ओलीको लज्जास्पद् हार : झण्डै ५० हजार मतान्तरले हराउँदै विजयी भए बालेन

झापा क्षेत्र नम्बर ५ को अन्तिम नतिजा सार्वजनिक भएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले हराउँदै वालेन साह निर्वाचित भएका छन् ।

बिज्ञापन

कुल खसेको मतमध्ये बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा एमाले अध्यक्ष ओली १८ हजार ७३४ मतमा खुम्चिएका छन्। झापा–५ विगत तीन दशकदेखि केपी शर्मा ओलीको निर्विकल्प किल्ला मानिन्थ्यो। २०४८ सालदेखि निरन्तर यसै क्षेत्रबाट सक्रिय ओलीले ६४ सालबाहेक कहिल्यै निर्वाचनमा पराजय भोग्नु परेको थिएन । आफ्नै गढमा ४९ हजार ६१४ मतको फराकिलो मतान्तरले पराजित भएका छन् ।

बिज्ञापन

ओलीले २०४८ सालमा तत्कालीन झापा–६ बाट कांग्रेसका केशवकुमार बुढाथोकीलाई ४ हजार ५८७ मतान्तरले जितेका थिए । २०५१ मा पनि ओलीले उनै बुढाथोकीलाई ४ हजार ४५९ मतले पराजित गरे । २०५६ सालमा ओलीले काशीलाल ताजपुरियालाई ५ हजार ३९३ मतले पराजित गरे । तर, २०६४ सालमा ओलीलाई झापा–७ बाट तत्कालीन माओवादीका विश्वदीप लिङ्देनले ११६ मतले पराजित गरे । ओलीको यो पराजय पहिलो थियो ।

त्यसपछि २०७० सालमा कांग्रेसका सुरेशकुमार योङ्यालाई ६ हजार ९५९ मतले पराजित गरेका ओलीले २०७४ सालमा कांग्रेसकै खगेन्द्र अधिकारीलाई २८ हजार ८४२ मतले र उनै अधिकारीलाई २०७९ सालमा २८ हजार ५७६ मतले पराजित गरेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

समानुपातिकतर्फ ७ लाख मतगणना हुँदा आधा रास्वपालाई

जमानत जोगाउन नसकेकी अभिनेत्री फर्किइन सिनेमामै

ओलीको लज्जास्पद् हार : झण्डै ५० हजार मतान्तरले हराउँदै विजयी भए बालेन

यी हुन प्रतिनिधि सभामा निर्वाचित ६१ सदस्य (सूची)

संसदमा ६ दलको मात्र प्रतिनिधित्व हुने संकेत

अछाम–१ मा भीम रावल ५२६ मतले पराजित, २६ वर्षपछि काँग्रेसको कमब्याक

एमालेभित्र असन्तुष्टि: शंकरलाई उषाकिरण तिमल्सिनाको ‘राजीनामा दिएर स्टाटस लेख्नुपर्ने’ टिप्पणी

सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल विजयी

बिशेष