुरासम्म

सक्किने बाटोमा पुगेका पूराना काँग्रेस र एमाले लगायतका दलहरु अझैं पनि सच्चिने बाटोमा छैनन् । फागुन २१ मा देशभरी घण्टी बज्दा बढारिएका यी पूराना दलहरुले समानुपातिक कोटाबाट सांसदहरु छनौंट गर्दा प्रणालीकै मर्म विपरित नेताका श्रीमती,आफन्त,ससुरा,सम्धि लगायतलाई छनौंट गरेर प्रतिनिधि सभामा पठाउने भएका छन् ।

बिज्ञापन

फागुन २१ को निर्वाचनमा खुम्चिएर प्रत्यक्षतर्फ १२ सिटमा सीमित भएको एमालेले आफूलाई करेक्सन गर्ने प्रयास गरेको देखिएन । एमालेका समानुपातिकतर्फका १६ सांसदमा १० महिला र ६ पुरुषको टुंगो लगाएको छ । हिजो बसेको पार्टीको सचिवालय बैठकले आदिवासी जनजातितर्फ महिलामा भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ तथा पुरुषमा रामबहादुर थापा र कुलभक्त शाक्यको नाम निश्चित गरेको छ । यस्तै खसआर्य महिलामा पद्मा अर्याल, टुकाभद्रा हमाल र यशोदाकुमारी बराल छन् । खसआर्य पुरुषतर्फबाट गुरु बराल र पुष्प कँडेल, थारू पुरुषमा कृपाराम राना थारू तथा दलित महिलामा विष्णुमाया बिके र निता घतानी छन् । मधेशी महिलाबाट रिङला यादव र यशोदाकुमारी यादव छन् भने मधेशी पुरुषमा चन्देश्वर मण्डलको नाम टुंग्याएको छ । त्यस्तै, मुस्लिम महिलाबाट सजिता यादव सिद्दिकीलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो ।

बिज्ञापन

यसरी पटक पटक लाभको पद पाउनेमा पर्दछन्,रामबहादुर थापा बादल । उनी ०६४ देखि पाँचौं पटक लाभको पदमा पुगेका छन् । गृहमन्त्री हुँदा थापामाथि सर्लाहीका कुमार पौडेलको गैरन्यायिक हत्यामा अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश समेत जारी गरेको छ। थापा कै पालामा गृह मन्त्रालयमा भुटानी शरणार्थी काण्डले उग्र रूप लिएको थियो। यस्तै पदमा अर्याल दुई पटक समानुपातिकबाट सांसदमात्र भइनन्,एक पटक मन्त्री समेत भइसकेकी उनी तेस्रो पटक फेरि समानुपातिकबाट सांसद बनेकी छिन् । उनी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री हुँदा गिरीबन्धु टि इस्टेट प्रकरण उत्कर्षमा पुगेका थियो ।

कहिले संघ कहिले प्रदेश चाहार्दै सांसद र मन्त्री बनेकी उषाकला राई पनि नेकपा एमालेबाट समानुपातिक सांसद बन्ने भएकी हुन्। पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङकी श्रीमती हुन । तामाङले सिन्धुपाल्चोक २ बाट प्रत्यक्षमा तेस्रो स्थानमा सीमित भएर चुनाव हारेपनि श्रीमती उषाकला राई सांसद बन्ने अवसर पाएकी छिन् । यस्तै भूमिका सुव्वा पूर्व मन्त्री बसन्त नेम्बाङको पत्नी हुन ।
यस्तै काँग्रेसबाट गगन थापाका ससुरा अर्जुन नरसिंह केसी समानुपातिकबाट सांसद बन्दैछन् । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत क्लस्टर अनुसार पहिलो नम्बरमा रहेका थापाका ससुरा अर्जुननरसिंह केसी सांसद बनेमा जेष्ठ सदस्यको हैसियतले उनैले अरु सांसदहरुलाई शपथ खुवाउनेछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘ठूलो क्रान्तिकारी कदम नचाली कर्मचारीतन्त्र सुध्रदैन’

मलाई सफल पार्न आर्दश श्रेष्ठको ठूलो हात छ :प्रधानमन्त्री कार्की

सरकार बनेपछि कर्मचारी ट्रेड युनियन खारेज गरिने : हरि ढकाल

अख्तियारमा स्थानीय तहसम्बन्धी ६५ प्रतिशत उजुरी

समानुपातिक प्रणालीको हुर्मत : नेताको श्रीमतीदेखि सभापतिको ससुरासम्म

मन्त्रिपरिषद्को बैठक बस्दै,के के छन एजेण्डा ?

निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान

२० अर्बको काँकडभिट्टा–लौकहीमा ‘शक्तिशाली’ सिडिइ कल्पना अधिकारी पठाउने तयारी, ठेकेदारको पाण्डेको लबिङ

बिशेष