रास्वपाबाट पाँच पूर्वप्रहरी संसदीय यात्रामा,को-को छन् गृहमन्त्रीको आकांक्षी ?

पाँच जना पूर्व प्रहरीहरुले रास्वपाबाट आफ्नो संसदीय यात्रा सुनिश्चित गरेका छन् । देशैभरका १६५ निर्वाचन क्षेत्रबाट पाँच जना पूर्व प्रहरीहरु घण्टी चुनाव चिन्ह लिएर चुनावी मैदानमा निस्किएका थिए । तीमध्ये पाँच जना निर्वाचित भएका हुन ।

बिज्ञापन

ओखलढुङ्गाको प्रतिनिधिसभा सदस्यमा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन् । नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेल झिनो मतान्तरले संघीय संसदमा निर्वाचित भएका हुन । नेपाल प्रहरीबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा होमिएका पोखरेलले नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् । निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी अस्मिता थापाले १० हजार ७२० मत ल्याएकी छिन् ।

बिज्ञापन

०४९ चैतमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट नेपाल प्रहरीमा प्रवेश गरेका हुन पोखरेल । २०४९ चैत १२ मा प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गर्दा उनी १६ नम्बरमा थिए । त्यतिबेला धिरजप्रताप सिंह एक नम्बरका इन्स्पेक्टर थिए । २०६२ चैतमा प्रहरी नायव उपरीक्षक, २०६९ माघमा प्रहरी उपरीक्षक, २०७४ मा प्रहरी वरिष्ठ उपरीक्षकमा प्रदोन्नति भएका पोखरेल २०७६ वैशाखमा डीआईजी हुँदै एआइजीमा उक्लिएका थिए । १६ महिना सिनियर पोखरेललाई पछि पार्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले धिरज प्रताप सिंहलाई आईजीपी बनाएपछि असन्तुष्ट बनेका पोखरेलले राजीनामा दिएर रास्वपा प्रवेश गरेका थिए । ओखलढुंगाबाट रास्वपाबा उम्मेदवार पूर्व एआईजी विश्वराज पोख्रेल विजयी भएका छन् । उनले १३ हजार ९५३ मत ल्याएर विजयी भएका हुन् । उनी ५ मतले निर्वाचित भएका हुन् । उनी गृहमन्त्रीका आकाक्षीका रुपमा अगाडि देखिएका छन् ।

पूर्व एआइजी पोखरेलझैं रास्वपाबाटै कपिलवस्तु २ मा भूपू एसएसपी विक्रम थापा, गुल्मी २ बाट भूपू डीएसपी गोविन्द पन्थी र झापा ४ बाट भूपू सई शम्भु सुस्केरा ढकालले चुनाव जितेका छन् । विश्वराज चुनाव जित्ने भूपू प्रहरीमध्ये सबभन्दा माथिल्लो दर्जाका हुन् । झापा–४ बाट विजयी बन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भुप्रसाद ढकालले संसद भवनतर्फ पाइला अगाडि बढाएका छन् । ढकालले ४३ हजार ६ सय ३१ मत पाएर निर्वाचित भएका हुन् । ढकाल २२ वर्ष नेपाल प्रहरीमा कार्यरत रहे । उनी सईको जिम्मेवारीबाट अवकाश भएका हुन् ।

बिज्ञापन

नेपाल प्रहरीका पूर्वएसएसपी विक्रमसिंह थापाले कपिलवस्तु–२ बाट उनी २७ हजार ६३५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले २१ हजार ५२७ मत प्राप्त गरेर उनी पनि विजयी भएका हुन।
यस्तै, गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी गोविन्द पन्थी निर्वाचित भएका छन् । उनी डिएसपीबाट अवकाश भएका थिए । अन्तिम मत परिणाम अनुसार पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टलाई ५६१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यस्तै, काठमाडौं महानगरका प्रमुख रहेर काम गरिसकेका राजुनाथ पाण्डे पनि सांसद बनेका छन् । उनी काठमाडौं प्रहरीको प्रमुखबाट राजीनामा दिएर काठमाडौं–३ मा चुनावी मैदानमा उत्रएका थिए । उनले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई पराजित गरेका हुन् । रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी घिसिङले ११ हजार १७१ मत ल्याएका हुन् ।पूर्व एआइजी विश्वराज पोखरेल रकेड गतिमा बढुवा पाएका प्रहरी अधिकारी हुन । रास्वपाबाट निर्वाचित पाँच पूर्व प्रहरीमध्ये सबैभन्दा उपल्लो तहबाट अवकाश पाएका अधिकारी हुन उनी । उनका अलवा वालेनका सिपाहीका रुपमा मैदानमा उत्रिएका राजु पाण्डे भावी गृहमन्त्रीका आकाक्षी देखिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जेन–जी आन्दोलन प्रतिवेदन कार्यान्वयन भए देशको मुहार फेरिने : आयोग अध्यक्ष कार्की

 ६ महिना लगाएर जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई बुझायो १० हजार पानाको प्रतिवेदन

रास्वपाबाट पाँच पूर्वप्रहरी संसदीय यात्रामा,को-को छन् गृहमन्त्रीको आकांक्षी ?

रुग्ण ठेक्कामाथि कठोर निर्णय किन अपरिहार्य ?

धमाधम तोडिँदै रुग्ण ठेक्का, पाउला नीतिगत निरन्तरता ?

पूर्व एआइजीको संघीय संसद यात्रा : ५ मतको अन्तरमा विजयी

प्रतिनिधि सभामा भाग लिएका चार पूर्व सामान्य प्रशासन मन्त्री : तीन पराजित,एक निर्वाचित

मध्यपूर्वमा बदलिँदो शक्ति–सन्तुलन, आतंकवाद र इरान–अमेरिका तनाव 

बिशेष